15.1 C
Kathmandu
Tuesday, October 14, 2025
tagDiv Newspaper Theme
HomeKnowledgeत्रिपिण्डीश्राद्धका विषयमा संक्षित चर्चा साथै आवश्यक सामग्री - प्रा. तोयराज नेपाल

त्रिपिण्डीश्राद्धका विषयमा संक्षित चर्चा साथै आवश्यक सामग्री – प्रा. तोयराज नेपाल

त्रिपिण्डीश्राद्धका विषयमा संक्षित चर्चा साथै
त्रिपिण्डीश्राद्धकालागि आवश्यक सामग्री

‘‘भूप्रेतादिजनितदुष्टज्वराद्युपद्रवशान्तयेत्रिपिण्डीश्राद्धं कर्तव्यम् । कार्तिक्यादिचतुर्षु मासेष्वेकादश्यां पञ्चम्यामष्टम्यां त्रयोदश्याम् उभयोरपि पक्षयोः कार्यम् । दोषबाहुल्ये सति न कालापेक्षा । नद्यां पुण्यतीर्थे तदभावे शिवालये तुलसीसन्नेधाने अश्वत्थसन्निधौ वा कार्यम्।‘‘
पण्डितश्रीवायुनन्दनमिश्रविरचिता
शुक्लयजुर्वेदीयत्रिपिण्डीश्राद्धपद्धतिः ।
सर्वप्रथम त्रिपिण्डीश्राद्ध गर्न कार्तिक, मंसिर, पौष र माघ महिनामा राम्राे हुन्छ । त्यसमा पनि दुवैपक्षका पञ्चमीतिथि, अष्टमी, एकादशी र त्रयाेदशी यी ४ तिथिहरू उपयुक्त हुन्छन् । तर आफुलाई भूतप्रेतादिको बाधा भएर अत्यन्त पीडाभएमा कार्तिकादि महिना नपर्खिएर आफुलाई अनुकूलपर्ने समयमा पनि गर्नसकिन्छ।
बाला युवानो वृद्धाश्च कुले यस्य मृता ननु।
लुप्तपिण्डा लुप्ततोयाः स्नानं धर्मं विना मृताः।।
खट्वायां दुष्टसंस्पृष्टा ये मृता वन्दिवेश्मनि।
विनामन्त्रग्निना दग्धा येSपमृत्युवशं गताः।। ….. वेदशास्त्रविहीनाश्च तथा ये वेदनिन्दकाः।……
कुले ग्रामे वने गेहे पीडां कुर्वन्ति ते च वै। ……
स्रियश्च पुषाश्चैव इहैवाप्यन्यजन्मनि।
एवं नानाविधाः पीडाः प्रेता: कुर्वन्ति जन्तुषु।
तेषां पीडाविनाशार्थं त्रिपण्डीश्राद्धमाचरेत्।।
तीर्थे देवालये नद्याः सङ्गमे चाश्रमे तथा।
तडागेSश्वत्थमूले वा त्रिपिण्डीश्राद्धमीष्यते।
अदैवं श्राद्धमेतद्धि विप्राभावे वटुत्रयम्।
दर्भाणां तत्र बालास्तु युवानः स्थविरास्तथा।
अनादिष्टसुगोत्रं तु प्रेतश्राद्धे प्रपूजयेत्।।
यवपिष्टैःपायसेन तिलैःपिण्डत्रयं त्यजेत्।।“……इत्यादि।
इति स्कन्दपुराणे नारदवचनम् ।
श्राद्धप्रकाश: पृ•-२६६ ,२६७
(श्राद्धप्रकाशका २६६देखि २७२ पृष्ठसम्म विधि र पद्धतिका विषयमा उल्लेख छ।)

आफुलाई प्रेतबाधाले बढि नै सताएर चित्त चञ्चल भई अशान्ति भैराखेको छ भने जुनसुकै महिनामा भएपनि उपर्युक्त तिथिहरूमा यो त्रिपिण्डी श्राद्ध गर्नसकिन्छ ।
त्रिपिण्डी श्राद्धमा द्युलोक= स्वर्गलोकमा रहने विष्णुमय सात्त्विक प्रेतको, अन्तरिक्षलोक= आकाशमा रहने ब्रह्ममय राजस प्रेतको र भूलोक= पृथ्वीमा रहने रुद्रमय तामस प्रेतको पूजा पनि हुने हुँदा प्रेतका अधिष्ठातृ स्वरूप विष्णु ,ब्रह्मा र रुद्रमा क्रमशः सेतो ,रातो र कालो पूजाको सामग्रीद्वारा पूजा गर्नू, भन्ने विधान बताइएको छ ।

