उद्यानं ते पुरूष नावयानम् (अथर्ववेद-८.१.६) अर्थात् हे मनुष्य! प्रभुले तिमिलाई माथि उठ्नको लागि हो जन्माउनु भएको झर्न, पतन हुनको लागि होइन ।
जीवनको प्रत्येक बिहानी मेरो नयाँ जन्म हो र मेरो एक दिनको समय मेरो लागि सम्पूर्ण जीवन बराबर हो । म आजकै दिन त्यो सबै थोक गर्नेछु, जसको लागि परमात्माले मलाई यो संसारमा पठाउनु भयो ।
जीवन एक उत्सव एवम् परमात्माको सबैभन्दा ठूलो उपहार हो । जीवन परब्रह्मको उत्कृष्ट कृती हो। देह देवालय, शिवालय र भगवान् को मन्दिर हो । यो शरीर अयोध्या हो, आत्मा अमर, अजय, नित्य, अविनाशी, ज्योतिर्मय, तेजोमय, गुणहरूले युत्त चेतन हो।
जीवन अमूल्य छ। जीवनलाई सानातिना उद्देश्यहरूका निम्ति बाँच्नु जीवनको अपमान हो। आफ्नो शक्तिलाई तुच्छ कामका लागि खर्च गर्नु, व्यसन र वासनाहरूमा बहुमूल्य समय नष्ट गर्नु जीवनको तिरस्कार हो ।
जीवन र मृत्यु दुबै गौरवपूर्ण हुनुपर्छ..
कीर्तिर्यस्य स जीवति
अर्थात् कायर र कमजोर भएर होइन, बरू स्वाभिमान र आत्मज्ञान सम्पन्न भएर बाँचौं। भगवान् ले महान् कार्य गर्न हामीलाई जन्माउनु भएको हो।
जीवनलाई भय र भोग दुबै बाट बचाउनु छ, किनकि भयमा बाँच्नाले व्यक्ति कायर र भोगाातुर हुनाले अविवेकी बन्दछ। शरीरमा जबसम्म प्राण रहन्छ, मानिसले हतास हुनुहुँदैन। सुखीप्रति मैत्री, दुःखीप्रति करुणा, सज्जनसँग प्रीति एवम् दुष्टप्रति उपेक्षाको भाव राख्दै द्रिढतापूर्वक लक्ष्यतर्फ अगाडि बढेमा एक दिन सफलता अवस्थ मिल्नेछ र जीवनमा सदा प्रसन्नता छाउनेछ।
हामी समस्याहरूसँग डराउनुरहुँदैन, बरु यिनको साहसका साथ सामना गर्नुपर्दछ। परिस्थिति शीत निराश भएर जीवनलाई बोझिलो बनाउनुहुँदैन। जीवन बोझ होइन, वरदान हो। अतः हामी सदैव प्रसन्न हुनुपर्दछ।
लेखकः–
दिपेन्द्र ढकाल
पोखरा २७ लेख्नाथ
नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहानुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ ।