धनको पहाड काँधमा बोकि दौडेको छ मान्छे
सन्सारमा सबै भन्दा भिखारी छ मान्छे ।
छैन शान्ती हरे शिव शान्ती हरे
कस्तो कर्म गर्छ मान्छे छैन शान्ती हरे ।
जुनि भरी फुलै फुलको बागमा हुन्छ मान्छे
तर किन आफै भित्र उजाड हुन्छ मान्छे ।
आकाशलाई छुन खोज्छ हरेक पलमा मान्छे
धर्ती सङ्ग किन नाता तोडिदिन्छ मान्छे ।
जिन्दगिको घट्ट भित्र घुम्दैछ मान्छे
पल पल मा सुन्य मात्र भेट्दैछ मान्छे ।
भन्नलाइ त सबै भन्दा ठुलो भन्छ मान्छे
हेरि ल्याउदा सन्सारमा सानो रैछ मान्छे ।
नाता गोता इष्ट मित्र धेरै जोड्छ मान्छे
यौटा नाता बिर्सी दिन्छ खरानी भो मान्छे ।
जित्न लाई त सन्सार नै जितुँ भन्छ मान्छे
तर किन आफै भित्र हारेको छ मान्छे।
जगदिश समाल, सङ्गिता प्रधान
शब्द उपलब्ध तथा विशेष धन्यवाद
दिनेश बलम्पकी
नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहनुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ । धेरै धेरै धन्यवाद ।