आवश्यकसामग्री–
सर्वप्रथम- दियो , कलश , गणेश
स्थापना गरी महाविष्णुको पूजा गर्ने।
महाविष्णुको प्रतिमा अथवा शालग्रामशिला १,  त्यसकालागि कलश र स्थाली १,१ साथै उपयोगी पहेलोवस्त्र, अलङ्कार एवं सौभाग्यद्रव्यसमेत /
विष्णुको अर्को सुनको प्रतिमा १,  त्यसकालागि तामाको कलश र स्थाली १,१ साथै उपयोगी श्वेतवस्त्र, ब्रह्माको प्रतिमा चाँदीको १, त्यसकालागि तामाको स्थाली र कलश १,१ र उपयोगी रातो वस्त्र/ रुद्रको प्रतिमा तामाको १,  त्यसकालागि कलश र ताँवाका स्थाली १, १ र उपयोगी कालो वस्त्र/ (जम्मा कलश ५ र ताँवाको तिलपात्रसमेत स्थाली ५) तिलपात्र दान गर्दा र आज्यपात्र वा छायापात्र दान गर्दा आवश्यक पर्ने सुनका टुक्रा २/३,
कर्मपात्रा ३, पञ्चपात्र र आचमनीहरू कर्ताले आचमन गर्न र पद्मम्, अर्घ्यम् , आचमनीयम् , स्नानीयम् पञ्चामृतम् शुद्धोदकम् समेतकालागि ७ ,८ सेट ,
अर्घे शङ्ख १ , ताँवाकाे अर्घौतो १ , तष्टा =ताँवाकाेआरी १ (तर्पण गर्न), पानीचलाउने सानाे घल्चा १ र अम्खाेरा १
(तर्पण गर्न) धृतच्छायापात्र = काँसकाे सानो कचौरा १ , दियाे २ , कलश ५ , गणेश १ , कुश, तिल -सेतातिल , रातातिल र कालातिल (तीनैकिसिमका तिल) , जौ, श्रीखण्ड चन्दन , अष्टसुगन्ध, राेरी, अक्षता , फूलपाती ( पाएसम्म सेताे, राताे , कालाे फूल ) माला ५ , दुवो, तुलसीपत्र र मञ्जरी, ( पञ्चगव्य गाईकाे गहुँत , गाेबर ,गाईकाे दूध, दही र घिउसमेत ) पञ्चामृत (गाईकाे दूध, दही, घिउ , मह र सक्खर ) काँचाे धागाे,  राताे धागाे, सर्स्यौं, सर्वौषधि, पञ्चरत्न, पञ्चपल्लव, सप्तमृत्तिका धूप ,बत्ती , कपुर , नैवेद्य ,पक्वान्न , मिठाइहरू र फलफूल , काजु-किस्मिस आदि , नरिवल ५ , सुपारी २० , २५जति , जनै १५ ,१६ जाेर जति , सेताेकपडा ३मीटर , राताे कपडा २ मीटर ,
कालाे कपडा २ मीटर ,सेताे झण्डा वा ध्वजा १ ,राताे झण्डा वा ध्वजा १ र कालाे झण्डा वा ध्वजा १ , धाेती मर्दना १ , दाेसल्ला १ , कमण्डलु १ र त्यसमा राख्न मीठाे सर्वत ( तर अमिलाे नराखी बनाएकाे )छाता१ , जुता १ जाेर , पिण्ड ३ पायसको वा चामलका पीठाकाे १ , जौका पीठाकाे १ र तिलका पीठाकाे १ समेत ३ पिण्ड , अर्घ दिन फल विष्णुमयप्रेतकालागि मातुलिङ्गफल =बिमिराे , ब्रह्ममयप्रेतकालागि जम्बीरफल= ज्यामिर , रुद्रमयप्रेतकालागि खर्जूरफल = छाेगडा , अन्त्यमा ब्राह्मण भाेजनकाे सामग्री पक्वान्न , पायस=खिर , खिचडी , र शिकहर = सिकर्नी (चामलकाे पीठाे र मसलाहरू दहीमा मिसाएर बनाएकाे एककिसिमको खाद्यपरिकार )
मध्याह्नमा ब्राह्णहरूलाई नास्ताकालागि ड्राइफुड् , फलफूल दूध चिया कफी आदि।
सिधा ४ भाग , टपरी ३० ,३५ जति , दुना सिधालाई बाहेक ४० ,५० जति , चानचुने पैसा १०० थान जति , नाेटहरू ५ ,१० ,२० ,५० , १०० , ५०० र १००० कासमेत , (भेटीघाटी , गाेदान , माेक्षधेनु गाेदान ३ र दक्षिणासमेतकालगि) सक्नेले यथाशक्ति शय्यादान , भूमिदान आदि पनि गर्ने , ब्राह्मणहरूलाई ,कर्तालाई र सहयाेगीहरूलाई बस्ने आसन , कालाेम्याट र राडीपाखी, चकटी इत्यादि ।
सर्वं त्रिपिण्डीश्राद्धं समाप्य कायेनवाचेति च कुर्यात्।
श्राद्धसमाप्त भैसकेपछि तीर्थाधिपतिको र पीपलकोसमेत पूजा गर्नुपर्दछ ।
अथ तीर्थाधिपतिं सम्पूज्य यथाविभवदक्षिणां दद्यात्।
´´ततः कपर्दीश्वरसन्निधौ अश्वत्थे गदाधरं सम्पूज्य कृषरान्न
(खिचडी) सर्वौषधितिलदुग्धानि समर्पयेत् ।“
तत: अश्वत्थमूले तिलसंयुतां दुग्धधारां , जलधारां च दद्यात्।
ततः प्रार्थयेत्–
´´वृक्षराज ! नमस्तुभ्यं सर्वदेवमय प्रभाे !
मम देहस्य सन्तापं हर त्वं वारिधारया।।“ इति। ( त्रिपिण्डीश्राद्धपद्धति वायुन्दन मिश्र विरचित उपान्तिम र अन्तिमपृष्ठ । )
यसरी अन्त्यमा पीपलको पूजा र तीर्थाधिपतिको पूजासमेत गरी दक्षिणादि दिएपछि मात्र त्रिपिण्डीश्राद्ध पूर्ण हुन्छ।

ॐहरये नमः।

लेखक/अनुसन्धान कर्ता

प्रा. तोयराज नेपालपूर्व विभागाध्यक्ष, इतिहास पुराण विभाग, नेपाल संस्कृत विश्वविद्यालय
प्रा. तोयराज नेपाल
पूर्व विभागाध्यक्ष, इतिहास पुराण विभाग,
नेपाल संस्कृत विश्वविद्यालय

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments

कारंडे सोमनाथ on Garud Puran Pdf
उपेन्द्र प्रसाद भट्टराई on जनैपूर्णिमाको रहस्य। About Janaipurnima
error: Content is protected !!