शिवमानसपूजा
रत्नैः कल्पितमासनं हिमजलैः स्नानं च दिव्याम्बरं
नानारत्नविभूषितं मृगमदामोदाङ्कितं चन्दनम् ।
जातीचम्पकबिल्वपत्ररचितं पुष्पं च धूपं तथा
दीपं देव दयानिधे पशुपते हृत्कल्पितं गृह्यताम् ।।१।।
सौवर्णे नवरत्नखण्डरचिते पात्रे घृतं पायसं
भक्ष्यं पञ्चविधं पयोदधियुतं रम्भाफलं पानकम् ।।
शाकानामयुतं जलं रुचिकरं कर्पूरखण्डोज्ज्वलं
ताम्बुलं मनसा मया विरचितं भक्त्या प्रभो स्वीकुरु ।।२।।
छत्रं चामरयोर्युगं व्यजनकं चादर्शकं निर्मलं
वीणाभेरिमृदङ्गकाहलकला गीतं च नृत्यं तथा ।
साष्टाङ्गं प्रणतिः स्तुतिर्बहुविधा ह्येतत्समस्तं मया
सङ्कल्पेन समर्पितं तव विभो पूजा गृहाण प्रभो ।।३।।
आत्मा त्वं गिरिजा मतिः सहचराः प्राणाः शरीरं गृहं
पूजा ते विषयोपभोगरचना निद्रा समाधिस्थितिः ।
सञ्चारः पदयोः प्रदक्षिणविधिः स्तोत्राणि सर्वा गिरो
यद्यत्कर्म करोमि तत्तदखिलं शम्भो तवाराधनम् ।।४।।
करचरणकृतं वाक्कायजं कर्मजं वा
श्रवणनयनजं वा मानसं वापराधम् ।
विहितमविहितं वा सर्वमेतत्क्षमस्व
जय जय करुणाब्धे श्रीमहादेव शम्भो ।।५।।
इति श्रीमच्छङ्कराचार्यविरचिता शिवमानसपूजा समाप्ता ।।।
सरल नेपाली भाषानुवादः–
हे देव ! हे दयानिधी ! हे पशुपति ! मैले मानसिक रुपमा तयार गरेको यो रत्नै रत्नहरू बाट निर्मित सिंहासन, शीतल जलद्वारा स्नान, अनेक रत्नहरू जडित दिव्य वस्त्र, कस्तूरिमृगको गन्ध समाहित भएको चन्दन, जुही चम्पा र वेलपत्र सहित को पुष्पाञ्जलि, धूप, दीप ग्रहण गर्नुहोस् ।।१।।
हे प्रभो ! रत्नहरूद्वारा खण्डहरू सजाईएको सुनको पात्रमा घ्यू हालिएको खीर(पायस), दुध दहि सहित को पञ्च व्यञ्जन, केरा, सर्वत(जुस्), अनेक प्रकारका शाक(तरकारीआदि), कपूरको वास्ना युक्त स्वच्छ र अति मिठो जल र पानमासला सहित को यो मेरो मनले बनाएको पदार्थ स्वीकार गर्नुहोस् ।।२।।
हे प्रभो ! छाता, २ चमरहरू, पंखा, सफा ऐना, वीणा–भेरी–मृदंग–दुन्दुभि आदि वाद्य को सुमधुर संगित, गायन–नृत्य, साष्टाङ्ग नमन्, अनेक स्तुति आदि यो सबै म केवल मनको संङ्कल्प बाटै समर्पण गर्दछु ग्रहण गर्नुहोस् ।।३।।
हे शम्भू ! मेरो आत्मा हजुर नै हो हुनुहुन्छ, बुद्धि माता पार्वती हुनुहुन्छ, प्राण गण हुनुहुन्छ, शरीर हजुरको मन्दिर हो, सम्पूर्ण विषय भोगको रचना नै हजुरको पूजा हो, निद्रा हजुरको समाधि हो, गति(हिडाइ) हजुरको परिक्रमा हो, सम्पूर्ण शब्दहरू हजुरका स्तुति हुन्, यसरि म म जे जे कर्म गर्दछु त्यो सबै हजुरकै आराधना हो प्रभू ।।४।।
हे प्रभू ! हातले, पाउ(गोडा)ले, वाणी(वोली)ले, शरीरले, कर्मले, कानले, आँखाले वा मनले कुनै पनि अपराध म बाट जानेर वा अन्जानमा भएको छ भने त्यो सबै क्षमा गरिदिनुहोस् । हे करुणका सागर ! जय जय हो भगवान श्री महादेव शंकर ।।५।।
इति श्री शंकराचार्यद्वारा रचित शिव मानसपूजा को सुरज कौण्डिन्यद्वारा भावानुवाद समाप्त भयो । जय भोलेनाथ पशुपति…
नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहानुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ । धेरै धेरै धन्यवाद ।