20.1 C
Kathmandu
Thursday, October 3, 2024
tagDiv Newspaper Theme
HomeStotraratna malaमधुराष्टकम् । Madhurashtakam Lyrics In Nepali

मधुराष्टकम् । Madhurashtakam Lyrics In Nepali

मधुराष्टकम्
……..

अधरं मधुरं वदनं मधुरं नयनं मधुरं हसितं मधुरम् ।
हृदयं मधुरं गमनं मधुरं मधुराधिपतेरखिलं मधुरम् ।।१।।
भगवानको ओठ मीठो छ, अनुहार मीठो र मनमोहक छ, आँखा मीठो छ, मुस्कान(हाँसो) मीठो छ, उहाँको हृदय मीठो छ र हिडाइ पनि मिठो छ, मधुराधिपति भगवानका सबै कुरा मीठा छन् ।।१।।
वचनं मधुरं चरितं मधुरं वसनं मधुरं वलितं मधुरम् ।
चलितं मधुरं भ्रमितं मधुरं मधुराधिपतेरखिलं मधुरम् ।।२।।
उहाँको शब्द (बोली) मीठो छ, चरित्र मीठो छ, वस्त्र मीठो अनि मनमोहक छ, उहाँको आसन (वसाई) मीठो छ, हिँडाइ(चाल) मिठो छ, भ्रमण अति मिठो छ । मधुराधिपति भगवानका हरेक कुरा अति मिठा छन् ।।२।।
वेणुर्मधुरो रेणुर्मधुरः पाणिर्मधुरः पादौ मधुरौ ।
नृत्यं मधुरं सख्यं मधुरं मधुराधिपतेरखिलं मधुरम् ।।३।।
भगवान कृष्णको बाँसुरी(वंशी) मीठो छ, चरणरज मीठो छ, करकमल (हात) मीठो छ, पाउ मीठो छ, नृत्य मिठो छ, मित्रता पनि धेरै मीठो छ। श्री मधुरधिपति कृष्णका सबै चीज मीठा छन् ।।३।।
गीतं मधुरं पीतं मधुरं भुक्तं मधुरं सुप्तं मधुरम् ।
रूपं मधुरं तिलकं मधुरं मधुराधिपतेरखिलं मधुरम् ।।४।।
श्री मधुरधिपति कृष्णका गीत मधुर छ, पान मीठो छ, भोजन मीठो छ, निद्रा(शयन) मीठो छ, रूप मीठो छ, र तिलक पनि धेरै मीठो छ ।।४।।
करणं मधुरं तरणं मधुरं हरणं मधुरं रमणं मधुरम् ।
वमितं मधुरं शमितं मधुरं मधुराधिपतेरखिलं मधुरम् ।।५।।
उहाँका कामहरू मीठा छन्, अवसरहरू मीठा छन्, चोरी मीठा छन्, खेल मिठा छन्, विचारहरू मिठा छन्, शान्ति मीठो छ । श्री मधुरधिपतिका सबै मीठो छ ।।५।।
गुञ्जा मधुरा माला मधुरा यमुना मधुरा वीची मधुरा ।
सलिलं मधुरं कमलं मधुरं मधुराधिपतेरखिलं मधुरम् ।।६।।
श्री मधुरधिपतिका आवाज मीठो छ, जप(माला) पनि मीठो छ, यमुना मीठो छ, यसको छालहरू पनि मीठो छ, यसको पानी मीठो छ र कमल पनि धेरै मीठो छ, उहाँको सबै तत्त्व मिठा छन् ।।६।।
गोपी मधुरा लीला मधुरा युक्तं मधुरं मुक्तं मधुरम् ।
दृष्टं मधुरं शिष्टं मधुरं मधुराधिपतेरखिलं मधुरम् ।।७।।
श्री मधुरधिपति भगवानका सबै कुरा मिठो छ। गोपीहरू मीठा छन्, लिलाहरू मिठा छन् संयोग(मिलन) मीठो छ, वियोग मिठो छ, निरीक्षण(हेराई) मिठो छ, शिष्टाचार पनि अति मिठो छ ।।७।।
गोपा मधुरा गावो मधुरा यष्टिर्मधुरा सृष्टिर्मधुरा ।
दलितं मधुरं फलितं मधुरं मधुराधिपतेरखिलं मधुरम् ।।८।।
उहाँका गोपहरू मीठा छन्, गाईहरू मिठा छन्, लौरो मिठो छ, रचना(सृष्टि) मिठो छ, विभिन्न फलहरू अति मिठा छन् । मधुरताका मालिक भगवानका हरेक चीज मधुर(मिठा) छन् ।।८।।
इति श्रीमद्वल्लभाचार्य विरचित, सुरज कौण्डिन्यद्वारा भावानुवाद सहित मधुराष्टकं सम्पूर्णम् ।।

Madhuradhipati Krishna
मधुराधिपति भगवान् श्रीकृष्ण

नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहानुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ । धेरै धेरै धन्यवाद ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments

कारंडे सोमनाथ on Garud Puran Pdf
उपेन्द्र प्रसाद भट्टराई on जनैपूर्णिमाको रहस्य। About Janaipurnima
error: Content is protected !!