राशिफल
========
मेष राशि–
मेष राशिका मानिसहरूका लागि यो महिनाको राशिफल अनुसार रोग व्याधिबाट मुक्ति मिल्नेछ, शत्रुहरू माथि विजय प्राप्ति हुनेछ, शोकको नाश हुने समयको आगमन भएको देखिन्छ । कर्म क्षेत्रमा आफ्नो आधिपत्य जमाउन पाउने समय आउने छ, भने आफुले सोचेका र आटेका कार्यहरू सफलताको बाटोमा लाग्नेछन् । यो महिनामा बोलिमा केही सतर्कता अपनाउदा राम्रो हुन्छ भने भाग्य, दाम्पत्य जीवन, पारिवारिक सम्बन्ध लागयतका पक्षहरू सकारात्मक नै देखिन्छन् । शिक्षा क्षेत्रमा केही खस्कदो पक्ष बन्न सक्छ भने खानपानको कारण पाचन प्रकृयामा केही समस्या यो महिनामा आउन सक्छ ।
वृष राशि–
यो महिनामा वृष राशि भएका मानिसहरूका लागि दीनताको आगमन हुने छ, शारिरिक अस्वस्थता बढ्नेछ । शोक एवं रोेगको खबर सुन्नु पर्ने महिना रहेको देखिन्छ भने कार्य क्षेत्रमा धेरै बाधा अर्चनको सामना गर्र्नु पर्नेछ । दाम्पत्य जीवनमा कलहको वातावरण एवं बाबु छोराको बीचमा केही भना भनको वातावरण यो महिनामा हुन सक्ने भएकाले सतर्कता अपनाउनु होला । चन्द्रमाको प्रभावले गर्दा पेटको समस्या एवं कानुनी झमेलाले सताउन सक्छ सावधानी पूर्वक कार्यलाई अगाडी बढाउनु होला । दोष निवारणका लागि यो महिनामा विष्णु वा शिवको सेवा गर्दै कामको थालनी गर्दा राम्रो हुनेछ ।
मिथुन राशि–
मिथुन राशिका मानिसलाई यो महिनामा कार्य क्षेत्रमा बारम्बार बाधा अर्चनको सामना गर्नु पर्नेछ । पेटको समस्याले यो महिनामा सताउने सम्भावना बढी नै देखिन्छ । पारिवारिक उन्नति प्रगतिमा धेरै बाधाको समय रहेको देखिन्छ । मनमा डरको वातावरणले स्थान पाउने छ भने मनमा कुरा बढी खेल्नेछ । निर्णय गर्न धेरै असजिलो पर्ने समय रहेको देखिन्छ । महिनाको उत्तरार्धमा भने कार्य क्षेत्रमा सकारात्मक उन्नति प्रगति एवं सामाजिक धार्मिक कार्यमा उपस्थित भइने सम्भावना देखिएको छ । समग्रमा मिथुन राशिलाई पनि यो महिना त्यति राम्रो मानिदैन ।
कर्कट राशि–
कर्कट राशिका मानिसलाई यो महिनामा आँखाको समस्याले सताउन सक्ने सम्भावना रहेको देखिन्छ भने पारिवारिक सुख एवं पराक्रम वृद्धि हुने समय रहेको छ । शिक्षा क्षेत्रमा टेक्निकल विषयको शिक्षामा उन्नति प्रगति भएता भनि पाठ्यक्रम सँग त्यति उन्नति नहुन पनि सक्छ । वैदेशिक क्षेत्रका यात्रामा सफलता नै मिल्ने देखिन्छ, घर जग्गामा लगानी गर्ने अवसर एवं मनको चाहाना बढ्ने देखिन्छ । समग्रमा भन्नु पर्दा दाम्पत्य एवं स्त्रीसुखका साथै श्रीप्राप्तिको महिना रहेको देखिन्छ । पराक्रम वृद्धिको महिना पनि रहेको देखिन्छ ।
सिंह राशि–
सिंह राशिका मानिसहरूका लागि यो महिनामा आय आर्जनको पक्ष राम्रो हुनेछ । मनमा एक प्रकारको डरले स्थान पाउने समय रहेका देखिन्छ भने धनको नाश एवं पेटको समस्याले पनि नसताउला भन्न सकिन्न । आँखाको इन्फेक्सन एवं कार्य क्षेत्रमा अन्तिममा गएर अचानक बाधा अर्चनको समय आउन सक्छ सतर्कता अपनाउनु होला । यो महिनामा केही कामहरू गर्दा डराई डराई गर्नु पर्ने वातावरण बन्नेछ । बोलिको प्रभाव बढ्नेछ भने आय आर्जन राम्रै हुने महिना रहेको देखिन्छ ।
कन्या राशि–
कन्या राशिका मानिसहरूका लागि यो महिनामा टाउको दुख्ने समस्याले सताउन सक्छ, प्रेशर बढ्नुका साथै कार्य क्षेत्रमा आलस्यताले बढी नै सताउन सक्ने सम्भावना यो महिनामा देखा पर्छ । खानपानमा ध्यान बिचार गर्नु होला । कार्यक्षेत्रमा उन्नतिको सम्भावना यो महिनामा देखिन्छ । पार्टनर सिपको व्यवशायमा केही क्षति एवं सवारी साधनमा सतर्कता अपनाउनु होला । स्वास्थ्य लाभको लागि भगवती देवीको दर्शन गरेर कामको थालनी गर्नुहोला ।
