5.1 C
Kathmandu
Sunday, January 12, 2025
tagDiv Newspaper Theme
HomeBhajansराम भुलियो । Ram Bhuliyo Dinesh Balampaki.

राम भुलियो । Ram Bhuliyo Dinesh Balampaki.

छोरा छोरिको बिहे पछि भजन गर्छु भन्थें
भगवान को भजन गरि भव तर्छु भन्थें
भजन गर्छु भन्दा भन्दै नाति जन्मिहाल्यो
नातिको मुख देखे पछि मायाँ लाग्न थाल्यो

कति मीठो तोते बोली कति गुलियो
मोहजालमा फसियोय राम भुलियो ।।

सबै केश फुलिसके यौटै छैन कालो
मिलेका यी दन्तैलहर झरे पालै पालो
राम भन्दा लाम हुन्छ दाँत नभएपछि
हिड्न डुल्न सकिँदैन आँत नभएपछि

उमेर छँदा तागत हुँदा कति डुलियो
मोहजालमा फसियो राम भुलियो ।।

कैले पनि भजिएन भगवान को नाम
भगवानको नाम जपे पो मिल्छ परमधाम
परमधाम मा जाने जुक्ती लाउने कसोगरी
यस्तो चाल ले हाम्ले मुक्ती पाउने कसोगरी

धर्म कर्म भुलियो पाप चुलियो
मोहजालमा फसियो राम भुलियो।।

 

शब्द / संगीत / स्वर

जेठा दाइ
दिनेश बलम्पाकी मगर
पाेखरा कास्की

 

भिडियो:-

 

नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहनुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ । धेरै धेरै धन्यवाद ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments

कारंडे सोमनाथ on Garud Puran Pdf
उपेन्द्र प्रसाद भट्टराई on जनैपूर्णिमाको रहस्य। About Janaipurnima
error: Content is protected !!