२०७८ साल भाद्रको राशिफल
मेष राशि –
मेष राशिका मानिसहरूका लागि यो महिनामा आत्मबल बलको वृद्धि हुनेछ । कार्यक्षेत्रमा त्यति नराम्रो देखिदैन तर स्वास्थ्यको दृष्टिले कष्टको वातावरण सिर्जना हुने देखिन्छ भने शत्रुहरूको पीडा बढ्ने देखिन्छ । चिसो बाट बच्नुहोला, निमोनिया एवं टन्सिलको समस्याले सताउन सक्ने समय पनि देखिन्छ , निर्णयात्मक बोलिहरू बोल्दा विशेष सावधानी अपनाउनु होला यो महिनामा स्वास्थ्यलाभको कामना गर्दै शिवको आराधना एवं ॐ नमः शिवाय यो मन्त्रको जप गर्नुहोला । तपाईको लागि १,५,७ अङ्क शुभ रहेका छन् भने ६,८,१२ अशुभ रहेका छन् ।
वृष राशि–
वृष राशिका मानिसलाई यो महिनामा दाम्पत्य सुख धेरै राम्रो देखिनुका साथै स्त्री जातिसँग मिलेर गरेका व्यापार व्यवशाय मा उन्नति प्रगतिको योग पनि देखिएको छ । महिनाको मध्यभागमा टाउको दुःख्ने समस्याले पनि सताउने छ भने पार्टनर सिपमा व्यवशाय गर्ने मानिहरूका लागि केही खुशीको समय पनि बन्न सक्छ । भाग्य बलियो हुनुका साथै आय आर्जन ठीकै खालको देखिन्छ । यो महिनाका शुभ अङ्क रहेका छन् २, ६, १० भने अशुभ १, ७, ९ रहेका छन् । उन्नतिका लागि लक्ष्मीनारायणको उपासना गर्नुहोला ।
मिथुन राशि–
मिथुन राशिका मानिसहरूका लागि यो महिनाको राशिफलले राम्रो फल बताएको छ । परक्रम बढ्नेछ, उन्नति एवं प्रगतिको समय आएको देखिन्छ । आफ्नै बाहुबलले धन ऐश्वर्य कमाउन सकिने समयको आगमन भएको देखिन्छ । सोच विचारमा परिवर्तन एवं शिक्षा क्षेत्रमा सफलताको समय आएको देखिन्छ । भाग्यले गर्दा नयाँ कामको अवसर पनि आउन सक्छ भने आम्दानीको स्रोत थपिने महिना रहेको देखिन्छ । ३,७,११, यी अङ्क शुभ रहेका छन् भने २,८,१० यी अङ्क अशुभ रहेका छन् ।
कर्कट राशि–
कर्कट राशिका मानिसहरूका लागि यो महिनामा ठूलो डरको बातावरण बन्नेछ । कर्मक्षेत्रमा गरेका लगानीहरु उठ्न थाल्नेछन् बोलिको प्रभाव बढ्नेछ, दाम्पत्य जीवनमा श्रीमतीको स्वास्थ्यमा केही समस्या पनि यो महिनामा आउन सक्छ । भाग्य एवं उन्नति प्रगतिको लागि चुनौति एवं सङ्घर्षको समय रहनेछ । तपाईको लागि यो महिनामा ४, ८, १२ अङ्क शुभ रहेका छन् भने ३,९,११ अङ्क अशुभ रहेका देखिन्छन् । उन्नति प्रगति एवं बाधा व्यवधान निवारणार्थ भगवान् गणेशको आराधना एवं ॐ गं गणपतये नमः यो मन्त्रको जप गर्नु एकदम राम्रो देखिन्छ ।
सिंह राशि–
सिंह राशिका मानिसहरूका लागि यो महिनामा स्थान नाशको महिना रहेको देखिन्छ । कार्यक्षेत्रमा केही समस्या एवं झन्झटको वातारण पनि बन्न सक्ने सम्भावना देखिन्छ । शत्रुहरूले दुःख दिएता पनि शत्रुलाई परास्त गर्न सक्ने शक्ति मिल्नेछ । खर्च वृद्धिको महिना देखिएकोछ । पेटको समस्या एवं प्रेसर, रगत सम्बन्धि समस्याले पनि यो महिनामा दुख दिन सक्छ सतर्कता अपनाउनुहोला । यो महिनामा ४,१०,१२, गते विशेष रुपले अशुभ रहेका छन् भने १, ५,९ गते राम्रा बन्नेछन् । उन्नतिका एवं विजय प्राप्तिका लागि माता बंगलामुखीको आराधना गर्नुहोला ।
