के रात को समयमा पिपल को रुखमा साँच्चै नै देखिन्छ त भुत?
हो देखिन्छ तर कसरी भन्दा जब मानिस रात को समयमा पिपल मात्र भएको रुख को नजिक जान्छ तब उसलाई सास फेर्न अति नै गाह्रो हुन्छ (किन गाह्रो हुन्छ भन्ने बुझ्न अन्तिम सम्म ध्यान दिएर पढ्नुहोस् है)। जब मानिसलाई सास फेर्न गाह्रो हुन्छ तव उसले अनेक नकारात्मक कुराहरू मनमा खोलाउँन थाल्दछ किनकी उसको मनमा नकारात्मक कुरा ले धेरै नै ठाउँ ओकटेर बसेको हुन्छ। आफुलाई अक्सिजनको कमि भएको भन्ने कुरा नबुझेर उसले त्यहाँ भुत भएको भन्दै सत्यकुरा नभुझि हल्ला फैलाउँछ र अरु मानिसहरू पनि त्यहि हल्लै हल्लाको पछि दौडिने गर्दछन् र वास्तविकता को अध्ययन गर्दैनन् पनि ।
वर र पिपल सँगै किन रोपिन्छ ?
वर र पिपल सँगै रोप्ने प्रथा पनि सदिऔँ देखि चलिआएको छ । आज हामी यी दुई रुख सँगै रोप्नु को रहस्यको बारेमा पनि हाम्रा पूर्खाले चालेको वैज्ञानिक कदम लाई बुझ्ने छौँ ।
पिपल संसारमा अक्सिजन दिने वृक्षहरू मध्ये दोस्रो ठुलो रुख हो । पिपल ले दिउँसो अक्सिजन(मानव लाई अति आवश्यक तत्व) दिन्छ भने त्यहि पिपल ले रात्रीको समयमा त्यहि अक्सिजन(Oxygen -O2) आफुले लिन्छ र कार्वन्डाइअक्साइड (Carbon dioxide – co2) छोड्दछ । त्यसकारण रातको समयमा पिपल मात्र भएको क्षेत्रमा अक्सिजन को कमि हुन्छ तव त्यस क्षेत्र नजिक रहने मानिसलाई सास फेर्न अति नै गाह्रो हुन्छ भने कतिपय को त त्यहि कारण ले मृत्यु समेत हुने गरेको धेरै प्रमाणहरू रहेका छन् ।
अध्ययन को क्रममा खिचिएका तस्विर मध्ये एक उदाहारण को रुपमा प्रस्तुत माथिको तस्विर मा देख्न सकिन्छ की यो क्षेत्रमा पिपलको मात्र रुख छ(साथमा वर वा अन्य कुनै ठुलो रुख छैन पिपलको तुलना अनुरुप।) र नजिकै बस्ति पनि रहेको छ । यो क्षेत्रका मानिसहरूको पछिल्लो २० बर्ष देखिको औसत मृत्युदर हेर्दा राती कै समयमा र सास फेर्न गाह्रो भएर नै भएको पाईयो । यस्ता अनगिन्ती उदाहारण छन् यो त केवल नमुनाको लागी मात्र प्रस्तुत गरिएको हो ।
यसरी बिगत लामो समय देखि बिभिन्न स्थानमा गरिएको अध्ययन, अनुसन्धान र खोज बाट यो कुरा प्रष्ट भएको छ की जुन गाउँ, बस्ती को छेउँमा पिपलको मात्र रुख रहेको छ त्यस क्षेत्रका मर्ने धेरै (अधिकतम) मानिसहरूको रात को समयमा र अक्सिजनकै कमि(सास फेर्न गाह्रो) भएर मृत्यु भएको पाईयो । यो बाट यो प्रष्ट हुन्छ की रात तो समयमा पिपल ले मानिसहरूलाई धेरै नै गाह्रो पार्दछ त्यसैको बिकल्पको लागी रातको समयमा अक्सिजनको कमि नहोस् भन्न पूर्खाहरूले वर पिपल सँगै रोप्ने चलन चलाउँनु भएको थियो । यो अति नै प्रभावकारी र बैज्ञानिक पनि रहेको छ ।
अरु रुख नभएर वर कै रुख किन त ?
