6.1 C
Kathmandu
Tuesday, January 14, 2025
tagDiv Newspaper Theme
HomeKnowledgeगाईको बारेमा यस्तो छ जानकारी । About Cow In Nepali.

गाईको बारेमा यस्तो छ जानकारी । About Cow In Nepali.

गाईको महत्व ।

सर्व प्रथम गौमाताको उत्त्पति भगवानको तेजबाट भएको हो ।
गौमातालाई सम्पूर्ण देवताहरूको स्वरूप मानिन्छ । त्यसैले गौमातालाई सर्वपूज्य मानिन्छ ।
देवता, मानव, असुर आदिले यत्न पूर्वक गौमाताको पूजा गर्नुपर्दछ । गौमाता सबै कार्यमा उदारता तथा समस्त गुणको खानीहुनुहुन्छ । गाईको सबै वस्तुहरू पवित्र मानिन्छ । जन्म देखि लिएर मृत्यु पर्यन्त गाईको आवश्यकता पर्दछ । यिनै पूजनीय पवित्र गौमाताको सृष्टि सम्पूर्ण प्राणीहरूको पोषणका लागी ब्रह्माजीले प्राचीन कालमा गर्नुभएको थियो ।
संस्कृत भाषामा ‘गौ’ भनिन्छ भने हाम्रो मातृभाषा नेपालीमा ‘गाई’ भन्ने शब्द उच्चारण गरिन्छ । गौमाता लाई अन्य पशुहरूको भन्दा उच्च स्थान दिईएको छ । यति मात्र नभएर गाईलाई माताको रूपमा पूजिएको छ । माता सम्बोधन गरिएको छ । त्यसैले गौमाता सम्पूर्ण प्राणीहरूको माता हुन् । हामी मातालाई देवीस्वरुपा मान्दछौँ । कुनै दुःख अनि कष्टको समयमा सर्वप्रथम व्यवहारिक रूपमा पनि हामी आमा अथवा माता भनेर पुकारा गर्दछौँ । किन भन्दा सन्तानको दुःख माताले कहिलै पनि देख्न सक्नुहुन्न । हो यसकारण पनि गौ हामी सबैको माता हुन् ।

Cow Image.

गौको सेवाले, पूजाले, वन्दनाले र स्पर्शले हामीमा भएको दुःख, कष्ट उद्वेग शान्त हुन्छन् । हाम्रो शरीरमा यदि नकारात्मक उर्जाहरू छन् भने गौ माताको स्पर्शले दूर हुन्छन् । गौमुत्र आदिले क्यान्सर लगायत धेरै रोगहरू ठिक हुने कुरा विद्वानहरूले बताउनु भएको छ । योग शास्त्रमा गरिएको पाईन्छ । गौमाता बाट आउने सकारात्मक उर्जाले नकारात्मक किरणलाई निश्तेज गराउँछ । गाईको सेवा ले जन्म जन्ममा गरेको पापलाई पनि नाश गर्दछ । यति मात्र हैन गौमाताको एककिसिमको उर्जाले समस्त संसारलाई नै पवित्र बनाउँदछ ।
गाईबाट विशेष पाँच किसिमको वस्तु प्राप्त हुन्छ जस्तै – गोमुत्र, गोवर, दूध, दहि र ध्यू आदि । हाम्रो सनातन परम्परामा यी पाँच वस्तुलाई मिलाएर पञ्चगव्यको निर्माण गरिन्छ । पञ्चगव्यको ठुलो महत्व रहेको छ । धार्मिक शास्त्र अनुसार बताईएको छ कि पञ्चगव्यको सेवनले शरीर भित्रको पापलाई नाश गर्दछ । यी तत्वहरूको सेवनले शरीरमा सात्विक उर्जा प्राप्त हुन्छ । सम्पूर्ण पदार्थमा गाईको ती पदार्थ श्रेष्ठ छ । गाईको पदार्थलाई अमृतको संज्ञा पनि दिईएको छ । सत् रूपमा गाईको सबै वस्तु अमृत नै हो । जसरी देवताहरूमा गुरु, श्री नारायण वन्दनीय, सर्वपूज्य हुनुहुन्छ । त्यसै गरी गौमाता पनि वन्दनीय पूजनीय छिन् । गौमाता को अङ्ग–अङ्गमा विभिन्न देवताहरूको निवास छ । जस्तैः– गौमाताको मुखमा वेद आदि शास्त्र, सिङ्गको अगाडिको भागमा इन्द्र, पेटमा कार्तिकेय रहनुहुन्छ । सिङ्गमा भगवान् श्री शंकर र श्री विष्णु निवास गर्नुहुन्छ ।

Cow God Image

मस्तकमा ब्रह्मा ललाटमा महादेव, दुबैकानमा अश्विनीकुुमार, दुबै नेत्रमा चन्द्र र सूर्य, दाँतमा गरुडजी, जिब्रोमा सरस्वती, गुदास्थानमा सम्पूर्ण तीर्थ, मूत्रस्थानमा गंगाजी, रोमकुपमा ऋषि, मुख अनि पृष्ठभागमा यमराज, दाहिने भागमा वरुण र कुवेर, वायाँ भागमा तेजस्वी र यक्ष, मुखको भित्री भागमा गन्धर्व, नाकको अग्रभागमा सूर्य खुरको पछाडिको भागमा अप्सराहरू, गोबरमा लक्ष्मी, मूत्रमा पार्वती, चरणको अग्रभागमा आकाशचरि देवता, थुनमा समुद्र आदि प्रत्येक अङ्ग–अङ्गमा देवी देवताको वास रहेको छ । त्यसैले गौमाता सर्वदेवमयी हुनुहुन्छ । प्रतिदिन स्नान गरेर गौमाताको स्पर्श गर्ने व्यक्ति समस्त पापबाट मुक्त हुन्छ ।
गौमाताको खुरबाट उडेको धुलो जसले शिरमा धारण गर्दछ भने सम्पूर्ण तीर्थमा स्नान गरे समान हुन्छ । अति उत्तम पात्र बन्दछ । यस्ता किसिमका गौमाताको धेरै भन्दा धेरै महत्व रहेको छ । अतः गौमाता सबैको माता अनि बन्दनीय पूजनीय हुनुहुन्छ । गौमातामा मेरो साष्टाङ्ग दण्डवत प्रणाम् । ॐ अस्तु ।

लेखकः–
सर्वेश्वर सुवेदी
धार्मिक व्यक्तित्व

 

नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहानुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ । धेरै धेरै धन्यवाद ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments

कारंडे सोमनाथ on Garud Puran Pdf
उपेन्द्र प्रसाद भट्टराई on जनैपूर्णिमाको रहस्य। About Janaipurnima
error: Content is protected !!