London Escorts sunderland escorts 1v1.lol unblocked yohoho 76 https://www.symbaloo.com/mix/yohoho?lang=EN yohoho https://www.symbaloo.com/mix/agariounblockedpvp https://yohoho-io.app/ https://www.symbaloo.com/mix/agariounblockedschool1?lang=EN
10.1 C
Kathmandu
Friday, December 6, 2024
tagDiv Newspaper Theme
HomeKnowledgeआफुले चाहेको वरदान पाउँन गर्नुहोस यी भगवानको आराधना

आफुले चाहेको वरदान पाउँन गर्नुहोस यी भगवानको आराधना

हाम्रो वैदिक सनातन धर्ममा धेरै भगवानहरूका बारेमा बताईएको छ । हामीहरू अलमल्लमा परेका छौ कि कुन भगवानको आराधना अथवा ध्यान गर्नाले आफुले चाहेको वर प्राप्त हुन्छ भनेर । हामिहरूले अनेकौ भगवानको पूजा गर्छौ तर पूजा गरेको अनुसार फल प्राप्त भैरहेको छैन। आफुले चाहेको फल प्राप्ती गर्नको लागि शास्त्रमा यो यो भगवानको आराधना तथा पूजा गर्नु भनेर बताईएको छ । आउनुहोस कुन कुन भगवानलाई पूजा (आरधना)गर्नाले हाम्रो कामनाहरू पुर्ण हुन्छ जानौ :-
“ब्रह्मवर्चसकामस्तु यजेत ब्रह्मणस्पतिम् “
जसलाई ब्रह्मतेजको इच्छा छ उसले बृहस्पतिभगवानको उपासना गर्नु पर्दछ । इन्द्रियहरूको शक्ति बढाउन इन्द्रको आरधना गर्नु पर्दछ । लक्ष्मीको प्राप्तिको लागि मायादेवीको आरधना गर्नु पर्दछ । तेज प्राप्तिको लागि अग्नि देवको आरधना गर्नु पर्दछ। धनको प्राप्तिको कामना भएको मानिसले अष्टवसुको आरधना गर्नु पर्दछ । कृषि( खेती बाली ) गर्ने ब्याक्तिले धेरै अन्न प्राप्ती गर्नको लागि अदितिको आरधना गर्नु पर्दछ ।स्वर्ग पाउने इच्छा भएको मानिसले अदितिको पुत्रहरूको आरधना गर्नु पर्दछ। राज्यको भोग चाहने ब्यक्तिले विश्ववेदको आरधना गर्नु पर्दछ । आयु वृद्धिको कामना भएको व्यक्तिले अश्विनिकुमारको आरधना गर्नु पर्दछ।
“रूपाभिकामो गन्धर्वान स्त्रीकामोSप्सरौर्वशीम्”
सौन्दर्य र सुन्दरताको कामना भएको व्यक्तिले गन्धर्वको आरधना गर्नु पर्दछ ।राम्री र सुशील कन्या (पत्नी ) प्राप्तीको लागि उर्वशी आदि अप्सराहरूको आरधना गर्नु पर्दछ । यश र कृति प्राप्तिको लागि यज्ञपुरुष भगवानको आरधना गर्नु पर्दछ । लुकाएको(गोप्य) धन प्राप्तिको लागि वरुण भगवानको आरधना गर्नु पर्दछ ।
“विद्याकामस्तु गिरिशं दाम्पत्यार्थ उमां सतीम् “
बिद्या प्राप्तिको लागि भगवान शंकरको आरधना गर्नु पर्दछ । पति पत्निमा परस्पर रुपमा अघाढ प्रेम बढाउनको माता पार्वतीको आरधना गर्नु पर्दछ । सन्तान प्राप्तिको लागि प्रजापतिहरूको आरधना गर्नु पर्दछ । वंशपरम्पराको रक्षाको लागि पितृहरूको आरधना गर्नु पर्दछ। निष्कामता प्राप्तिको लागि परम पुरुष नारायणको आरधना गर्नु पर्दछ जसले निष्काम भावले भगवानको आरधना (अहैतुकी भक्ती) गर्दछ उसले मोक्ष प्राप्ति गर्दछ ।

यस्ता प्रकारबाट जसले भगवानको आधना गर्दछ उसले आफुले चाहेको वा इच्छाएको वर (फल) प्राप्ती गर्दछ यसमा कुनै संदेह छैन । प्रत्येक दिन जुन ब्यक्तिले आफ्नो कुलदेवता, इष्टदेव र पितृहरुको आरधना गर्दछ उसको हरेक कठिन भन्दा पनि कठिन कार्यहरू सफल हुने गर्दछ ।
त्यसैले सेवा नै पूजा हो पूजा नै धर्म हो ।

 

Kamal Poudel.
लेखकः–
कमल पौडेल
बे.ग.न. ४ नुवाकोट

 

 

नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहानुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ । धेरै धेरै धन्यवाद ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments

कारंडे सोमनाथ on Garud Puran Pdf
उपेन्द्र प्रसाद भट्टराई on जनैपूर्णिमाको रहस्य। About Janaipurnima
error: Content is protected !!