London Escorts sunderland escorts 1v1.lol unblocked yohoho 76 https://www.symbaloo.com/mix/yohoho?lang=EN yohoho https://www.symbaloo.com/mix/agariounblockedpvp https://yohoho-io.app/ https://www.symbaloo.com/mix/agariounblockedschool1?lang=EN
10.1 C
Kathmandu
Friday, December 6, 2024
tagDiv Newspaper Theme
HomeHoroscopeश्रावण महिनाको राशिफल २०७८ / Rashifal 2021

श्रावण महिनाको राशिफल २०७८ / Rashifal 2021

राशिफल श्रावण 2078

 

Rashi 1
मेष राशि, Mesh rashi.
मेष राशिः– यो महिनाका ग्रहगोचर अनुसार तपाईको जीवनमा सुखको कमी आउनेछ भने बोलीमा सम्यमीत बन्नुहोला बोलिको कारणले पछुताउनुपर्न सक्छ । मानप्रतिष्ठामा आच आउने खालको वातावरण बनेको देखिन्छ । प्रेमको प्रस्ताव आउन सक्ने समय भएता पनि प्रेम एवं दाम्पत्य जीवनमा बारम्बार बारम्बार बिघ्न बाधा आउनेछन् । पारिवारिक जीवनमा स्वास्थ्यको समस्याले सताउन सक्छ भने धनको आगमन एवं शत्रुको नाश लगायतका शुभफल पनि यो महिनामा रहेका देखिन्छन् । दोष निवारण एवं सफल जीवनको लागि सूर्यनारायणको आराधना ॐ घृणी सूर्याय नमः यो मन्त्र जप गर्नुहोला ।

 

 

Rashi 2
वृष राशि, Bris rashi.
वृष राशिः– यो महिनामा वृष राशिका मानिसहरूलाई धन सम्पत्तिको प्राप्ति हुने योग देखिन्छ भने पराक्रम बढ्नेछ । पारिवारिक सुख एवं कार्यक्षेत्रमा उन्नति प्रगतिको योग पनि बनेकाले कार्यक्षेत्रमा राम्रो धन सम्पत्ति प्राप्त हुनेछन् । पराक्रमले गर्दा ज्ञान एवं बोलिको मुल्याङ्कन उच्च बन्ने योग यो महिना रहेको देखिन्छ सामाजिक कार्य एवं धार्मिक क्षेत्रमा काम गर्ने मानिसहरूका लागि यो महिना विशेष बन्न सक्छ । थप उन्नति प्रगतिका लागि विष्णुको आराधना उत्तम हुन्छ ।

 

 

Rashi 3
मिथुन राशि, Mithun rashi.
मिथुन राशिः– मिथुन राशिका मानिसलाइ यो महिनामा सोच बिचारमा ठूला ठूला परिवर्तन आएता पनि मनमा डर एवं दोधार बढ्नाले हरेक कामहरू अधुरा हुनेछन् । बोलेको कुरा पुर्याउन धौ धौ पर्नेछ । खर्च बढ्नुका साथै धनको क्षति एवं झमेलाको वातावरण यो महिनाको राशिफलमा देखिएको छ । लामा लामा यात्राले दुर्घटना गराउन सक्छन् यात्रा गर्दा सावधानी अपनाउनुहोला । माथिका सम्पूर्ण दोष निवारणका लागि ॐ श्रिं श्रियै नमः यो मन्त्रको जप प्रत्येक दिन गर्नुहोला ।

 

 

Rashi 4
कर्कट राशि, Karkat rashi.
कर्कट राशिः– कर्कट राशिका मानिसहरूलाई यो महिनामा शत्रु लाग्नेछन् शत्रुलाग्नाले आफ्नो स्थान नाशको योग बन्दछ त्यसले पद प्रतिष्ठामा दाग लाग्न सक्ने सम्भावना देखिन्छ सावधानी रहनु होला । पराक्रम बढेता पनि आक्रोशित स्वभावले गर्दा पश्चातापको वातावरण पनि बन्न सक्छ । धन धान्य एवं बोलिको प्रभाव बढ्नेछ । सन्तानको पक्षमा केही दुःख कष्टको समय यो महिनामा भएकाले सम्पूर्ण सङ्कटबाट बच्नको लागि गणेश भगवानको ॐ गं गणपतये नमः मन्त्र जप गर्दै विशेष कामको थालनी गर्नुहोला ।

 

 

Rashi 5
सिंह राशि, Simha rashi.
सिंह राशिः– सिंह राशिका मानिसका लागि यो महिनामा स्वभावमा केही परिवर्तन आउने छन्, आध्यात्मिक बिचारको क्षय हुने एवं धनको क्षतिको योग पनि देखिएको छ । दाम्पत्य जीवन राम्रो हुनेछ भने कार्य क्षेत्रलाई विस्तार गर्न मन लाग्ने सम्भावना यो महिनामा देखिन्छ । साथिभाइ सङ्ग सङ्गत गर्दा वा साथिभाई सँग मिलेर केही गर्दा सोच बिचार गरेर मात्र गर्नुहोला । शिक्षाक्षेत्र राम्रो छ यो महिनामा बोलिको प्रभावले गर्दा आय आर्जन धेरै राम्रो हुनेछ । समस्याबाट मुक्तिका लागि आफ्नो गुरूको सेवा गर्नुहोला ।

 

 

