26.1 C
Kathmandu
Friday, October 4, 2024
tagDiv Newspaper Theme
HomeKnowledgeयसरि गर्नुहोस् आफ्नो प्रेम लाई सफलता मा परिणत गोप्य सूत्र

यसरि गर्नुहोस् आफ्नो प्रेम लाई सफलता मा परिणत गोप्य सूत्र

प्रेम के हो ? र हामीले कस्तो प्रेम गर्ने ?

अहो मायाबलं विष्णो: स्नेहबद्धमिदं जगत्।भा .८।१६।१८
भगवानको माया शक्ति अत्यन्त प्रबल छ, यो सारा जगतलाई प्रेम रुपि बन्धनले बाँधेकोछ । त्यसैले भन्ने गरिन्छ संसारको सर्वोउत्कृष्ट अनुभूति युक्त सम्पत्ति हो प्रेम, यसको आधार विश्वास हो, जसलाई सबैले चाहान्छन् । तर सहि समयमा सहि प्रेम उनिहरूले मात्र प्राप्त गर्छन् ।
जस्ले प्रेमको वास्तविक महंत्त्व बुझेका हुन्छन् र जस्ले त्यसलाई निभाउँन सक्छन्। जसरी गणितीय सानो-सानो सूत्रले ठूलाठूला हिसाब गर्न सहजैसँग सके जस्तै, जीवन जिउने क्रममा पनि प्रेमलाई एउटा सूत्रको रुपमा प्रयोग गरेर सहज र सरल तरिकाले जीवन जिउन सकिन्छ। जीवन जिउँने सूत्र हो प्रेम ।
‘तत्सुखे सुखित्वम्’ प्रेममा दुःख-पीडा दु:ख-पीडा लाग्दैन बरु परमात्माको प्रसाद लाग्दछ । हरेक कुरामा समर्पण र स्वीकारको शिक्षा कसैले केहि बाट प्राप्त गर्छ भने त्यो प्रेम द्वारा प्राप्त गर्छ । किनकि समर्पण प्रेमको स्वभाव हो शर्त होइन, यसमा उच्च- निच्चको कुनै भेद रहँदैन, सानो-ठूलो को कुनै पक्षपात हुदैन, कालो गोरोको विशेषणले प्रेमलाई कुनै फरक पार्दैन । प्रेम केही प्राप्ति होइन एक अनुभुती हो ।
जहाँ प्रेम हुन्छ,त्यहाँ अनन्यता हुन्छ । प्रेम जीवनको पूर्णता हो ।
प्रेम बन्ध कोठा होइन, बरु खुला आकाश हो, जो अन्नत छ अथाह छ ।
यस्तो प्रेमलाई दुई तरिकाले बुझ्न सकिन्छ ।
क) स्वार्थयुक्त प्रेम (जसलाई प्रेम रुपि नाटक पनि भनिन्छ)
ख) निस्वार्थ प्रेम (जसलाई अहैतुकी प्रेम अथवा निस्वार्थ भक्ति पनि भनिन्छ )
क) स्वार्थयुक्त प्रेम:-
सांसारिक दुनियाँमा काम-वासनालाई नै सर्वोपरि ठानेर, निश्चित उदेश्य प्राप्तिको लागि कसैले कसैलाई कुनै वस्तुको लोभमा पारि प्रोत्साहित गर्ने र आफ्नो उद्देश्य पुरा गर्न अरुलाई दु:ख दिने प्रेमलाई स्वार्थयुक्त प्रेम वा नाटकि प्रेम भन्न सकिन्छ । कालान्तरमा यो दुःखको कारण पनि बन्न सक्छ प्राय ।
ख) निस्वार्थ प्रेम:-
जसरी गङ्गाको जल अनवरत रुपमा सागरतिरै बग्दछ त्यसै गरी कुनै कुराको पनि ईच्छा नराखेर ईश्वर वा मनुष्य जसलाई प्रेम गरिन्छ उसैलाई सदा-सदाको लागि प्राप्त गर्ने तर अन्य सांसारिक आशक्ति शून्य भएको प्रेम नै निस्वार्थ प्रेम हो ।
त्यसैले हामीले पनि कसैलाई प्रेम गर्छौं भने नाटकि वा स्वार्थयुक्त प्रेम हैन निर्मल, कञ्चन र अहैतुकी प्रेम गरौँ । जसले जीवनभर सुख, शान्ति र आनन्द देओस् र मृत्यु पश्चात् पनि आत्माको परमात्मामा सँग मिलन हुन सकोस् ।
त्यसैले तपाईं हामीले पनि त्यो प्रेम गरौँ ।
LOVE SUCCESS पार्ने गोप्य सूत्रहरु । भिडियो लिङ्कः–https://youtu.be/Ee2bch7z04U

 

Santosh aacharya
लेखकः–
सन्तोष आचार्य
वि.न.पा. ११ सुर्खेत
हाल – ल म पा १५ ललितपुर

 

नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहानुहुन्छ भने हामीसँग सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments

कारंडे सोमनाथ on Garud Puran Pdf
उपेन्द्र प्रसाद भट्टराई on जनैपूर्णिमाको रहस्य। About Janaipurnima
error: Content is protected !!