गजल
चोटहरूको कारखाना छ, यादहरूको सङ्ग्राहालय छ
अरे कहाँ संचय गरौँ? रोगी मस्तिष्क छ, घाइते हृदय छ
तिमीले कुहाएर फालेको बीज हुँ, कमल बनेर फुलेकी छु
अझै तिमीमा म प्रति शंङ्का छ ? कि तिम्रो बीज हुनुको भय छ ?
आफ्नै आमाका सन्तानहरूले कलमलाई बन्दुक सम्झिए
नतिजा आमाकै इमानक होली खेलिँदै छ मैदान रङ्गमय छ
कानुन पढेपछि न्यायको खोजिमा चिहानबाट उठेर आएकी हुँ
नभन्नुहोस् हत्याराको हातमा कानुन छ तिम्रो भाग्यमा
पराजय छ ।
नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहानुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ । धेरै धेरै धन्यवाद ।
सुन्दर रचना
धन्यवाद
आहा !
धेरै धन्यवाद
आहा मीठो गजल
धन्यवाद ।