20.1 C
Kathmandu
Thursday, October 3, 2024
tagDiv Newspaper Theme
HomePoemकुन ठूला ? अदिप अधिकारीको कविता । Poem Adip Adhikari

कुन ठूला ? अदिप अधिकारीको कविता । Poem Adip Adhikari

कुन ठूला ?
========

सुन्नेले पनि सुन्छ हो असजिलो सुन्ने ध्यानै हो ठूलो
भाषा जात र भेष छैन सम कुन् मान्ने फेरी को ठूलो ?
देख्नेले पनि भन्छ भन्न त सजिलै देख्ने आँखा हुन् ठूला
आँखा छन् मनमा मनै मनतिरै हुन्छन् होला कुन ठूला ?
जीवन नै सब क्लेशमा नयनमा छैनन् केही उल्लासा
भोकैमा अब चोकमा भजनमा बाँकी के हुन्थ्यो आशा
दिक्दारी यतिसम्म हुन्छ नभमा औँसीका ती जून ठूला
हेपेरै पनि चल्छ चल्छ दुनियाँ बुझ्ने को हो कुन ठूला ?
सम्झेँ थेँ अब यो भयो कुशल नै सम्झे जस्तो हुन्थ्यो के
फुर्ती मानवको पुरै शहरमा संवृद्दीले छुन्थ्यो के
यस्तो के हुन जो गयो सदनमा जो आयो त्यै घुन ठूला
मार्नै तत्पर दाजुभाइ समिप सोच्नै थाले कुन ठुला ?
लुक्यो त्यो किन हो यही मुलुकमा सोच्नै पर्ने आजै हो
द्वन्द्वमा यात होस् कुनै जुलुसमा नेता जस्तो हुन्थ्यो त्यो
भेषैनै छ पुरै पुरै छ सुकिलो हेर्दा लाग्छ गुन ठुला
बोल्दामा त अझै लाग्छ बिदुरनै बुझ्नै गाह्रो कुन ठुला ?

अदिप अधिकारी
रचनाकार
अदिप अधिकारी
रिट्ठे सापिङ्ग काभ्रेपलाञ्चोक

नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहानुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ । धेरै धेरै धन्यवाद ।
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments

कारंडे सोमनाथ on Garud Puran Pdf
उपेन्द्र प्रसाद भट्टराई on जनैपूर्णिमाको रहस्य। About Janaipurnima
error: Content is protected !!