12.1 C
Kathmandu
Saturday, January 11, 2025
tagDiv Newspaper Theme
HomePoemआत्मकथा कविता Aatmakatha Poem By Adip Adhikari

आत्मकथा कविता Aatmakatha Poem By Adip Adhikari

आत्मकथा
=======

वर्षा यामका झ्याउकिरीहरूले
वर्षौँ पहिले श्रीमान् गुमाएको हुनुपर्छ
या सबै विधुर हुनुपर्छ
त्यसैले रुन्छन् साँझपख ।

यी कपासहरूका
श्रीमान् मरेपछि यिनीहरू पाक्छन्
आवारण फुट्छ यिनीहरूको
र यिनीहरू सेता, चम्किला देखिन्छन् ।

वर्षा याममा
यी ढुङ्गाहरूको सिउँदो पखाल्न पानी बर्षन्छ
यिनीहरू चीसा हुन्छन्
लेइ लाग्छ यिनीहरूको शरीरमा
र मान्छेहरू घिनाउँछन् ढुङ्गासँग ।

शिशिरमा
उच्च पहाडहरूको पनि श्रीमान् मर्छन् बर्षेनै
र मान्छेहरू रत्याैली नाँच्छन् पहाडमाथि
चीसा आँत बोकेर मान्छेसँगै
मुस्कुराउन खोज्छन् विधवा पहाड
पखालेर आफ्नो अस्तित्व
निर्बाङ्ग हुन्छन्, उजाड हुन्छन् ।

बोट नै सुकिसकेछि पनि नझरेको फूल
झर्न पाउने रहेनछ
सुक्नुपर्ने रहेछ
र कुरूप भएपछि मात्र झर्नुपर्ने रहेछ
नकुहिने गरि

गुँरास पनि त विधवा फुल्दो रहेछ
विधवा फुल्ने मेरो छातीमात्र कहाँ रहेछ र संसारमा ।

कुनै कुनै मलेवा पनि विधवा हुने रहिछे,
बर्षौँदेखि मेरै रङ बोकेर उडिरहेकी छे विचरी ।

म पो आत्तिएछु राताहरूको भीडमा
बिर्सिएछु,
सेता कमलहरू त इश्वरका प्रिय हुन्छन् ।

तत्कालै
आँसुको एक बुँद
तप्प खस्यो र विलाय‍ो आफ्नै हत्केलामा ।
****

Adip Adhikari
रचनाकार
अदिप अधिकारी
रिट्ठे सापिङ्ग काभ्रेपलाञ्चोक

 

 

नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहानुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ । धेरै धेरै धन्यवाद ।

RELATED ARTICLES

4 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments

कारंडे सोमनाथ on Garud Puran Pdf
उपेन्द्र प्रसाद भट्टराई on जनैपूर्णिमाको रहस्य। About Janaipurnima
error: Content is protected !!