ढाडलाई भित्तामा अड्याएर ओछ्यानमा पल्टिएको थिए । निदाउन सकिरहेको थिइन । अनेकन विचारले ग्रसित थिएँ । अनेकन कुराहरु आईरहेका थिए । दिनको हरेक कुराहरू आउदै गर्दा भविष्य सोच्न मन लाग्यो । भविष्य पनि कहाँ कल्पेको जस्तो हुन्छ र ! दुई चारजनालाई उदाहरण बनाए ।
सोच्छु दिक्क लागेर आउँछ । अनि दिक्क किन लाग्छ ? कहाँ लाग्छ ? यो प्रश्नले हायलकायल हुन्छु । मनमा लाग्छ होला कि अनुमान गर्छु। हैन यार मन नै हुदैन म तर्क गर्छु आफैँ सँग । मन हुन्छ भने कहाँ हुन्छ ? प्रश्न गर्छु आफैँलाई । मुटू भनेकै मन हो कत्तिको तर्क सम्झन्छु । यसो विचार गर्छु हो जस्तो पनि लाग्छ । फेरि केहिबेर सोच्दै जान्छु हैन जस्तो लाग्छ । मन र मुटू एउटै भए मन धड्कियो किन भनिदैन ? मुटू चस्किन्छ मन चस्किदैन । मुटूमा रोगलाग्छ मनमा रोग लाग्दैन । अनि मन भनेको भ्रम हो जस्तो लाग्छ । बोलिचालीमा धेरै प्रयोग हुन्छ “मन लागेको छैन “मन पर्दैन” मन नै हो आउन न भेटौँ” यो कुनै वाक्यले मन र मुटूको सम्बन्ध देखाउदैन । आफैँलाई तर्क गर्छु ।
त्यसो त मन भनेको के हो ? मन भनेको विचार हो । विचार र मन कसरी एकै हुन सक्छ ? फेरि आफैलाई प्रश्न गर्छु । “मन लाग्नु भनेको विचार उम्रनु हो” उत्तर दिन्छु । आफ्नै उत्तर आफैँलाई चित्त बुझ्दैन । अनि उदाहरणहरूको खोजी गर्छु।
१) मेरो साथिले भन्यो मलाई धुम्न मन लागेको छ उसले घुम्ने विचार गरेको रहेछ । उसलाई मन लागेको कुरा मस्तिष्क सम्म पुग्यो उसले घुम्न जाने ठाँउको कल्पना गर्न थाल्यो । सम्बन्धित चित्रहरू आँखामा आए । यसले के स्पष्ट हुन्छ भने विचार आउनु भनेको मन लाग्नु रहेछ ।
म पूर्ण सन्तुष्ट हुन सकिन । कि विचार आए पछि मन लाग्छ, कि मन लागे पछि विचार आउँछ त्यसैले मन भनेको विचार नै चाहि होईन ।
मन भनेको इच्छा हो अर्को तर्क राखे । टक्कै हैन भन्न सकिन । मलाई तिमी सँग भेट्ने मन छ । तिमी सँग भेट्ने इच्छा छ। हो मन भनेको इच्छा हो किनकि यी वाक्यले समान अर्थ दियो । अझ भनौँ एउटै काम गर्ने विचार रहेको स्पष्ट पारे । तर पुर्ण रूपमा हो भन्न सकिन । इच्छा भनेको चाहना हो । मन भनेको चाहना हो त ? मन भनेको चाहना हो भने मेरो मनमा चाहना छ किन भनिन्छ ? कि यो वाक्य गलत छ कि मन भनेको इच्छा हैन ।
मनलाई इरादा पनि भनेको भेटे । इरादा भनेको काम गर्ने उदेश्य हो । लक्ष्य हो । लक्ष्य कहाँ हुन्छ ? मनमा । “मेरो मनमा एउटा इरादा छ ” बहुत प्रचलित यो वाक्य कि यो वाक्य गलत छ कि मनको अर्थ इरादा हैन ।
कसैले मन भनेको कामना भने, कसैले अभिलाषा भने, कसैले दिल भने, कसैले हृदय भने, कसैले चित्त, कुनै शब्दले पनि वास्तविक अर्थ बोक्न सकेको छैन ।
धेरैलाई सोधेँ यो प्रश्न मन कहाँ हुन्छ ?
कतिले छाती देखाउछन् मुटूलाई मन मान्छन् । कतिले मस्तिष्क पनि देखाउछन् ।
एक व्यक्तिले भनेका थिए दिउसो, मन भनेको अनुभुति हो मलाई केही हद सम्म यो ठिक पनि लाग्यो । मन भनेको देऊता जस्ता हुन । हामीले भगवान छन् भनेर कल्पना गर्छौँ, त्यस्तै मन छ भनेर कल्पना गर्छौँ । उसको तर्क सहि नै हो जस्तै लाग्यो । भगवानले दिने हैन हामीले अपेक्षा गर्ने हो मन दुख्ने हैन नरमाइलो अनुभुति गर्ने हो । यसलाई पनि पक्का अर्थ मान्न सकिनँ किनकि मन अनुभुति मात्र हो भने किन अङ्गको रूपमा मानियो ? प्रश्नले पूर्ण हुन दिएन ।
निचोडमा पुग्न सकिनँ। मन भनेको के हुन सक्ला भनेर सोच्दा सोच्दै परेली लाट्टिन थालिसकेको थियो ।
इन्द्रियलाई दमन गर्ने, प्रत्यक्ष मस्तिष्कमा प्रभाव पार्ने, अप्रत्यक्ष अनुभुति हो जसले विचार निर्माण र कार्यन्वयनमा भूमिका खेल्छ । यसको चित्र हुँदैन। यसको आकार हुँदैन र पूर्ण अर्थ हुँदैन । यति सोच्दा सोच्दै निदाएछु क्यार । मोवाईल बजेपछि हेर्दा बिहान पाँच बजेको रहेछ ।
***
अति उत्कृष्ट लेखन शैलीको साथमा मिठो भाव रहेको छ ।
यो लेखले मलाई सोच्न र भावमा डुब्न बाध्य बनायो।
यस भन्दा पनि पछि यस्तै लेखहरू आईरहोस यसको लागि शुभकामना ।
अति उत्कृष्ट लेखन शैलीको साथमा मिठो भाव रहेको छ ।
यो लेखले मलाई सोच्न र भावमा डुब्न बाध्य बनायो।
यस भन्दा पनि पछि यस्तै लेखहरू आईरहोस यसको लागि शुभकामना ।
धेरै धेरै धन्यवाद