ताप्लेजुङको शिर बाट बगिरहने मूल
पाथिभरा देविलाइ चढाउ एक फूल
फुलपाति दुइहात जोडेर,
दर्शन देउन पुकार यो सुनेर
प्रकृतिका सुन्दरता मनै हराभरा
देवि दर्शन गर्न जाउ हामी पाथिभरा
थप्रेथोक पुरुङ्बु र फेदि उकालिमा
पाती तिम्लाइ चढाइ आयौँ देविदेउरालिमा
माता तिमी सबैको हे दाता
तिमिनै हौ सबैको बिधाता
पाँचैगाउँको शिर पर्यो पाथिभरे जस्तै
प्रकृतिको बनावट चुलि रैछ उस्तै
श्रीकालिका पन्चकन्या देबि रहेछिन जम्मा
नाम चली पुजा हुँदै आयो आज सम्म
माता तिमी दया का खानी
पुकार गर्छौ जानी नि नजानी
उहिले उहिले भेडि गोठ ल्याए पाथीभरा
भेडा सबै हरएछन कस्ले भन्ने बरा
भेडा मध्य रोजि एक अर्पन गर्नु होला
अनि मात्रै तिम्रा भेडा आउछन खोला खोला
देखे सत्य रातिमा सपनी पापी रैछु भन्छन नि म पनि
रचना
मणिराज दहाल
तथा स्वर
मणिराज दहाल र अन्जु गौत्तम
नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहनुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ । धेरै धेरै धन्यवाद ।