रुक्मिणीको प्रेम पत्र
प्रबिधिको युग संगै चिठी पत्र लेखनको कार्य केही कम भए पनि, आज भन्दा एक दुई दशक अगाडि चिठी पत्र मार्फत नै सुचना आदानप्रदान हुने गर्दथ्यो । अहिले को समयमा कसैले कसैलाई मन परायो वा कुनै सुचना, समचार दिनुपर्यो भने मोबाइल, फन ,फेस्बुक ,भाईबर टिकटक जस्ता अनेकौं प्रबिधिका साधन / एप्लिकेसन धेरै बनिसकेका
छन्। तर पहिले यस्ता साधनहरू केही थिएनन् त्यसैले पत्र मार्फत नै सबै कार्य गरिन्थ्यो ।
लेखन कार्यले हरेक व्यक्तिको बुद्धि ,विवेक ,ज्ञान, योग्यता जस्ता कुराहरूलाई सहजै चिनाउने गर्दछ । अझै प्रेम पत्र लेखनले त उसको मनोभावना माथि रस अलंकार भरेर हरेक शब्द शब्दमा छुट्टै प्रकारको मिठास र सुन्दरताले भरिपूर्ण बनाउछ ।
यस्तै द्वापर युगको समयमा विदर्भ देशको राजा भिष्मककी एकमात्र छोरी, अति वलवान रुक्मी आदी पाँच भाईकी बहिनी परम सुन्दरी विनयी, सौभाग्यवती “रुक्मिणी”को विवाह उनको दाजु रुक्मीले आफ्नो साथी दमघोष राजाको छोरा शिशुपाल सँग गर्ने निर्णय गरेपछि रुक्मिणी लाई दाजुले खोजेको वर मन नपरेको र बच्चादेखी नै
आफुले भगवान कृष्ण लाई मन पराएको हुनाले, उनै कृष्ण भगवानलाई रुक्मिणीले लेखेको चिठी जस्ताको त्यस्तै -:
श्रुत्वा गुणान् भुवनसुन्दर श्रण्वतां ते
निर्विश्य कर्णविवरैर्हरतोsङ्गतापम्
रुपं दृशां दृशिमतामखिलार्थलाभं
त्वय्यच्युताविशति चित्तमपत्रपं मे १०|५२|३७
हे अच्युत ! हे भुवनसुन्दर ! हजुरको गुण सुन्नेहरूको हृदयमा कानद्वारा प्रवेश गरेर उसको सबै किसिमका दु:ख पिडा लाई शान्त गरिदिनुहुन्छ । मैले यस्तो हजुरको गुणको वर्णन सुनेकी छु । संसारमा आँखा भएका जति प्राणी छन् तिनीहरूको आँखा हुनुको सबभन्दा ठूलो लाभ समस्त परमार्थका एकमात्र आश्रय , हजुरको रुपको दर्शन गर्नु हो ।मैले हजुरको यस्तो रुपको वर्णन पनि सुनेकी छु ।यसैले मेरो मन ,चित्त सम्पूर्ण लोक लज्जालाई छाडेर हजुरको चिन्तनमा तन्मय भईराखेको छ। हे मुकुन्द! हजुरलाई लाग्न सक्छकी ! यो पत्र पढ्दै गर्दा म त को रुक्मिणी हो कसैलाई चिनेजानेको छैन !ठिकै हो । त्यो लाग्नु पनि, किनकि यो संसारमा सबैले सबैलाई कहाँ चिनेको हुन्छन् र ,अझ ठूला ठूला व्यक्तित्वहरूले सानातिना लाई पहिचान गर्ने त कुरै हुदैन । जस्तो प्रधानमन्त्री ,मन्त्री लाई सबै जनाताले पहिचान गरेका हुन्छन् तर मन्त्रीहरूले जनता भने धेरै चिनेका हुदैनन् । त्यस्तै हजुरले मलाई नचिने पनि ,
म भने हजुरका गुण ,प्रशंसा वीरता , महानता, सुन्दरता , दयालु , करुणा , प्रेमीलता भावुकता जस्ता हजारौं लाखौं गुणहरू सुन्दा सुन्दा हजुरको त्यो अतिसुन्दर सचित्र मेरो हृदयमा अंकित भैसकेको छ। मेरा यि आँखाले त्यो श्यामसुन्दर स्वरुप को दर्शनका लागि पर्खिरहेका छन्। प्रभु मैले हजुर लाई आफ्नो जीवन ,धन सर्वस्व सम्झेर बसेकी छु। हे माधव ! हे श्यामसुन्दर !हे गोविन्द !हे कमलनयन!कुल ,शील स्वभाव ,सौन्दर्य ,विद्या ,अवस्था ,ऐश्वर्य र प्रभावमा हजुर समान अरू कोही छैन ।हे प्रभु हजुरलाई देख्दा सबैको मन आनन्दित हुन्छ । हे पुरुषभुषण ! तपाईं नै भन्नुहोस् न !विवाहको समय भएपछि कुन यस्ती कुलवती ,गुणवती,धैर्यवती कन्या होली,जो कि तपाईंलाई पतिको रुपमा वरण न गर्ली । यसैले हे प्रियतम ! मैले मनैमनमा हजुरलाई पतिको रुपमा वरण गरिसकेकी छु। एवम् तपाईंलाई नै यो जीवन आत्मसमरर्पण गरिसकेकी छु।तसर्थ हे अच्युत ! अवश्य मलाई हजुरको धर्मपत्नी बनाउनुहोस् ।हे कमलनयन ! हे वीर ! म हजुरमा समर्पित भैसकेकी छु , जसरी श्यालले सिंहको भाग हेरेर धेरै मोहित हुन्छ तर छुन सक्दैन त्यसै गरि श्यालरपी शिशुपालले मलाई स्पर्श गर्न नपाओस् । यदि मैले यो जन्ममा मात्र होइन कुनैपनि पुर्व जन्ममा तिर्थ ,व्रत दान, धर्म , देवता ब्राह्मण ,गुरु आदिको पुजा दिन दुःखीको सेवा केही गरेकी रहिछु र त्यो कर्म को केही पुण्य बचेको छ भने त्यसको फल मलाई अरु कुनै धर्म ,अर्थ काम, मोक्ष प्राप्त गर्ने ईच्छा छैन प्रभु! मलाई हजुरको बन्ने सौभाग्य प्रदान गर्नुहोस् यहीँ मेरो अन्तिम ईच्छा हो। मेरो पानिग्रहण गर्नुहोस् । यदि यो जन्ममा मैले हजुरलाई प्राप्त गर्न सकिन भने पनि
हजार जन्म ग्रहण गरौंला ,तर हजुरकै बन्ने हो प्रभु ।।
हजुरकै बन्ने हो ।।
भनिन्छ प्रेममा धैर्यको आवश्यकता हुन्छ । म जब सम्म हजुरको बन्दिन तबसम्म धैर्य गरिरहनेछु
पर्खिरहेकी हुनेछु ।
उही हजुरकी
अपरिचित प्रेमीका रुक्मिणी।