२०७८ साल आषाढ महिनाको राशिफल
मेष राशि
आफ्नै मिहेनतका कारण पराक्रम वृद्धि हुनेछ । धन धान्य एवं प्रतिष्ठा प्राप्तिको योग पनि तपाईलाई बनेको देखिन्छ । खान पानमा भने सावधानी अपनाउनु होला पेटको समस्याले सताउन पनि सक्नेछ । धनस्थान त्यति राम्रो नभएकाले धनको क्षति भने न सोचेको हुन सक्छ ख्याल गर्नुहोला । भाग्यले गर्दा बगेको सम्पत्ति हात पर्नाले मन प्रशन्न रहनेछ । पारिवारिक वातावरण राम्रो देखिनुका साथै शिक्षा एवं कार्य क्षेत्रमा त्यति कठिनाइ यो महिनामा आउने छैनन् । यो महिनामा उन्नति प्रगतिको प्राप्तिका लागि सूर्य देवको आराधना साथै ॐ घृणी सूर्याया नमः यो मन्त्रको जप गर्नु राम्रो मानिएको छ ।
वृष राशि
वृष राशिका मानिसहरूलाई यो महिनामा मनमा डर एवं दोधारको वातावरणले स्थान पाउने छ । अप्रत्यासित रुपमा धनको आगमन एवं सामाजिक क्षेत्रमा केही नाम एवं दामको वातावरण बन्नेछ । नयाँ नयाँ र माथिल्ला स्तरका बिचारधारा मनमा आउनेछन्, स्वास्थ्यको दृष्टिकोणले हेर्दा केही छालाको समस्या देखिन पनि सक्छ, तर त्यति धेरै डराउनु भने पर्दैन । दाम्पत्य जीवनमा केही खटपटको वातावरण पनि नबन्लाभन्न सकिन्न । कार्यक्षेत्र सामान्य नै रहनेछन् भने समग्रतामा तपाईलाई यो महिना सामान्य नै देखिन्छ ।
मिथुन राशि
भौतिक सुखमा मन जानेछ, भोग विलासले गर्दा मन खुशी भएता पनि आफ्नो स्थानको रक्षा गर्न धौ धौ पर्न सक्छ । आफ्नो बोलिको कारण आपैmले पछुताउनु पर्न सक्छ, त्यसकारण बोल्दा ख्याल गर्नुहोला भने आय आम्दानीका पक्षहरू राम्रा नै देखिन्छन्, खर्च भने यो महिनामा बढिनै हुनेछ । आँखाको सामान्य समस्या पनि देखिन सक्छ सतर्क रहनुहोला । कार्य क्षेत्रमा केही सुस्त पन आउनाले मनमा दुखेसो पनि लाग्न सक्छ । यो महिनामा तपाईले दुर्गाको मन्त्र (ॐ ऐं ह्रीं क्लीं चामुण्डायै वीच्चे) जप एवं ॐ श्रीं श्रियै नमः यो मन्त्रको जप गर्दा सबै पक्षहरू राम्रा हुनेछन् ।
कर्कट राशि
साथिभाइको सङ्गलते गर्दा केही गलत निर्णय पनि यो महिनामा हुन सक्छन् । आम्दानीमा केही कमी एवं खर्चमा वृद्धि देखिनाले मनमा चिन्ता पैदा हुन सक्छ । नयाँ नयाँ सोच बिचारको आगमन पनि हुनेछ तर समयमा निर्णय गर्न भने सकिने छैन । वैदिशिक क्षेत्रमा काम गर्ने मानिसहरूका लागि भने खुशीको खबर पनि आउन सक्छ । सन्तानको चिन्ता एवं पढ्ने मानिसहरूका लागि भने ओभर कन्फिडेन्सले सताउने समय आउने छ । मनमा एकोहोरो पनाको वृद्धि हुनुका साथै घमण्डी पन पनि बढ्न सक्छन् । कार्यक्षेत्र एवं शिक्षा क्षेत्रमा बाधा व्यवधान आउने छन् । यी दोष निवारणार्थ तपाईले गणेश भगवान्को मन्त्र ॐ गं गणपतये नमः जप एवं माता बगलामुखीको मन्त्र (ॐह्रीं बगलामुखि सर्वदुष्टानां वाचं मुखं पदं स्तम्भय जिह्वां कीलय बुद्धिं नाशय ह्रीं ॐ स्वाहा) जप गर्नु भयो भने राम्रो हुनेछ ।
