London Escorts sunderland escorts 1v1.lol unblocked yohoho 76 https://www.symbaloo.com/mix/yohoho?lang=EN yohoho https://www.symbaloo.com/mix/agariounblockedpvp https://yohoho-io.app/ https://www.symbaloo.com/mix/agariounblockedschool1?lang=EN
10.1 C
Kathmandu
Friday, December 6, 2024
tagDiv Newspaper Theme
HomeStotraratna malaगणेशपञ्चरत्न स्तोत्रम् । Ganesha Pancharatnam

गणेशपञ्चरत्न स्तोत्रम् । Ganesha Pancharatnam

गणेश पञ्चरत्न स्तोत्र

मुदा करात्तमोदकं सदा विमुक्तिसाधकं
कलाधरावतंसकं विलासिलोकरञ्जकम् ।
अनायकैकनायकं विनाशितेभदैत्यकं
नताशुभाशुनाशकं नमामि तं विनायकम् ॥ १ ॥

नतेतरातिभीकरं नवोदितार्कभास्वरं
नमत्सुरारिनिर्जरं नताधिकापदुद्धरम्
सुरेश्वरं निधीश्वरं गजेश्वरं गणेश्वरं
महेश्वरं तमाश्रये परात्परं निरन्तरम्॥ २ ॥

समस्तलोकशंकरं निरस्तदैत्यकुञ्जरं
दरेतरोदरं वरं वरेभवक्त्रमक्षरम् ।
कृपाकरं क्षमाकरं मुदाकरं यशस्करं
नमस्करं नमस्कृतां नमस्करोमि भास्वरम् ॥ ३ ॥

अकिञ्चनार्तिमार्जनं चिरन्तनोक्तिभाजनं
पुरारिपूर्वनन्दनं सुरारिगर्वचर्वणम् ।
प्रपञ्चनाशभीषणं धनञ्जयादिभूषणं
कपोलदानवारणं भजे पुराणवारणम् ॥ ४ ॥

नितान्तकान्तदन्तकान्तिमन्तकान्तकात्मज–
मचिन्त्यरूपमन्तहीनमन्तरायकृन्तनम् ।
हृदन्तरे निरन्तरं वसन्तमेव योगिनानां
तमेकदन्तमेव तं विचिन्तयामि संततम् ॥ ५ ॥

महागणेशपञ्चरत्नमादरेण यो‌ऽन्वहं
प्रगायति प्रभातके हृदि स्मरन् गणेश्वरम् ।
अरोगतामदोषतां सुसाहितीं सुपुत्रतां
समाहितायुरष्टभूतिमभ्युपैति सोऽचिरात् ॥६।।

इति श्री शंकराचार्य विरचितं श्री महागणेशपञ्चरत्नं संपूर्णम् ॥

गणेश पञ्चरत्न स्तोत्रको नेपाली भावार्थः–
म मुक्तिदाता भगवान श्री गणेशलाई मेरो हातले विनम्रतापूर्वक लड्डु चढ़ाउँछु। जसको शिरमा रहेको चन्द्रमा मुकुट झैँ चम्किरहेको छ । भगवान श्रीगणेश सम्पूर्ण गणहरू का राजा हुनुहुन्छ जसले गजसुर नामको राक्षस हात्ती लाई मार्नुभयो र सबै व्यक्तिको पापहरू नष्ट गरिदिनुहुने हे भगवन् हामी सबै त्यस्ता हजुरको पूजा गर्दछौँ । नमन गर्दछौँ । १

जो सधैँ प्रभातको सूर्य जस्तो चम्किरहनुहुन्छ, जसलाई सबै राक्षस र देवताहरूले पनि सम्मान गर्छन्, जो देवताहरूमध्ये सर्वश्रेष्ठ हुनुहुन्छ । म सँधै उनै भगवान गणेशको ध्यान गर्दछु ।।२।

जो संसारको सबै खुशीको दाता हुनुहुन्छ, जसले राक्षस गजसुरलाई मार्नुभएको थियो, जसको ठूलो पेट छ, हात्तीको जस्तो सुन्दर अनुहार, अविनाशी, जसले क्षमा दिन पनि सक्नुहुन्छ र क्षमा पनि दिनुहुन्छ, खुशी र प्रसिद्धि पनि दिनुहुन्छ, बुद्धि प्रदायक हे भगवान् म सूर्य झैँ चम्किरहने हजुर (गणपति) लाई प्रणाम गर्दछु ।३।

ॐ को बासस्थान भगवान, जो भोले वावा शिवको जेठो छोरा हुनुहुन्छ, जो परमपिता परमात्माको शत्रुहरूको विनाश गर्नुहुनुहुन्छ, जो विनाश जत्तिकै भयंकर पनि हुनुहुन्छ, धनंजय, सर्प आदि जसको गहना छ । म त्यस्ता हात्ती जस्तो भगवानको पूजा गर्दछु जसले गरिबहरूको दुःख पीडा हटाउँनुहुन्छ ।४।

जसको सुन्दर अनि चम्किरहेको दाँत छ, जसको स्वरूप अमर र अविनाशी छ, जसले सबै अवरोधहरूलाई हटाईदिनुहुन्छ, र जो सदा योगीहरूको हृदयमा बास गर्नुहुन्छ । म सँधै त्यस्ता एकदन्त प्रभु श्री गणेशलाई चिन्तन गर्दछु ।५।

जो व्यक्ति बिहान बिहान यो स्तोत्र पढ्दछ, जसले भगवान गणेशको पंचरत्न स्तोत्रलाई उसको शुद्ध हृदयमा सम्झन्छ, भने तत्कालै उसको शरीर रोग आदिबाट मुक्त हुन्छ र उसको जीवन स्वस्थ हुन्छ, उसले शिक्षाको शिखर प्राप्त गर्दछ, दीर्घायु शान्ति र खुशीको साथ, उ आध्यात्मिक र भौतिक समृद्धिको साथ सम्पन्न हुनेछन् ।६।

इति श्री शंकराचार्य द्वारा विरचित गरिएको सुरज कौण्डिन्यद्वारा भावानुवादको प्रयास् गरिएको गणेश पञ्चरत्न स्तोत्र समाप्त भयो ।

Shankaracharya
गणेश पञ्चरत्नस्तोत्र रचनाकार स्वामी श्री आदि शंकराचार्य

Suraj Parajuli
गणेश पञ्चरत्नस्तोत्र को भावानुवादक
सुरज कौण्डिन्य

नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहानुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ ।
यस्तै यस्तै सामाग्रीहरूका लागी हामीहरू सँग जोडिरहनुहोस् । धेरै धेरै धन्यवाद ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments

कारंडे सोमनाथ on Garud Puran Pdf
उपेन्द्र प्रसाद भट्टराई on जनैपूर्णिमाको रहस्य। About Janaipurnima
error: Content is protected !!