वैदिक सनातन धर्म अन्तर्गतको 18 पुराणमा 18 नै भिन्न – भिन्न भगवानको निरुपण गरिएको छ, त्यसकारण जुन पुराण पढ्दा पनि यो पो सबभन्दा ठुलो भगवान हो कि, वा त्यो पो होकि भन्ने फरकफरक विचारले गर्दा कुनै एकमतमा स्थिरता हुन सकिन्दैन, त्यो भ्रमलाई नष्ट गर्ने उद्देश्यले आज यो विषयमा लेख्न गहिरएको छु । सबैले पढेर प्रतिक्रिया दिनु होला है।।
जस्तो कि आधि गिलास पानीको बारेमा दुई व्यक्तिलाई सोध्ने भने, एकले त आधि खालि छ भनेर भन्छ अर्कोले आधि भरिएको छ भनेर भन्छ, एकको दृष्टि त खालिमा जान्छ अर्कोको दृष्टि भरिमा जान्छ, वास्तवमा यी दुबैको दृष्टिमा भेद भए पनि गलत छैन ठिक नै छ ।
प्रत्येक पुराणको आ -आफ्नो प्रकृति (स्वभाव ) हुन्छ, कति पुराण त सात्विक स्वभावका हुन्छन्, कतिपय पुराणहरू रजोगुणि हुन्छन् र कति पुराण तमोगुणी हुन्छन् । भनाईको तात्पर्य प्रत्येक पुराणको स्वभावमा भिन्नता छ ।।
यहाँनेर भगवान त एक हुनुहुन्छ, तर भगवानको स्वरूप अनेक छ, तर पुराणले आफ्नो स्वभाव अनुसार, एक भगवान कै अनेक स्वरूप को वर्णन गर्छ। नाम र रूपको भिन्नतालाई लिएर जब पुराणले आफ्नो स्वभाव अनुसार भगवानको गुणगान गाउँछ, तब हामीलाई भ्रम हुन्छ, यो पो सहि हो कि? त्यो पो सहि हो कि ? किनभने जुन पढ्दा पनि त्यो ठिक जस्तो लाग्छ ।।
जसरी प्रत्येक भक्तहरूको आफ्नो – आफ्नो एउटा इष्टदेव हुनुहुन्छ, त्यसरी नै प्रत्येक पुराणको पनि भिन्नभिन्न आफ्नो इष्टदेव हुनुहुन्छ र तत्तत् इष्टदेव अनुसार पुराणले गुणगान गाएको हुन्छ, जुन पुराणको जुन इष्टदेव हुनुहुन्छ, त्यो पुराणले वहाँको नै महिमालाई विषेश रूपले गाउने गर्छ अन्य गौणरूपमा प्रस्तुत गर्छ, त्यसकारणले जुन पुराण पढो त्यही ठुलो जस्तो लाग्छ ।
तर वास्तवमा भन्ने हो भने, एउटा भगवानको नै अनेकौं नाम र रूपको वर्णन गरिएको हो, अलग-अलग भगवानको प्रतिपादन गरेको होइन, अलगअलग सम्झिन्दा पुराणमा एक निश्चय गर्न सकिन्दैन र भगवान भिन्न -भिन्न पनि हुनुहुन्न एक नै हुनुहुन्छ ।
त्यसैले कुनै पनि पुराणको अध्यन गर्दा यो सानो र यो ठुलो हो भन्ने भावना न गरिकिन, केवल आफ्नो इष्टदेवलाई सर्वस्व मानेर, अध्यन गर्नु भयो भने, पुराणको शब्दको जाल बाट सजिलोसँग बाहिर निस्कन सकिन्छ, किनभने 18 पुराणले प्रतिपादन गरेको भगवान एक हो, स्वरूप मात्रै भिन्न हो, एक वस्तुमा को सानो को ठुलो ।
के तपाइको घरमा पुजाकोठाको वास्तु ठिक छ?जान्नका लागी लिङ्कः– https://youtu.be/e6kgqxXGOQU
नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहानुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ ।
अत्यन्तै सुन्दर भाव
धेरै धेरै धन्यवाद ।