13.1 C
Kathmandu
Thursday, January 9, 2025
tagDiv Newspaper Theme
HomeStotraratna malaशुद्ध नेपाली आरती । ॐ जय जगदीश हरे । Aarati.

शुद्ध नेपाली आरती । ॐ जय जगदीश हरे । Aarati.

।। विष्णु आरति ।।

ॐ जय जगदीश हरे, प्रभु जय जगदीश हरे ।
प्रभुका चरण उपासक, कति कति पार तरे ।। ॐ जय० ।

मनको थाल मनोहर, प्रेमरूप बाती ।
भाव कपूर छ मङ्गल, आरती सब भाँति ।। ॐ जय० ।

नित्य निरञ्जन निर्मल, कारण अविनाशी ।
शरणागत प्रतिपालक, चिन्मय सुखराशि ।। ॐ जय० ।

सृष्टिस्थितिलयकर्ता, त्रिभुवनका स्वामी ।
भक्ति सुधा वर्षाऊ, शरण पर्यौँ हामी ।। ॐ जय० ।

आसुर भाव निवारक, तारक सुखदाता ।
गुण अनुरूप तिमी हौ, हरिहर औ धाता ।। ॐ जय० ।

युग युग पावन गर्छौँ, अगणित रूप धरी ।
लीलामय रसविग्रह, करुणामूर्ति हरि ।। ॐ जय० ।

समताशान्तिप्रदायक, सज्जन हितकारी ।
चरणशरण अब पायौं , प्रभु भवभयहारी ।। ॐ जय० ।

भाव सुनिर्मल देऊ, साधकफलदायी ।
जीवन धन्य बनोस् प्रभु, प्रभुपदसेवा पाई ।।ॐ जय० ।

संयम सुरसरिताको, अविरल धार बहोस् ।
जति जति जन्म भएपनि, प्रभुमा प्रेम रहोस् ।। ॐ जय० ।

प्रेम सहित शुभ आरति, जसले नित्य गर्यो ।
दिन दिन निर्मल बन्दै, त्यो भवसिन्धु तर्यो ।। ॐ जय० ।

ॐ जय जगदीश हरे, प्रभु जय जगदीश हरे ।
प्रभुका चरण उपासक, कति कति पार तरे ।। ॐ जय० ।

रचनाकार
आचार्य खेमराज केशवशरण महाराज ज्यू

विशेष सहयोगः– सर्वेश्वर सुवेदी, टङ्कणः– सुरज कौण्डिन्य

नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहानुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ । धेरै धेरै धन्यवाद ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments

कारंडे सोमनाथ on Garud Puran Pdf
उपेन्द्र प्रसाद भट्टराई on जनैपूर्णिमाको रहस्य। About Janaipurnima
error: Content is protected !!