London Escorts sunderland escorts 1v1.lol unblocked yohoho 76 https://www.symbaloo.com/mix/yohoho?lang=EN yohoho https://www.symbaloo.com/mix/agariounblockedpvp https://yohoho-io.app/ https://www.symbaloo.com/mix/agariounblockedschool1?lang=EN
10.1 C
Kathmandu
Friday, December 6, 2024
tagDiv Newspaper Theme
HomeStotraratna malaअच्युताष्टकम् Achyutashtakam. नेपाली अर्थ सहित

अच्युताष्टकम् Achyutashtakam. नेपाली अर्थ सहित

अच्युताष्टकम् ।।

ॐअच्युतं केशवं रामनारायणं, कृष्णदामोदरं वासुदेवं हरिम् ।
श्रीधरं माधवं गोपिकावल्लभं, जानकीनायकं रामचन्द्रं भजे ।।१।।

अच्युतं केशवं सत्यभामाधवं, माधवं श्रीधरं राधिकाराधितम् ।
इन्दिरामन्दिरं चेतसा सुन्दरं, देवकीनन्दनं नन्दजं सन्दधे ।।२।।

विष्णवे जिष्णवे शङ्खिने चक्रिणे, रुक्मिणीरागिणे जानकीजानये ।
वल्लवीवल्लभायार्चितायात्मने, कंशविध्वंसिने वंशिने ते नमः ।।३।।

कृष्ण गोविन्द हे राम नारायण, श्रीपते वासुदेवाजित श्रीनिधे ।
अच्युतानन्त हे माधवाधोक्षज, द्वारकानायक द्रौपदीरक्षक ।।४।।

राक्षसक्षोभितः सीतया शोभितो, दण्डकारण्यभूपुण्यताकारणः ।
लक्ष्मणेनान्वितो वानरैः सेवितो–, ऽगत्स्यसम्पूजितो राघवः पातु माम् ।।५।।

धेनुकारिष्टकोनिष्टकृद्द्वेषिहाः, केशिहा कंशहृद्वंशिकावादकः ।
पूतनाकोपकः सूरजाखेलनो, बालगोपालकः पातु मां सर्वदा ।।६।।

विद्युदुद्योतवत्प्रस्फुरद्वाससं, प्रावृडम्भोदवत्प्रोल्लसद्विग्रहम् ।
वन्यया मालया शाभितोरःस्थलं, लोहिताङ्घ्रिद्वयं वारिजाक्षं भजे ।।७।।

कुञ्चितैः कुन्तलैभ्र्राजमानाननं, रत्नमौलिं लसत्कुण्डलं गण्डयोः ।
हारकेयूरकं कङ्गणप्रोज्ज्वलं, किङ्गिणीमञ्जुलं श्यामलं तं भजे ।।८।।

अच्युतस्याष्टकं यः पठेदिष्टदं, प्रेमतः प्रत्यहं पूरुषः सस्पृहम् ।
वृत्ततः सुन्दरं कर्तृविश्वम्भर–, स्तस्यवस्यो हरिर्जायते सत्वरम् ।।९।।

।। इति श्रीमच्छङ्कराचार्यकृतमच्युताष्टकं सम्पूर्णम् ।।

अच्युताष्टकम् को सामान्य सरल नेपाली भावानुवादः–

अच्युत, केशव राम, नारायण, कृष्ण, दामोदर, वासुदेव, हरि, श्रीधर, माधव, गोपिकावल्लभ र जानकीनायक रामचन्द्र भगवानलाई म भजन् गर्दछु ।।१।।

अच्युत, केशव, सत्यभामाधव, माधव, श्रीधर, राधिका द्वारा आराधना गरिनुहुने भगवान्, लक्ष्मी निवास भगवान, अति सुन्दर, देवकी पुत्र, नन्द पुत्र भगवानलाई हृदय देखिनै ध्यान गर्दछु ।।२।।

विष्णु, जिष्णु, शङ्ख–चक्र धारण गर्नुहुने, जो रुक्मिणीको प्रेमी हुनुहुन्छ, जानकी पति, व्रजवासीको प्राणाधार, परम पूज्य आत्मस्वरुप भगवान् कंश नाशक, मुरलीमनोहर म हजुरलाई नमस्कार गर्दछु ।।३।।

हे कृष्ण, हे गोविन्द, हे राम, हे नारायण, हे श्रीपति, हे वासुदेव, हे अजित, श्रीनिधी, हे अच्युत, हे अनन्त, हे माधव, हे अधोक्षज, हे द्वारकानायक, हे द्रौपदीरक्षक हजुर मलाई पनि कृपा वर्षाउँनुहोस् ।।४।।

जो राक्षस देखि रिसाउँनुहुन्छ, सीता सँग शोभित हुनुहुन्छ, दण्डकारण्य भूमिको पुण्यताको कारण हुनुभएका, लक्ष्मण ले पछ्याउनु भएका, वानर सेना द्वारा सेवित, अगत्स्य द्वारा पूजा गरिनुहुने रघु वंशी रामचन्द्र मलाई रक्षा गर्नुहोस् ।।५।।

धेनुकासुर, अरिष्टासुरहरूका लागी अनिष्ट गरिदिनुहुने, केशि, कंशहरूका विनाशक, शत्रुनाशक, वंशी बजाउँनुहुने, पूतना प्रति कोप गर्नुहुने, यमुना तट आदिमा खेल खेल्ने वाला हे बालगोपाल भगवान सँधै मेरो रक्षा गर्नुहोस् ।।६।।

विद्युत जस्तै चम्किएको जस्को पिताम्वर छ, वर्षा कालको मेघ जस्तो जस्को शरिर छ, जस्को वक्षस्थलमा वनमाला सुशोभित छ, जस्को चरण प्रात कालको अरुण झैँ छ, त्यस्ता कमलनयन भगवान लाई म भजन गर्दछु ।।७।।

जस्को मुखछेउमा झुण्डिरहने घुंग्रीएको कपाल ले सुशोभित अनुहार छ, जस्को शिरमा मणिले युक्त भएको मुकुट छ, गलामा(घाँटिमा) वा कानमा कुण्डल शोभित छ, उँज्याला हार कुन्डल, चुरा, आदि ले सुशोभित मात्र हैन त्यसका सुन्दर आवाज ले पनि आनन्द प्रदान गर्दछ, अति मनोहर रुप सुन्दरता, श्याम मुहार हुनुहुने भगवान लाई म भजन गर्दछु ।।८।।

जो व्यक्ति अति आनन्ददायी, अभिष्ट फलदिने, सुन्दर छन्दले युक्त भएको यो अच्युतस्याष्टक नित्य प्रेम र श्रद्धा पूर्वक पढ्दछ भने विश्वको सृष्टि–पालन कर्ता भगवान श्रीहरि सदा उ देखि प्रसन्न हुनुहुन्छ र उसको वशमा पर्नुहुन्छ ।।९।।

।। इति श्री शङ्कराचार्य द्वारा रचना गरिएको सुरज कौण्डिन्यद्वारा भावानुवाद प्रयत्न गरिएको श्री अच्युताष्टकम् सम्पूर्ण भयो ।।

Shankaracharya
रचनाकार स्वामी श्री आदि शंकराचार्य

Suraj Parajuli
भावानुवादक
सुरज कौण्डिन्य

नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहानुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ । धेरै धेरै धन्यवाद ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments

कारंडे सोमनाथ on Garud Puran Pdf
उपेन्द्र प्रसाद भट्टराई on जनैपूर्णिमाको रहस्य। About Janaipurnima
error: Content is protected !!