सिंह राशि
गरेको कामको प्रशंसा हुन थाल्नेछ । आय आर्जन वृद्धिहुनाले मन प्रशन्न रहला । कार्यक्षेत्रमा मन एवं लगनशीलता बढ्ने समय देखिन्छ । आम्दानी भएता पनि धन सम्पत्ति जोगाउन एकदम मुस्किल पर्नेछ । शारीरिक पीडा एवं मानसिक झमेला भने आइ पर्ने महिना रहेको देखिन्छ । धार्मिक कार्यमा मन जानेछ । शत्रु जित्ने योग एवं व्यापार व्यवसाय गर्ने मानिसले मनग्य धन सम्पत्ति कमाउने योग पनि बनेको देखिन्छ । लगानी गर्दा ख्याल गर्नुहोला भने सवारी साधनमा केही सतर्कता अपनाउनुहोला । समस्याको समाधानको लागि इष्टदेवता एवं गणेको आराधन ॐ गं गणपतये नमः मन्त्र जप राम्रो हुनेछ ।
कन्या राशि
कन्याराशिका मानिसहरूका लागि असार महिना केही विशेष पनि बन्न सक्छ , कर्मेश भाग्यस्थानमा भएकाले कर्मको उच्च प्रशंशा हुनेछ भने भाग्य बलियो रहेकोछ । आयआर्जनले मनमा प्रशन्नता ल्याउला भने मनका इच्छा चाहनाहरू पुरा हुन थाल्नेछन् । विवाहित हुनुहुन्छ भने श्रीमतिको स्वास्थ्यमा केही सतर्कता अपनाउनुहोला श्रीमतिलाई स्वास्थ्यगत समस्याले सताउन सक्ने महिना भएता पनि अन्य समग्र पक्षहरू राम्रा छन् ।
तुला राशि
तुला राशिका मानिहरूले बोलीमा केही सावधानी अपनाउनुहोला, त्यस्तै गरी नयाँ क्षेत्रमा लगानी गर्दा पनि ख्याल गर्नु पर्ने महिना रहेको देखिन्छ । स्वास्थ्य, शिक्षा एवं भाग्य धेरै राम्रो रहेको छ । कर्म क्षेत्रले साथ दिनाले धन सम्पत्ति प्राप्तहोला । ढाडको एवं एलर्जिको समस्याले सताउन सक्छ । दाम्पत्य जीवन एवं पारिवारिक सम्बन्ध राम्रो रहला सत्यवादीपनले साथ दिनेछ । अझै बढी उन्नति प्रगतिको लागि भगवान् विष्णुको आराधना मन्त्र जप गर्नु होला । ॐ नमो भगवते वाशुदेवाय यो मन्त्रको जपले तपाइहरूलाई सफलताको शिखरमा लैजान मद्दत गर्नेछ ।
वृश्चिक राशि
पराक्रममा वृद्धि हुनेछ, वुद्धिमानी पूर्वक गरिएका काममा सफलता मिल्नाले मन प्रशन्न रहनेछ । धन धान्यको प्राप्ति एवं मिहेनती पनाको प्रशंसा हुन थाल्नेछ, केही सपना दोेष एवं मनमा कुरा खेल्न सक्ने सम्भावना यो महिनाको राशिफल ले देखाएको छ । आर्थिक एवं पारिवारिक सुखको दृष्टिकोणबाट आषाढ महिना राम्रो रहेको देखिन्छ । भाग्य बलियो एवं व्यापार व्यवशायको दृष्टिकोण बाट यो महिना विशेष बन्न सक्छ । अझै उन्नति प्रगति एवं मनले सोचेको काममा सफलता प्राप्तिका लागि ॐ नमः शिवाय जप गर्नु होला ।
