नीतिका श्लोकहरू
अन्याय गरेर कमाएको धन दश वर्षसम्म मात्र टिक्छ । एघारौँ वर्ष लागेपछि सम्पूर्ण धन नाश हुन्छ त्यो स्थिर रहँदैन ।
अन्यायोपार्जितं द्रव्यं दशवर्षाणि तिष्ठति ।
प्राप्ते चैकादशे वर्षे समूलं च विनश्यति ।।६।।१५।। चाणक्यनीति
बुढ्यौलीले रूपको, आशाले धैर्यको, मृत्यले प्राणको, क्रोधले लक्ष्मीको, कामवासनाले लाजको, तुच्छ व्यक्तिको सेवाले सदाचारको र अभिमानले सर्वस्वको नै नाश गर्दछ ।
जरा रूपं हरति धैर्यमाशा,
मृत्युः प्राणान् धर्मचर्यामसूया ।
कामो ह्रियं वृत्तमनार्यसेवा,
क्रोधः श्रियं सर्वमेवाभिमानः ।। ८।५। विदुर नीति ।।
हे प्रियतमे! यी पूर्णिमाका रात्रिमा चन्द्रमा अत्यन्त देदीप्यमान देखिन्छन्, यस्ता बेलामा हामी सुन्दर बगैंचामा विहार गर्न जाउँ जहाँ यौवनले उन्मादित भएका भमराहरू गुञ्जन गरिरहेका छन्, लीला विहारका लागि यो भन्दा उपयुक्त समय कुन हुन सक्छ र?
हे वल्लभे! निर्मल ओषधीश:
सन्दीप्यते यन्निशि पूर्णिमाया:।
गच्छाव दिव्योपवने विहर्तुं
गुञ्जन्ति यत्र भ्रमराः प्रमत्ता:।।
आकाशमा बादलहरु परस्परमा हुंकार भर्दै भिडिरहेकाछन्, त्यो झगडाको कारण के होला ? जे भएपनि हामीलाई चाहिँ मीठो अमृतमय जल बर्षाइदिइरहेका छन्, त्यति भए हामीलाई भइगयो नि! अर्काको घर झगडाको मामलामा हामीलाई के मतलब?
गर्जन्ति मेघा गगने समन्ताद्
भवेन्नु किं तत्कलहस्य बीजम्।
सुस्वादु तोयं ददते तथापि
गवेषयत् कः परकीयवृत्तम्।।
अर्थात् विज्ञ मानिसले स्वयंले पनि सत्य आचरण गरोस्, अनि जे सत्य हो त्यही कुरा बारम्बार अरुलाई पनि बुझाउने प्रयास गरोस्, यस्तो गर्नाले असाध्यै अलमलमा परेका मानिस पनि ब्यूँझन्छन् र सत्य आचरण शुरू गर्दछन् ।
सत्यमेवाचरेद्विद्वान् सत्यमेव प्रकाशयेत् ।
जागर्ति शंशयात्माऽपि मुहुर्मुहुः प्रबोधितः ।।