6.1 C
Kathmandu
Tuesday, January 14, 2025
tagDiv Newspaper Theme
HomeKnowledgeकस्तो वाणी बोल्दा सफल भईन्छ ?

कस्तो वाणी बोल्दा सफल भईन्छ ?

यस्तो वाणी बोलौँ ।
वाणी कुनैपनि व्यक्ति र उसको संस्कारको परिचायक हुन्छ । संयमित वाणीका लागि उपयुक्त शब्दहरूको चयन आवश्यक छ, जो सबैलाई प्रिय होस् ।
हाम्रा ऋषिहरूले जन जनको लोक व्यवहारमा उत्कृष्टता ल्याउँनका लागि संवाद शैलीमा गरिमा र मधुरता अपरिहार्य वताउँनु भएको छ । ‘वाचा वदामि मधुमद्’ । सत्य वोल्ने सम्बन्धमा लेखिएको छ – ‘सत्यं व्रुयात् प्रियं व्रुयात् मा व्रुयात् सत्यमप्रियम्’ अर्थात सत्य वोल, प्रिय वोल, अप्रिय लाग्ने सत्य नवोल ।
वाणीका चार गुण हुन्छन् –‘सारम्, सुष्ठुम्, मितम्, मधु’ अर्थात वाणी सारपूर्ण, सुन्दर, संक्षिप्त र मधुर हुनुपर्दछ । यसको विपरीत आज्ञा(Order) दिने स्वरमा बोल्नु, ठुलो स्वरमा बोल्नु, अश्लील शब्द बोल्नु र कटु बोल्नु यी चार वाणीका दोष मानिन्छन् । हामीले वाणीको सद्गुणको विकास गर्दै दुर्गुणलाई लखेट्नु पर्दछ । मेरो जिव्रोको अगाडी र पछाडीका दुवै भागहरू मधुमय हुन् अर्थात म कसैको सामुपनि मीठो वोलौँ र उसको पछाडी पनि मीठो नै वोलौँ ।
अव अलिकत कटु बाणीको प्रभाव हेर्नुहोस् द्रौपदिद्वारा दूर्योधनलाई भनेको कटु वचन महाभारतको कारण थियो परिणाम हामी सवैलाई थाहा छ ।
वाणी समयअनुसारको र हितकारीपनि हुनुपर्छ ‘काले हितं मितं व्रुयात्’ बाणीमा प्रवीणता के हो ? ‘मितं च सारं च वचो हि वाग्मिता’ सारपूर्ण तथा संक्षिप्त वाणी नै प्रवीणता हो । भनिएको पनि छ ‘वाणी रसवती यस्य सफलं तस्य जीवनम्’ जसको वाणीमा रस छ, उसैको जीवन सफल छ । संयमहरूमा बाणीको संयम अति महत्वपूर्ण छ । गोलीको घाऊ भरिन्छ तर बोलीको भरिदैन ।
अनुद्वेगकरं वाक्यं सत्यं प्रियहितं च यत् ।
स्वाध्यायाभ्यसनं चैव वाङ्मयं तप उच्यते ।। गीता।१७।१५
उद्वेग पैदा नगर्ने, प्रिय, हितकारक र सत्यभाषण तथा शास्त्र चिन्तनको अभ्यास वाणी सम्बन्धी तप मानिन्छ ।
एक पटक दाँतले जिब्रोलाई भनेछन् हामीले तिमिलाई टोक्यौँ भने तिमि के गर्छौ ? जिब्रोले हाँसेर उत्तर दियो मैले एउटा पनि गलत शब्द वोलेँ भने निमिहरू सबै तोडिएर भुईँमा झर्छौ ।
अतः मनुष्यमात्रले मृदुभाषी हुनुपर्छ ।

स्वानन्द कृष्ण
स्वानन्द कृष्ण
देवघाटधाम, नेपाल

नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहानुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ ।

RELATED ARTICLES

2 COMMENTS

    • धेरै धेरै धन्यवाद हजुरलाई यस्ता लेख उपलब्ध गराईदिनुभएकोमा । आगामी दिनमा पनि हजुरको यस्तै साथ सहयोगको कामना गर्दछौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments

कारंडे सोमनाथ on Garud Puran Pdf
उपेन्द्र प्रसाद भट्टराई on जनैपूर्णिमाको रहस्य। About Janaipurnima
error: Content is protected !!