यो प्रश्न मनमा उत्पन्न हुनु सक्दछ । जसको धेरै कारणहरू रहेका छन् जस्तो कीः–
वरले रातिको समयमा पिपलले लिने अक्सिजन भन्दा धेरै अक्सिजन छोड्दछ जस्को कारण त्यहाँको वरिवरि को वातावरणमा अक्सिजन को कमि हुँदैन । वर को रुख पनि पिपलको जस्तै लामो आयु भएको वृक्ष हो जसको कारण समान समय सम्म दुबै(वर र पिपल) रहिरहन सक्छ अरु रुखको प्रयोग गर्दा ती रुख पिपल भन्दा धेरै छिटो मर्दछन जस्को कारण त्यस ठाउँमा माथी उल्लेखित अवस्था सृजना हुन्छ । पिपल जस्तै वरको रुख पनि ठुलो हुने गर्दछ त्यसको कारण पनि पिपल सँग वर नै उचित देखिन्छ । पिपलको वृक्ष ठुलो हुन्छ जसको कारण नजिकै अर्को रुख ठुलो हुन पाउँदैन किनकी पिपलको ओघ र रुखहरूलाई आवश्यक पर्ने कार्वन्डाइअक्साइड रातिमा मात्र फ्याँक्दछ पिपल ले जसको कारण अरु रुख पिपल सँगै उस्तै गतिमा हुर्कन सक्दैन । वर मात्र यस्तो वृक्ष हो जो पिपल सँग अति नै घनिष्ठता का साथ रहन सक्छ । प्राय पिपल सँग घनिष्ठताका साथ अरु रुख बढेको हुर्किएको देख्दैनौ र विभिन्न काल मा त्यो प्रयास पनि नगरिएको हैन कि पिपल सँग वर को जोडि फुटाएर अरु रुख हुर्काउँने तर ति असफल रहेको कुरा पनि हामीले हाम्रै पुर्खाहरूको भनाई र व्यवहार बाट प्रस्ट थाहा पाउँन सक्छौँ । यी नै यी नै विभिन्न कारण ले पिपल कोे साथमा वर कै वृक्ष अति प्रभावकारी र उत्तम मानिन्छ ।
धार्मिक र आध्यात्मिक मान्यता कै लागी होस् वा भूत कै डर देखाएर भए पनि समाज का हरेक मानिसहरूको दीर्ध आयु र सहज जीवन यापनका लागी अति नै दीर्धकालीन सोच का साथमा हामीलाई हाम्रा पूर्खा ले यी यस्ता अनेक उपायहरू सिकाउँनु भएको छ । यी यस्ता संस्कार संस्कृती आफैँ मा कहिले पनि रुढीबादि वा नराम्रो हुँदैन केहि न केहि शिक्षा त्यहाँ लुकेको हुन्छ त्यसैले त्यस्को खोज अनुसन्धान गर्नु अनि मात्र त्यस विषयमा बोल्नु हामी सबै को कर्तव्य पनि हो ।
धर्म को नाम मा होस् या डर देखाएर होस्, वर पिपलको विवाह भनेर होस् या पिपल मात्र रोप्नु हुन्न पाप लाग्छ भनेर होस् यी सबै गर्नुको कारण यहि आदि रहेको छ । हाम्रा पूर्खा ले चालेको यस्ता कार्यको लागी उहाँहरू सबैको हामी ऋणी छौँ । त्यसैले आफ्ना आफ्ना पिता पूर्खा को जय जयकार गरौँ र उहाँहरूको सम्मान का लागी यस्ता विषय बस्तु को खोज अनुसन्धान गरेर संरक्षण पनि गरौँ । जय नेपाल…
नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहानुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ । धेरै धेरै धन्यवाद ।
लेखमा उठान गरिएको विषयवस्तु पठनीय छ ।
धेरै धेरै धन्यवाद ।
यो लेख ले ठुलो सहयोग गर्ने छ ।।।
धेरै धेरै धन्यवाद ।