अग्निहोत्रद्वारा संक्रामक रोगको उपचार ।
त्रिकालदर्शी मुनीहरूले मानवजातिलाई संक्रामक रोगबाट बचाउँन र पर्यावरण शुद्धिका लागी नियमित अग्निहोत्र(हवन, होम) गर्ने विधान बताउँनुभयो ।
वस्तुतः संक्रमण कारक किटाणु वायुमा उडेर रोग वाहक हुन्छन् । संक्रमण को सर्वाधिक खतरा कमजोर प्रतिरोधक शक्ति भएकाहरूलाई हुने गर्छ । त्यसैले साना वालवालिका, गर्भवती महिलाहरू तथा वृद्ध वृद्धालाई संक्रमणको अधिक खतरा हुन्छ । अग्निहोत्रको मूख्यलक्ष वायुको शुद्धिकरणद्वारा मनुष्यको प्रतिरोधक क्षमता बढाउँनु हो ।
औषधिले कसरि काम गर्दछ ?
अग्निहोत्रमा प्रयुक्त औषधीहरूले संयुक्त रुपले पदार्थको चैतन्य शक्तिको सूक्ष्मीकरण गर्दछन् । अग्निहोत्रका माध्यमले औषधीहरू जलेर सहजै वायुमण्डलमा घुलमिल हुन्छन् र श्वासको माध्यबाट यी तत्वहरू रक्तमा प्रवेश गर्दछन् अनि हाम्रो रोगको प्रतिरोधात्मक क्षमताको विकास गर्छन् ।
त्यसैले आजका यस्तो विषम परिस्थितीसँग जुँध्न अग्निहोत्र पनि अचुक उपाय हुन सक्छ ।
२१ औँ शतब्दिका बैज्ञानिकहरूले पनि यी यस्ता प्रयोगहरू गरेर ती कुराहरू सत्य हुन् भन्ने तथ्यहरू स्वीकार गरेका कुरा तपाई हामी सबैलाई ज्ञात नै छ । यस्ता वैज्ञानिक तथ्य भएका कुराहरूलाई धेरै देशहरूले समेत पालना गर्दै आएकोे अवस्था छ । यस्ता समाचारहरू बाट हामीटाढा पक्कै भएका छैनौँ ।
त्यसैले हाम्री सबैले धेरै बैज्ञानिकता रहेका यस्ता संस्कार संकृति का कुरा लाई मन देखि नै लागु गरौँ संस्कार र समाज दुवै जोगाउँ ।
अझै धेरै जानकारीकालागी भिडियो लिङ्क यस्तो छ रोग सँग लड्ने, आत्मबल बढाउने कडा औषधि ।

स्वानन्द कृष्ण
देवघाटधाम, नेपाल