कहाँ छ कैलाश पर्वत ? के के छ कैलाश पर्वतमा ?
हामिहरूले भगवान शिव र पार्वती निवास स्थान कैलास पर्वत भनेको सुन्ने र पढ्ने गरेका छौं । कहाँ पर्दछ ? कस्तो छ ? भन्ने कुराको धेरै जसोलाई थाहा नभएको पनि हुन सक्छ । यसको बारेमा थाहा पाउन सबैलाई सजिलो होस् भनेर यहाँ कैलास पर्वत कहाँ पर्छ, कस्तो छ आदि का बारेमा छोट्करि र सरल भाषामा बताउँने प्रयास गरिएको छ।
कैलाश पर्वत नेपालदेखि उत्तर तिर चीनको तिब्बत क्षेत्रमा पर्दछ । जसको उचाई ६,६३८ मिटर अग्लो रहेको छ । यसको आकार हेर्दा पिरामिड जस्तो देखिन्छ । पर्वतको तल्लो भागमा कालो पत्थर छ भने माथिल्लो भागमा सेतो हिउँले ढाकिएको छ । वैज्ञानिकहरूले यस पर्वतलाई धर्तिको केन्द्र बिन्दु रुपमा मानेका छन । यो पर्वत मानसरोवर ताल र राक्षसतालको नजिक अवस्थित रहेको छ । कैलास पर्वतलाई चार धर्ममा (हिन्दू धर्म, बोन, बौद्ध, र जैन) पवित्र मानिएको छ ।
जहाँ औषधि, तप, मन्त्र र योग आदि उपायबाट सिद्धिलाई प्राप्त गरेका सिद्ध देवता नित्य निवास गर्दछ्न, किन्नर, गन्धर्व , अप्सरा नित्य त्यहीँ रहन्छन, पर्वतको मणिमय शिखर रहेको छ । त्यहाँ अनेक प्रकारका वृक्ष, लता, गुल्मादिले सेवित भएका छन। जसमा झुन्डको झुन्ड जङ्गली पशुहरू विचरण गर्दछन । त्यसै क्षेत्रमा धेरै निर्मल जलका झरना, गुफा र टाकुराहरू एवं अग्ला अग्ला शिखरहरूले युक्त हुनु साथै आफ्ना प्रेमीका साथ बिहार गर्ने सिद्धका पत्नीहरूका लागि अत्यन्त रमणीय स्थल रहेको छ । मयूरका शब्दहरूद्वारा गुञ्जायमान, रसले भमराहरूद्वारा शब्दायमान, मत्त कोइलीहरूको लामो स्वरले र चराहरूको कलरव ध्वनिले पनि गुञ्जायमान रहेको छ । हात उठाएका अग्ला अग्ला कल्पवृक्षहरूले चराहरूलाई बोलाएका हुन् कि भन्ने लाग्ने, ठुलाठुला हात्तीहरू हिँड्नाले मानौँ कैलास नै हिँडेको हो कि लाग्ने र झरनाहरूको आवाजले गर्दा कैलास पर्वत नै बोलिरहेको हो कि जस्तो लाग्ने गर्दछ । बकाइनो, पारिजात, सल्लो, तेजपात, साल, ताड, कोइरालो, विजयसाल , खरी, आँप, कदम, नीम, नागकेशर चिलाउने, चांप आदि र चम्पा, अशोक, मौलसरी, जाई तथा रातो कपूरनली आदि वृक्ष एवं पुष्पहरूद्वारा पनि सुशोभित भएको छ । सुनगाभा, सयपत्री, अलैँची, मालती आदि फूलहरूद्वारा र कुब्जक, चमेली, वासन्ती आदि लहराहरूद्वारा पनि अत्यन्त सुशोभित भएका छन। कटहर, डुम्री, पिपल, पाखरी, वर, हिङ, भोजवृक्ष र विभिन्न औषधिका वृक्ष सुपारी, राजपुग एवं जामुनु आदिका वृक्षहरूद्वारा युक्त भएर रहेको छ । सेतो कमल, नीलकमल, रातमा फुल्ने कमल र सयपत्री आदिले युक्त तलाउहरूमा कलरब ध्वनि गर्ने चराहरूको समूहद्वारा पनि सुशोभित भएको छ । मृग, वानर, बँदेल, सिंह, भालु, दुम्सी, चौरी गाई, हात्तीका छावा, बाघ, कृष्णसार र अर्ना आदिले युक्त भएर कैलास पर्वत रहेको छ ।
संसार भरि मा आज सम्म यो पर्वत मा चड्न कोही कोही मात्र सफल भएका छन् नत्र प्राय कोहि पनि यो पर्वत पुरा चडेर जीवित फर्किएका छैन् भन्ने कुरा समाज मा प्रचलित छ । तर आज सम्म पनि यस विषयमा प्रमाणिक ठोस् उत्तर भेटिएको छैन की यस पर्वत को शिर मा के छ ? र किन यहाँ पुगेर मानिस पर्वतारोहण सफल गर्न सक्दैन ? भन्ने कुरा । धर्म शास्त्रहरूमा यस् पर्वतमा भगवान भोलेनाथ (शिव ) अर्धाङ्गिको साथमा नित्य निवास गर्नुहुन्छ भनेर भनिएको छ । अहिले को लागी यस लेखामा यति नै । आशा छ यो पढेर हजुरहरूलाई कैलास पर्वतको बारेमा धेरै कुराहरू थाहा पाउँनुभयो ।
नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहानुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ । धेरै धेरै धन्यवाद ।
एकदमै राम्रो लाग्यो
धेरै धेरै धन्यवाद ।
अति राम्रो कुरा
धेरै धेरै धन्यवाद ।