26.1 C
Kathmandu
Friday, October 4, 2024
tagDiv Newspaper Theme
HomeKnowledgeश्राद्धमा यी कुरा प्रयोग नगर्नुस् | Shradh.

श्राद्धमा यी कुरा प्रयोग नगर्नुस् | Shradh.

श्राद्धमा के के प्रयोग गर्न हुँदैन ?

श्राद्ध भन्ने वितिकै हाम्रो दिमाखमा कपाल खौरने, पिण्ड दिने, तर्पण गर्ने, अन्न दान गर्ने आदि कुरा सजिलै याद आउँछ तर श्राद्ध भनेको यी कुरा मात्र नभई “श्रद्धायां दीयते इति श्राद्ध” अर्थात् श्रद्धा पूर्वक जुन कुरा दिईन्छ त्यो नै श्राद्ध हो भन्ने प्रमाणहरू भेटिन्छन् । यसरी हेर्दा श्रद्धामा जे जे पदार्थ प्रयोग गछौँ के ती पदार्थ साच्चै नै श्राद्धमा दिन उपयुक्त छन् वा छैनन् भन्ने प्रश्न पनि प्राय धेरैका मनमा उठ्ने गर्दछ । कतै हामीले प्रयोग गर्ने पदार्थ श्राद्धमा निषेध(प्रयोग गर्न नहुने) त गरिएको छैन ? आज यी नै विषयका समाधान यहाँ प्रस्तुत गरिएकोे छ । पराशर रचित श्री विष्णु पुराणका अनुसार…
तल उल्लेखित सामाग्री श्राद्धमा प्रयोग नगर्न भनिएको छ ।
१. जुन अन्नबाट नवान्न यज्ञ गरिएको छैन,
२. राजमा वा बोडी,
३. फर्सी वा लौका,
४. मुसुराको दाल,
५. गाजर,
६. प्याज,
७. गान्टेमुला(शलगम),
८. नमिठो आँटा,
९. हीँग,
१०. रातो पदार्थ हुने चिज,
११. प्रत्यक्ष (सिदा) नुन,
१२. खराब जमिनमा फलेको पदार्थ,
१३. रातमा भरेर राखिएको जल,
१४. अनकन्टार वा कुनै परिचय नभएको क्षेत्रबाट ल्याईएको जल,
१५. गाईले पिउन नपाउँने वा नसन्ने स्थानको जल,
१६. फोहोर स्थानको जल,
१७. फिजले युक्त भएको जल,
१८. एक खुर वाला जनावरको दुध,
१९. उँटको दुध,
२०. भेडाको दुध,
२१. मृगको दुध,
२२. भैँसीको दुध,
२३. नङ् वा केश भएको अन्न,
२४. किरा परेको अन्न,
२५. बासी अन्न,
२६. रस आदि निचोरिएर बाँकी रहेको अन्न,
र साथमा नपुंसक, समाजबाट बहिष्कृत, चाण्डाल, पापी, पाखण्डी, रोगी, कुकुर, विरालो, वैदिक कर्म त्याग गर्ने व्यक्ति, बाँदर, बँदेल, रजस्वला भएकी स्त्री, जन्म वा मरणको आशौच बारेको व्यक्ति, शव लैजाने व्यक्ति, आदि यी तत्वहरूको दर्शन पनि सके सम्म श्राद्धका दिनमा नगर्नु भनिएको छ ।
यसमा बताईए अनुरुप वा हाम्रा समाजमा, कुल परम्परामा चल्दै आएको नीति नियमलाई पनि ध्यान दिनु अत्यावश्यक छ भन्ने विद्वानहरूको भनाई रहेको पाइन्छ ।

 

Suraj Kaundinya Parajuli
सुरज कौण्डिन्य

 

नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहनुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ । धेरै धेरै धन्यवाद ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments

कारंडे सोमनाथ on Garud Puran Pdf
उपेन्द्र प्रसाद भट्टराई on जनैपूर्णिमाको रहस्य। About Janaipurnima
error: Content is protected !!