अभिमानले म र मेरो भन्छौ घरी घरी
जन्मे पछि मर्नु पर्छ को छ अजम्बरी,
त्यसैले, भजौ न सबले हरि हरि हरि हरि
नचाहदा नचाहदै मान्छे बूढो हुन्छ
एकमुठी प्राण छुटे (शरीर मुढो हुन्छ)-२
धनी गरिब सबै जान्छन् कालको वसमा परि
जन्मे पछि मर्नै पर्छ को छ अजम्बरी
त्यसैले, भजौ न सबले हरि हरि हरि हरि
जति धन भए पनि छोडि जानै पर्छ
मायजाल को झुठो बन्धन (तोडि जानै पर्छ)-२
कालचक्र घुम्छ सधैं हाम्रै वरि परि
जन्मे पछि मर्नै पर्छ को छ अजम्बरी
त्यसैले, भजौ न सबले हरि हरि हरि हरि ।

पाेखरा कास्की

