।।सरस्वतिस्तोत्रम् ।।
रविरुद्रपितामहविष्णुनुतं । हरिचन्दनकुंकुमपंकयुतम् ।
मुनिवृन्दगणेन्द्रसमानयुतं । तव नौमि सरस्वति पादयुगम् ।।१।।
शशि शुद्धसुधाहिमधामयुतं । शरदंबरबिम्बसमानकरम् ।
बहुरत्नमनोहरकान्तियुतं । तव नौमि सरस्वति पादयुगम् ।।२।।
कनकाब्जविभूषितभूतिभवं । भवभावविभाषितभिन्नपदम् ।
प्रभुचित्तसमाहितसाधुपदं । तव नौमि सरस्वति पादयुगम् ।।३।।
भवसागरमज्जनभीतिनुतं । प्रतिपादितसंततिकारमिदम् ।
विमलादिकशुद्धविशुद्धपदं । तव नौमि सरस्वति पादयुगम् ।।४।।
मतिहीनजनाश्रयपादमिदं । सकलागमभाषितभिन्नपदम् ।
परिपूरितविश्वमनेक भवं । तव नौमि सरस्वति पादयुगम् ।।५।।
परिपूर्णमनोरथधामनिधिं । परमार्थविचारविवेकनिधिम् ।
सुरयोषितसेवितपादतलं । तव नौमि सरस्वति पादयुगम् ।।६।।
सुरमौलिमणिद्युतिशुभ्रकरं । विषयादिमहाभयवर्णहरम् ।
निजकान्तिविलेपितचन्द्रशिवं । तव नौमि सरस्वति पादयुगम् ।।७।।
गुणनैककुलस्थितिभीतिपदं । गुण गौरवगर्वितसत्यपदम् ।
कमलोदरकोमलपादतलं । तव नौमि सरस्वति पादयुगम् ।।८।।
त्रिसन्ध्यं यो जपेन्नित्यं जले वापि स्थले स्थितः ।
पाठमात्राद्भवेत्प्राज्ञो ब्रह्मनिष्ठः पुनः पुनः ।।
सरस्वतीस्तोत्रम् नेपाली भाषानुवाद –
हे सरस्वती ! तपाईका ति चरणकमल जुन सूर्य, शिव, ब्रह्माजी, र विष्णु द्वारा नमस्कृत, हरिचन्दन कुंकुम कमल आदि अनेक सुगन्धित द्रव्य ले युक्त, मुनिवृन्द र गणेन्द्र पनि जहाँ समाहित छन् त्यस्ता हजुरका चरणकमलमा म नमस्कार गर्दछु ।।१।।
हे सरस्वती ! चन्द्र शुद्ध अमृत हिमशृङ्खला जस्तै सौन्दर्यता र माहात्म्य भएका, शरद ऋतुका आकाशको प्रतिविम्व समान भएका अनेक रत्न मनोहर कान्ति तेज ले युक्त भएका त्यस्ता हजुरका चरणकमलमा म नमन गर्दछु ।।२।।
हे सरस्वती ! तपाईका ति स्वर्णिम तथा सुन्दर कमल पुष्पद्वारा विभूषित, कान्तियुक्त एवं, सांसारिक भाव देखी भिन्न(पारमार्थिक) तथा ईश्वरीय चित्त पनि जहाँ समाहित भएको छन् त्यस्ता चरणकमललाई म प्रणाम गर्दछु ।।३।।
संसाररूपी सागरमा डुबेर डराईरहेका जनहरूले नमस्कृत एवं सबै प्रकारका संतति आदि प्रदान गर्नेवाला तथा विमलादि समस्त गुणद्वारा आश्रित विशुद्ध पदवाला ति तपाईका चरणकमलमा नमस्कार गर्दछु ।।४।।
बुद्धिहीन व्यक्तिहरूको आश्रयभूत, तथा सम्पूर्ण आगम, वेदद्वारा पनि अवर्णनीय अर्थात वर्णन गरेर पार नलाग्ने जहाँ सारा विश्व परिपूरित भएको छ, त्यस्ता तपाईका चरणकमलमा म दण्डवत् गर्दछु ।।५।।
परिपूर्ण हुन्छन् मनोरथ जहाँ त्यस्ता सागर स्वरुप एवं परमार्थतत्वको विचार विवेकको सागर देवता, अप्सरा आदि अनेकले सेवनीय अथवा सेवित पदकमल त्यस्तो हजुरको चरणकमलमा म नमन गर्दछु ।।६।।
हे सरस्वती ! देवताहरूको शिरमा रहेको मणि पनि जसका प्रभावले स्वच्छ हुन्छन् (सुन्दर हुन्छन्) । त्यस्ता चरणकमल एवं विषय वासनारूपी महाभयङ्कर अन्धकारलाई हरण गर्नेवाला तथा आफ्नो कान्ति ले सर्वथा कल्याण गर्नेवाला त्यस्ता हजुरको चरणकमलमा म नमस्कार गर्दछु ।।७।।
हे सरस्वती ! अनेक गुणहरूले अभिभूत तथा ती गुणहरूको गौरवताले गर्वित सत्यपद (सत्यताको आश्रय) र कमलपुष्पको उदर समान कोमल पादतल(चरणकमल) लाई म नमस्कार गर्दछु ।।८।।
जो व्यक्तिले तीन वटै काल(विहान, दिउसो र वेलुका को समय)मा जलमा रहेर होस् या स्थलमा रहेर होस् केवल यो स्तोत्रको पाठ गर्दछ त्यो व्यक्ति विद्वान बुद्धिमान तथा ब्रह्मनिष्ठ हुन्छ ।।९।।
सुरज कौण्डिन्यद्वारा भावानुवाद सरस्वती स्तोत्र सम्पूर्ण भायो ।
दिव्य
धेरै धेरै धन्यवाद ।