कन्या राशि–
कन्या राशिका मानिसहरूका लागि यो महिनाको राशिफलमा खर्चको वृद्धि एवं सामान्यकामहरू बनाउन पनि धेरै झन्झट एवं मानसिक तनाबको वातावरण सिर्जना हुनेछ । पराक्रले गर्दा कार्यक्षेत्र सामान्य नै रहने छ भने श्रीमतीको नामबाट गरेको कार्यमा खासै सोचे जस्तो नहोला, भने शिक्षा एवं सन्तानको सुख राम्रो रहेको छ । व्यवशाय एवं टाढाको यात्राहरू यो महिनामा सोचेर मात्र गर्नुहोला । यो महिनामा तपाईको लागि शुभ गतेहरु २, ६ ,१० रहेका छन् भने अशुभ गतेहरु १, ५, ११ –रहेका छन् समग्रमा सामान्य नै समय छ ।
तुला राशि–
तुला राशिका मानिसहरूका लागि यो महिना विशेष फलदायी महिना रहेको छ । पराक्रम बढ्नेछ भने बोलिको प्रभावले गर्दा नसोचेको धनको प्राप्ति यो महिनामा हुनेछ । सजावट एवं विलासितामा खर्च पनि यो महिनामा हुनेछ । भाग्यले साथ दिनाले कर्म क्षेत्रमा पनि उन्नति एवं पदोन्नतिको योग पनि यो महिनामा देखिन्छ । बीच महिनामा भने केही सामान्य दुर्घटनाको योग पनि बनेकाले सवारी साधनमा विशेष सतर्कता अपनाउनु होला ।
वृश्चिक राशि–
वृश्चिक राशिका मानिसहरूका लागि यो महिनाको राशिफल अनुसार कर्मोन्नतिको योग रहेको देखिन्छ । कर्म क्षेत्रमा गरेको कडा परिश्रम एवं मिहेनतका कारण उन्नति प्रगति एवं पदोन्ततिको कुरा पनि हुन सक्ने सम्भावना यो महिनामा रहेको छ । पराक्रम बढ्नेछ भने पारिवारिक पक्ष राम्रै रहने देखिन्छ । व्यापारि व्यक्तिहरूका लागि महिनाको सुरुवातमा केही कष्टको वातावरण भएता पनि मध्य महिना पछि उन्नति प्रगतिको समय रहने छ । यो महिनामा ४,८,१२ अङ्क वा यी गते राम्रा रहेका छन् भने १,३, ७ गते नराम्रा देखिन्छन् । उन्नतिका लाागि यो महिनामा शिवको आराधना उत्तम एवं बंगलामुखिको दर्शन श्रेष्ठ मानिन्छ ।
धनु राशि–
धनु राशिका मानिसहरूका लागि यो महिनामा विभिन्न आपत्तिले सताउने सम्भावना देखिन्छन् भने आपत्तिले गर्दा मनमा दुःखको आभास पनि धेरै नै हुन सक्छ । धनको लगानी एवं सापटि दिएका ठाउँहरूबाट पनि त्यति सन्तोष जनक कुरा नआउन सक्छ । धन सम्पत्ति कमाउनको लागि धेरै नै मिहेनत गर्नु पर्नेछ भने आफुलाई पराक्रमी भने बनाउने खालको ग्रह गोचर देखिन्छन्, जागिर गर्ने मानिसहरूका लागि यो महिना केही प्रशंसनीय काम बन्न सक्नेछ । उन्नति प्रगतिको योग देखिन्छ । स्वास्थ्यमा केही साबधानी अपनाउनुहोला । शुभ अङ्कहरु १,५,९ रहेका छन् भने अशुभ अङ्क २,४, ८ रहेका देखिन्छन् । यो महिनामा गणेशको आराधनाले सफलतातिर लैजान्छ ।
