10.1 C
Kathmandu
Friday, January 10, 2025
tagDiv Newspaper Theme
HomeKnowledgeधर्म भनेको के हो ? सबै धर्म को एक खोज । आश्चर्यलाग्दो...

धर्म भनेको के हो ? सबै धर्म को एक खोज । आश्चर्यलाग्दो उत्तर ।

धर्म को परिभाषा । वास्तविक धर्म भनेको के हो ?

धर्म शब्दको व्युत्पति `धृ´धारणे धातु बाट भएको हो, जसको अर्थ धारण गर्नु भन्ने हुन्छ ।
धर्म भनेको वस्तुको कहिल्यै नफेरिने आफ्नै स्वभाव हो वा यसलाई गुण पनि भन्न सकिन्छ । आगोको धर्म ततो दिनु वा पोल्नु हो, पानीको धर्म चिसो हुनु हो भने मानवको धर्म मानवता हो । वस्तु, पदार्थ वा कुनै पनि तत्वको धर्मलाई कुनै पनि प्रकार बाट अलग बनाउन सकिँदैन यदि अलग हुने हो भने त्यसको अस्तित्व रहँदैन ।

धर्म धारणा हो, देखावटीपन होइन, भगवान मान्ने कुरा हो, विश्वास भए मान्ने हो विश्वास नभए नमान्न पनि सकिन्छ तर धर्म पालन गर्ने कुरा हो वताउने कुरा होइन, धर्म पहिचान हो, धर्म मानवको अस्तित्व हो |

धृतिः क्षमा दमोऽस्तेयं शौचं इन्द्रियनिग्रहः ।
धीर्विद्या सत्यं अक्रोधो दशकं धर्मलक्षणम् । । ६।९२।मनुस्मृती
अर्थ : धैर्य रहनु, सहनशील हुनु (क्षमा दिन सक्ने क्षमता हुनु ), मनलाई नियन्त्रण गर्नु, चोरी नगर्नु, शुद्ध पवित्र रहनु, इन्द्रियलाई आफ्नो अधिनमा राख्नु, पबित्र कर्मद्वारा आफ्नो बुद्धिलाई बढाउनु, यथार्थ ज्ञान लिनु, सधैं सत्यको आचरण गर्नु, क्रोधलाई त्यागेर सधैं शान्त रहनु नै धर्म हो ।

यसै गरि श्रीमद्भागवतमहापुराण लगायतका गन्थ्रहरूमा पनि धर्मको बारेमा बताईएको छ की:-साँचो बोल्नु, दया गर्नु, तपस्या गर्नु, पवित्र रहनु, सुख–दुःख सहन गर्नु, राम्रो नराम्रोको विवेक गर्नु, मनलाई नियन्त्रण गर्नु, इन्द्रियलाई वशमा राख्नु, हिंसा नगर्नु, ब्रह्मचर्यमा रहनु, दान गर्नु, स्वाध्याय गर्नु, सरल बन्नु, सन्तुष्ट रहनु, समदर्शी बन्नु, अरूको सेवा गर्नु, विषयभोगको इच्छाबाट टाढा रहनु, मनुष्यहरूले कर्मगतिलाई उल्टो-सुल्टो दुबैतिरबाट विचार गर्नु, मौन रहनु, देहभन्दा भिन्न आत्माको चिन्तन गर्नु, सबै प्राणीहरूमा ईश्वर देख्नु, सम्पूर्ण मानिसहरूमा आत्मबुद्धि र देवताबुद्धि गर्नु यिनीहरू सबै धर्मका लक्षणहरू हुन् ।
हामी सबैले आफ्नो स्व धर्ममा रहेर धर्मको पालना गर्नु पर्दछ। यदि हामीहरूले आफ्नो धर्मको रक्षा गरेनौँ भने हाम्रो अस्तित्व समाप्त हुनेमा कुनै शंङ्का रहदैन। हाम्रा धर्म शास्त्र तथा वेद पुराणहरूले वारम्वार भनेका छन “धर्म एव हतो हन्ति धर्मो रक्षति रक्षित:” जब धर्मको रक्षा हुन्छ तब स्वत: धर्मले सबैको रक्षा गर्दछ । धर्म गर्नु भनेको पुजा गर्नु मात्र हो बुझेका छौं तर पुजा गर्नु मात्र धर्म होइन। के के गर्दा धर्म हुन्छ माथी नै शास्त्रको आधारमा उल्लेख गरिएको छ ।

अन्त्यमा धर्म भनेको नै शास्त्रमा बताएको नीति र आचरणको पालना गर्नु हो, जसबाट मानव मात्रको कल्याण नभएर सम्पुर्ण जीवको कल्याण हुन्छ । धर्मका बारेमा शास्त्रहरूमा अथाह प्रमाणका साथमा अनेक वर्णनहरू पाईन्छ यहाँ (यो भागमा) धर्मका बारेमा सामान्य परिचय मात्र प्रस्तुत गरिएको हो । धन्यवाद ।

Kamal Poudel.
लेखकः–
कमल पौडेल
बे.ग.न. ४ नुवाकोट

नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहानुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ ।

RELATED ARTICLES

2 COMMENTS

    • धेरै धेरै धन्यवाद । साथ सहयोग माया यसरीनै गर्दै रहनुहोस् । यस्ता ज्ञानका लागी हामीहरूलाई follow गर्न सक्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments

कारंडे सोमनाथ on Garud Puran Pdf
उपेन्द्र प्रसाद भट्टराई on जनैपूर्णिमाको रहस्य। About Janaipurnima
error: Content is protected !!