तुला राशि–
तुला राशिका मानिसहरूलाई यो महिनामा खर्चको वृद्धि हुनेछ । राम्रो कुरामा भए पनि खर्चको वृद्धि हुने समय देखिन्छ । भाग्य बलियो देखिन्छ । माताको स्वास्थ्यमा समस्या वृद्धिले मनमा चिन्ता लाग्नेछ । सानो दुर्घटनाको सम्भावना यो महिनामा देखिएकाले सतर्कता अपनाउनु होला । विश्वास गरेकाहरूले विश्वास घात गर्नाले मनमा दुख लाग्ने छ । समग्रमा भन्नु पर्दा भाग्य बलियो एवं आय आर्जन राम्रो हुने समय रहेको देखिएको छ ।
वृश्चिक राशि–
वृश्चिक राशिका मानिसहरूका लागि यो महिनाको राशिफल अनुसार वस्त्र अलङ्कारको प्राप्ति हुनेछ, स्त्री सुख हुनुका साथै धन ऐश्वर्यको प्राप्ति, विभिन्न सुख सुविधाको प्राप्ति यो महिनामा हुन सक्ने सम्भावना पनि रहेको देखिन्छ । आफूले सोचेको कुरा पुरा हुने समय छ, रोग व्याधिको नाश एवं स्थान प्राप्तिको समय पनि यो महिनामा देखिन्छ । समग्रमा भन्नु पर्दा वृश्चिक राशिका मानिसहरूका लागि लाभ एवं श्रीप्राप्तिको समय यो महिनामा रहेको छ ।
धनु राशि–
धनु राशिका मानिसहरूका लागि यो महिनामा कर्म क्षेत्रमा उन्नति प्रगतिको समय रहेकाले कार्य क्षेत्रमा विशेष रुपले लाग्नुहोला । यो महिनामा थालनी गरेका कामहरूबाट तपाई लाई विशेष प्रकारको लाभ हुनेछ भने काममा विशेष धन धान्यको लाभ पनि यो महिनामा हुनेछ । आय आर्जनको तुलनामा खर्च पनि उत्तिकै रहेको छ, बोलिको प्रभाव बढ्नेछ, दाँतको समस्याले यो महिनामा सताउन सक्छ । कर्मोन्ततिको महिना रहेकाले साथै भाग्य बलियो भएकाले विशेष कामको थालनी यो महिनाको सुरुवातमै गर्नुहोला ।
मकर राशि–
मकर राशिका मानिहरूका लागि शरीरको कान्ति क्षय हुने महिना रहेको छ, कृषि क्षेत्रका मानिसहरूका लागि यो महिना विशेष प्रकारको लाभदायी पनि बन्न सक्छ भने ठूलै परिश्रम गरेर मात्र धन ऐश्वर्यको भोग प्राप्त गर्ने महिना रहेको देखिन्छ । कर्मोन्नतिको महिना रहेको छ । आफ्नो शिक्षाको कदर हुन थाल्नेछ भने बोलिको प्रभाव बढ्नेछ ।
कुम्भ राशि–
शारीरिक पीडा कुम्भराशिका मानिसहरूलाई यो महिनामा बढि नै बन्न सक्छ भने रगत सँग सम्बन्धित समस्याले पनि सताउन सक्ने भएकाले ख्याल गर्नु होला । कार्यक्षेत्रमा सोचे जस्तो सफलता यो महिनामा हुने देखिदैन भने पारिवारिक झमेलाले पनि सताउन सक्छ । रोग व्याधिको त्यसमा पनि रगत सम्बन्धि समस्याको समाधानका लागि राम्रो चिकित्सकको सल्लाह एवं शिवजी र गणेशको आराधना प्रभावकारी बन्नेछ ।
मीन राशि–
व्यापारी मानिसहरूका लागि यो महिनाको राशिफलले विशेष कुराको सङ्केत गरेको देखिन्छ । व्यवशायमा उन्नति प्रगतिको योग यो महिनामा बनेको देखिन्छ भने पराक्रमले गर्दा कार्य क्षेत्रमा उन्नति प्रगतिको योग पनि यो महिनामा बन्नेछन् । प्रेम गर्ने मानिसका लागि केही खटपटको वातावरण बन्न सक्छ भने कम्पनी एन जी ओ आइ एन जी ओ सँग सम्बन्धित काम गर्ने मानिसका लागि अवसरको वातावरण बन्ने छ । वैदेशिक क्षेत्रसँग सम्बन्धित भएर काम गर्नेहरुका लागि पनि विशेष समयको आगमन यो महिनामा हुने छ ।
नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहनुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ । धेरै धेरै धन्यवाद ।