मकर राशि–
मकर राशिका मानिसहरूका लाागि यो महिनाको ग्रहगोचरमा स्वास्थ्यको दृष्टिबाट केही बाधा व्यवधान एवं मनमा एक प्रकारको डरको वातावरणका साथै विभिन्न रोगको समस्याले गर्दा शारिरिक पीडाको वातावरण यो महिनामा बन्न सक्छ । शिक्षा क्षेत्रमा केही बाधा व्यवधानको वातावरण बन्न सक्नेछ भने टेक्निकल शिक्षाका लागि भने खासै त्यस्तो नराम्रो प्रभाव नपर्ला मध्य महिना पछि भने कार्य क्षेत्रमा एवं व्यवशायमा थप उन्नति प्रगतिको सम्भावना पनि देखिन्छ । तपाईका लागि २,६,१० अङ्क वा गते यो महिनामा शुभ रहेका छन् भने ३,५,९ अङ्क वा गतेहरु अशुभ रहेका देखिन्छन् । माथि बताएका समस्याबाट बच्नका लागि देवी को आराधना एवं चण्डीपाठ प्रभावकारी बन्नेछ ।
कुम्भ राशि–
कुम्भ राशिका मानिसहरूका लागि यो महिनामा स्वास्थ्यको प्रवाव बढी देखिन्छ पेटको समस्याहरूले सताउन सक्ने छन् भने मनमा डर एवं त्रासको बातावरणले स्थान पाउनेछ । दाम्पत्य जीवनमा केही बाधा व्यवधान एवं श्रीमान् श्रीमती बीच भनाभन एवं झगडाको वातावरण यो महिनामा देखिएकाले गर्दा सतर्कता अपनाउनु होला । हातमा आएको काम पनि बिग्रन सक्छ ख्याल गर्नुहोला । शिक्षा क्षेत्र, भाग्यले साथ दिनेछ । यो महिनामा विशेष गरेर सत्यनारायणको दर्शन एवं पूजाले मनलाई र परिवारमा कल्याण भित्र्याउने देखिन्छ । ४, ६,८ गते र यी अङ्क यो महिनामा त्यति राम्रा देखिदैनन् भने ३,७,११ गते वा अङ्क यो महिनामा शुभ रहेका छन् ।
मीन राशि–
मीन राशिका मानिसहरूका लागि यो महिनाको राशिफल अनुसार पराक्रम बढ्नेछ । परिश्रपूर्वक गरेका कामहबाट सफलता मिल्ने समयको आगमन भएको देखिन्छ भने रोग व्याधिबाट छुटकारा मिल्ने एवं शत्रुहरुलाई परास्त गर्न सक्ने समयको आगमन यो महिनाको ग्रहगोचरले बताएको छ । महिनाको सुरुमा भने केही झमेला झन्झटको वातावरणका साथै सामान्य पेटको समस्याले पनि सताउन सक्ने भएकाले साबधानी अपनाउनु होला । यो महिनामा उन्नति प्रगति एवं कल्याणको लागि शिवजीको आराधना एवं ॐ नमः शिवाय यो मन्त्रको जपले तपाई लाइ स्वस्थ र आनन्द प्रदान गर्ने छ । यो महिनामा ४, ८, १२ गते र यी अङ्क अशुभ रहेका छन् ।
राशिफलहरूले आफ्नो भविष्य जस्तो जस्तो बताए पनि यदि माता, पिता, गुरु र भगवानको आशिर्वाद लिएर उहाँहरूको दर्शन गर्दै आफूले मिहेनत पूर्वक कर्म गर्नुभयो भने आफ्नो भविष्य आफैँले केहि परिवर्तन गर्न अवश्य सकिन्छ । त्यसैले कर्म राम्रो र मिहेनत पूर्वक र सबैको सल्लामा आशिर्वाद लिदै गर्नुहोस् । हजुरको सुखद भविष्यको कामना । धेरै धेरै धन्यवाद । जय नेपाल ।
नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहनुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ । धेरै धेरै धन्यवाद ।