धनु राशि
धनुराशिका मानिसहरूका लागि धन ऐश्वर्य कमाउनको लागि धेरै मिहेनत गरेमा मात्र सम्भव हुने महिना देखिन्छ । शारीरिक अस्वस्थता बढ्न सक्ने सम्भावना पनि देखिन्छ भने यो महिनामा कन्चुस्याइको कारण मन दुखाउने को सङ्ख्या बढ्नेछ । यो महिनामा दाम्पत्य जीवनमा खासै राम्रो योग देखिदैन । श्रीमान् श्रीमति बीचमा मन मुटाव एवं कलहको सम्भावना बनेका कारण दुबै जना सतर्क रहनुहोला । स्वास्थ्यमा समस्या देखिएकाले सतर्कता अपनाउनु होला ।
मकर राशि
यो महिनामा केही धनको क्षति हुने सम्भावना देखिन्छ भने शत्रुहरू लाग्ने भएता पनि शत्रुहरूलाई जित्ने योगको पनि निर्माण भएको देखिन्छ । साझेदारीको व्यावसायमा सफलता मिल्नेछ भने दाम्पत्य जीवनको लागि खासै राम्रो महिना भन्न मिल्दैन । यो महिना समयलाई बुभ्mन सकेमा धन ऐश्वर्यले भने साथ दिने सम्भावना देखिन्छ । व्यापार व्यवशायबाट हातमा आउनु पर्ने रकममा केही बिलम्ब अवस्य हुनेछ । यो महिनामा उन्नति प्रगति एवं कल्याणको लागि भगवान् विष्णुको ॐ नमो भगवते वाशुदेवाय यो मन्त्रको जप गर्नुहोला ।
कुम्भ राशि
यो महिनामा ज्ञान मार्गले सफलताको शिखरमा पुर्याउन मद्दत गर्नेछ । नयाँ नयाँ ज्ञान मूलक खोजको मार्गमा अगाडी बढ्न मन लाग्ने योग यो महिनामा निर्माण भएको छ । न्याय निसावको क्षेत्रमा आफ्नो विजय हुने समय आएको देखिन्छ । कार्यक्षेत्र, पारिवारिक क्षेत्र एवं सन्तानको क्षेत्र सामान्य अवस्था कै रहेका छन् । चिसोबाट बच्नुहोला , खोकि एवं घाटीको एलर्जिले सताउन सक्छ सतर्कता अपनाउनु होला स्वस्थ्यलाभको कामना गर्दै ॐ ऐं ह्रीं क्लीं चामुण्डायै वीच्चे यो मन्त्रको जप गर्नुहोला ।
मीन राशि
यो महिनामा शारीरिक एवं मानशिक पीडाहरू देखिएका छन् सतर्कता अपनाउनु होला । आफ्नो मान प्रतिष्ठामा आघात पर्ने खालका केहीकामहरू हुन सक्छन् त्यस विषयमा पनि सतर्कता अपनाउनु होला । आफ्नो कर्ममा विश्वास गर्नाले सफलताको शिखरमा भने अवश्य पनि लैजाने योग देखिन्छ । परिवारमा लक्ष्मीको आगमनले खुशीयाली छाउने योग आषाढ महिनामा देखिएको छ । उन्नति प्रगति एवं दोष निवारणको लागि ॐ गं गणपतये नमः यो मन्त्रको जप गर्नुहोला ।
राशिफल सुन्नका लागीः– असारमा यी राशिहरुलाई मिल्दैछ न सोचेको सफलता