गौमुत्र, यसको महत्व, यसमा पाईने तत्वहरू र उपचार हुने रोगहरू
गौमुत्र भन्नाले गाईको पिसाब वा गहुँत भनेर बुझिन्छ । हाम्रो सनातन पद्धति अनुरुप गौमुत्रको प्रयोग अत्यन्त शुद्ध र अति विशेष मानिएको छ । विशेष गरि धार्मिक कृत्यहरूमा गौमुत्रको प्रयोग गरिएतापनि गौमुत्र एक औषधि हो भन्नेकुरा धेरै जनसमुदाय माझ ज्ञान नहुन पनि सक्छ । गौमुत्र एक यस्तो औषधि हो जसले धेरै भन्दा धेरै रोग सजिलै निको पार्दछ । गाईको पेटमा नियमित भिटामिन ‘बी’ रहने कुरा पनि वैज्ञानिकहरूले बारम्बार गरिएको खोज बाट सिद्ध भएको कुरा हो । गौमुत्रलाइृ सर्वगुणी रस मान्दा अत्युक्ति नहोला । गाईको गौमुत्र मात्र होइन दुध, दही, ध्यू र गोबर पनि उत्तिकै महत्त्वपूर्ण रहेको कुरा पनि गाईको शरिरका विभिन्न अङ्गमा हुने सूर्यकेतु नाडि आदि र नक्षत्र किरण लाई लिन सक्ने गाईको शक्ति बाट प्रस्ट हुन्छ । तसर्थ
गौमुत्रमा पाईने रसायन तत्त्वहरूः–
नाइट्रोजन, सल्फर, गंन्धक, अमोनिया, काँपर, यूरिया, यूरिक एसिड, फाँस्फेट, सोडियम, पोटेसियम, मैँगनीज, कार्बोलिक एसिड, कैल्शियम, साल्ट, भिटामिन (ए, बी, सी डी र ई,), हित्युरिक एसिड, क्रियाटिनिन् र स्वर्णक्षार ।
दैनिक २० मि.लि. गहुँत हरेक दिन बिहान पिउँनाले निम्न रोगबाट लाभ मिल्छ ।
१. भोकको कमि, (Loss of appetite,)
२. अजीर्णपन, (Indigestion)
३. हर्निया, (Hernia)
४. मिर्गी (Epilepsy)
५. चक्कर आउँनु, (Dizziness)
६. बवासीर, (Hemorrhoid)
७. प्रमेह, (Gonorrhea)
८. मधुमेह, (Diabetes)
९. कब्जियत, (Constipation)
१०. ल्युकोरिया, (leucorrhoea)
११. गैस, (Gas Disease)
१२. लू, (Heat Stroke)
१३. जन्डिस, (Jaundice Disease)
१४. चिलाउने रोग, (Itching Disease)
१५. मुखरोग, (Mouth Disease)
१६. ब्लडप्रेसर, (Blood Pressure)
१७. कुष्टरोग, (Leprosy)
१८. भगंन्दर, (Fissure Disease)
१९. दन्तरोग, (Dental Disease)
२०. धातु रोग, (metal disease,)
२१. नेत्ररोग, (Eye disease,)
२२. जुकाम, चिसो रोग, (Cold disease)
२३. ज्वरो, (Fever,)
२४. छाला रोगहरु, (Skin Disease)
२५. घाउ, (sore)
२६. टाउको दुख्ने, (Headache)
२७. दम,
२८. स्त्रीरोग,
२९. स्तनरोग,
३०. हिस्टीरिया,
३१. अनिद्रा,
३२. वायुरोग,
३३. मूत्ररोग,
यदि गौमुत्रको स्रोत सहि छ भने मात्र यी माथीका रोगमा र स्वस्थ रहनमा मद्दत गर्दछ । गौमुत्रलाई सामान्यतया १ दिन भित्रै प्रयोग गर्नु अतिउत्तम, ३ दिन भित्र उत्तम, ७ दिन भित्र मध्यम र १५ दिन भित्र सामान्य मानिएतापनि त्यसलाई दिन प्रतिदिन त्यसको शक्तिमा ह्रास आउँन नदिइ प्रयोग गर्नु नै बुद्धिमानि देखिन्छ । माथी उल्लेखित रोगहरूको उपचारमा मद्दत मात्र हैन अवस्था हेरेर निको पनि पार्दछ । यसका अतिरिक्त कतिपय जडिबुटी आदि औषधिलाई गाईकै गोमुत्रमा धोएर मात्र प्रयोगमा ल्याईन्छ । आधुनिक बिज्ञानद्वारा निर्मित अनेक एलोपेथिक(allopathic) औषधिहरूमा पनि गौमुत्रको प्रयोग गरिएको पाईन्छ । खोज तथा अनुसन्धान कर्ताहरू गौमुत्रको बारेका अझै धेरै खोज, अनुसन्धान गरिरहनु भएको र हरेक खोज बाट नयाँ नयाँ कुरा पत्ता लगाउँन सफल हुनुभएको हामीले देख्दै र सुन्दै आएका छौ । विभिन्न क्यान्सर निको पार्नमा पनि गौमुत्रले मुख्य भुमिका निर्वाह गर्दछ भन्ने कुरामा खोज तथा अनुसन्धान भईरहेको छ ।
त्यसैले यसलाई धार्मिक दृष्टिले मात्र हैन स्वास्थ्यका दृष्टिले पनि अति उत्तममान्दै प्रयोग गरौँ ।
स्वस्थ रहौँ मस्त रहौँँ र अरूलाई पनि स्वस्थ रहन प्रेरित गरौँ । धेरै भन्दा धेरै सेयर गरौँ ।
स्रोतः— विभिन्न प्राकृतिक औषधि पद्धति भएका पुस्तक तथा गुरुहरूका वचनबाट ।
नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहनुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ । धेरै धेरै धन्यवाद ।