गजल
कमि भो त्यो प्रेम डराई डराई भो ,
डराएर गर्ने के माया गराई भो ।।
हिजो भन्थ्यो उसले ऊ मेरो प्राण हो ,
प्राण भन्ने मान्छे आज लौ पराई भो ।
भएनछ पक्का जोडेको त्यो मुटु ,
टुक्रिएर कठै! पहाड भो तराई भो।
हाँस्दै बित्नु पर्ने यो छोटो जीवन त,
बिताउनु पर्ने कराई, कराई भो ।
कमाएनि पैसा सयौं धोक्रा भर्ने,
नभरीने मन त्यो कसोरी भराई भो ।।
नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहानुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ । धेरै धेरै धन्यवाद ।