30.1 C
Kathmandu
Saturday, April 26, 2025
tagDiv Newspaper Theme
HomeNiti Gyanनीति श्लोकहरू भाग–२ । Niti Slowk Part 2

नीति श्लोकहरू भाग–२ । Niti Slowk Part 2

हे दरिद्र(गरीब) देवता ! हजुरलाई नमस्कार छ । म हजुरको करण वा हजुरको आशिर्वादले सिद्ध भएको छु । म संसारका सबैलाई देख्न पाउँछु वा हेर्न सक्छु तर मलाई कसैले देख्दैन ।
भो दारिद्र्य ! नमस्तुभ्यं सिद्धोऽमि त्वत्प्रसादतः ।
अहं तु सर्वं पश्यामि न माम् पश्यति कश्चनः ।।
सुभाषित

 

पुस्तक, श्रीमती र धन यी तिन कुराहरू अरूको हातमा गयो भने कहिलै पनि फर्केर आउँदैन यदि आईहाल्यो भने पनि पुस्तक नस्ट भएको हुन्छ श्रीमती भ्रस्ट भएकी हुन्छे र धन खण्ड खण्ड पर्छ ।
पुस्तके वनितावित्तं परहस्तं गतं गतं ।
यदि चेत् पुनरायातं नस्टं भ्रस्टं च खण्डितं ।।-चाणक्य नीति

 

जसले चारै वेद, धर्मग्रन्थ र अनेक शास्त्रहरू पढेर पनि आफ्नो आत्मालाई बुझ्न सक्दैनन् तिनीहरू सबै चौरासी व्यञ्जनका रसहरूमा डुबुल्कि लगाउदा पनि स्वाद थाहा नपाउने डाडु जस्तै हुन्।
पठन्ति चतुरोवेदान् धर्मशास्त्राण्यनेकश:।
आत्मानं नैव जानन्ति दर्वी पाकरसं यथा।।-चाणक्य नीति

 

जसरी दीपले अन्धकारको भक्षण गर्दछ र कालो कज्जल(गाजल) उत्पन्न गर्दछ, त्यसैगरी मनुष्य जस्तो प्रकारको अन्न ग्रहण गर्दछ(खाना खान्छ), त्यस्तै प्रकारको आँफू बन्दछ र आफ्ना सन्तान पनि त्यस्तै हुन्छन्।
त्यसैले भोजन एउटा यज्ञ, अनुष्ठान, उपासना सम्झेर शुद्ध गर्नुपर्दछ।
दीपो भक्षयते ध्वान्तं कज्जलं च प्रसूयते।
यदन्नं भक्षयेन्नित्यं जायते तादृशी प्रजा।।

 

कसैले विगतमा शोक गर्नु हुँदैन र भविष्यको बारेमा चिन्ता हुनु हुँदैन। केवल वर्तमान मा बुद्धिमानीका साथ काम सञ्चालन गर्नु पर्दछ । अहिलेको वर्तमान नै भूत र पछिको भविष्य समेत निर्धारण गर्दछ ।
गते शोको न कर्तव्यो भविष्यं नैव चिन्तयेत् ।
वर्तमानेन कालेन वर्तयन्ति विचक्षणाः॥

 

ब्राह्मणहरू भोजनले सन्तुष्ट हुन्छन् । मयुर बादलको गर्जनाले खुशी हुन्छन् । सज्जन अरूको समृद्धि देखेर खुशी हुन्छन् भने दुष्टहरू अरूलाइ आपत् परेको देखेर खुशी हुन्छन् ।
तुष्यन्ति भोजने विप्राः मयूराः घनगर्जिते ।
साधवः परसम्पत्तौ खलाः परविपत्तिषु ॥

 

संकलक तथा भावानुवादकः–
सुरज कौण्डिन्य

 

नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहानुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ । धेरै धेरै धन्यवाद ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments

कारंडे सोमनाथ on Garud Puran Pdf
उपेन्द्र प्रसाद भट्टराई on जनैपूर्णिमाको रहस्य। About Janaipurnima
error: Content is protected !!