Rashi 6
कन्या राशि, Kanya rashi.
कन्या राशिः– कृषि एवं पशु व्यवशायमा काम गर्ने मानिसहरूका लागि यो महिना विशेष लाभदायी बन्नेछ । विशेष गरेर धनधान्यको क्षेत्रमा विशेष लाभदायी महिना भन्न सकिन्छ । अरुले लिएको पैसा पनि तपाईले यो महिनामा फिर्ता पाउनुहुने छ । जग्गा जमिनबाट सोचेजस्तै धन लाभ हुनेछ । कर्मक्षेत्रमा पनि उन्नति प्रगतिको योग कन्या राशिका मानिसलाई देखिन्छ । शान्ति र आनन्दका लागि भगवती माताको सेवा गर्नु राम्रो हुन्छ ।

 

 

Rashi 7
तुला राशि, Tula rashi.
तुला राशिः– तुला राशिका मानिसहरूका लागि पराक्रमले गर्दा यो महिनामा कार्यक्षेत्रमा सफलताको योग लागेको छ । शिक्षा एवं भाग्य राम्रो छ । कामको शिलशिलामा टाढाको यात्रा पनि गर्नु पर्ने हुन सक्छ । सवारी साधनको प्राप्ति पनि यो महिनामा हुन सक्छ । शारीरिक केही कष्टको वातावरण पनि बन्न सक्छ । प्रेसर एवं रगतसँग सम्बन्धित समस्याले सताउन सक्छ । भाग्य बलियो भएकाले त्यस्तो डराउनु भने पर्ने देखिदैन । दोष निवारणका लागि दुर्गा माताको सेवा एवं ॐ ऐं ह्रीं क्लीं चामुण्डायै वीच्चे यो मन्त्रको जप गर्नु होला ।

 

 

Rashi 8
वृश्चिक राशि, Vrishchik rashi.
वृश्चिक राशिः– वृश्चिक राशिका लागि यो महिनामा शरीरको कान्तिक्षय हुनेछ । कार्यक्षेत्रमा ठूला ठूला अवसर आउनेछन् तर अवसरलाई आफ्नो पक्षमा प्रयोग गर्नको लागि धेरै मुस्किल पर्नेछ । यो महिनामा जग्गा जमिन लाभको सम्भावनाको योग पनि देखिन्छ । यो महिनामा धन वृद्धि हुने खालको योग बन्न सक्छ । आट र क्षमतामा वृद्धि हुने छ भने यात्रामा सानो चोटपटकको सम्भावना पनि देखिएको छ भने श्रीमतिको स्वास्थ्यमा केही गडबढी हुन सक्छ ख्याल गर्नुहोला । कल्याणको लागि माता बगलामुखीको दर्शन पूजा गर्नुहोला ।

 

 

Rashi 9
धनु राशि, Dhanu rashifal.
धनु राशिः– तपाईको लागि पराक्रम बढ्ने समय छ भने दाम्पत्य जीवनमा सुख एवं भाग्य निर्माणको लागि सङ्घर्ष गर्नु पर्ने समय आएको देखिन्छ । व्यापार व्यवशाय गर्ने मानिसहरूका लागि व्यापार विस्तार एवं व्यापारमा स्तरोन्नतिको योग पनि बनेके देखिन्छ । शिक्षाक्षेत्रमा बाधा व्यवधान एवं खर्चले सीमा नाघ्ने समयको आगमन भएको देखिन्छ । शिक्षामा उन्नति प्रगतिको लागि गणेश भगवानको पूजा मन्त्र जप गर्नुहोला ।

 

 

Rashi 10
मकर राशि, Makar rashifal.
मकर राशिः– मकर राशिका मानिसहरूका लागि यो महिनामा धन सम्पत्तिको धेरै खर्च हुने समय छ । दाम्पत्य जीवनमा केही खट्पटको वातावरण सिर्जना हुने देखिन्छ । बोलिको प्रभाव बढ्नेछ, ज्ञान एवं शिक्षामा यो महिना खासै उन्नति प्रगति न भएता पनि टेक्निकल दिमागको विकास भने यो महिनामा अवश्य होला । व्यापार व्यवशाय गर्ने मानिसहरूका लागि यो महिनामा केही घाटाको वातावरण पनि बन्न सक्ने भएकाले सोचबिचार पूर्वक कामहरू गर्नुहोला । आलस्यताले सताउने छ भने पराक्रम र कर्ममा ढिला सुस्ति हुने समय छ । कल्याण एवं उन्नतिका लागि लक्ष्मी नारायणको उपासना राम्रो हुन्छ ।

 

 

Rashi 11
कुम्भ राशि, Kumbha rashi.
कुम्भ राशिः– शत्रुलाई जित्न सकिने समय छ, लामा लामा यात्राका अवसर पनि आउन सक्छन् । बौद्धिक क्षमताको विकास हुनेछ, सेयर मार्केटमा काम गर्ने मानिसलाई फाइदाको महिना रहेको देखिन्छ । चिसोबाट जोगिनु होला । कार्यक्षेत्रमा केही बादविवादको पनि सामना यो महिनामा गर्नु पर्ने देखिन्छ । प्रमि प्रमिकाका लागि यो महिनामा केही वादविवाद हुने सम्भावना पनि रहेकाले साबधानी अपनाउनुहोला । दोष निवारणका लागि भगवान् विष्णुको दर्शन गरेर मात्र कामको थालीनी गर्दा उत्तम हुनेछ ।

 

 

Rashi 12
मीन राशि, meen rashifal.
मीन राशिः– बसेको स्थान एवं गरेको पेशा परिवर्तनको योग यो महिनामा बन्न सक्छ । मिहेनतिपन बढ्ने छ, सन्तानको चिन्ताले सताउन सक्छ । पराक्रमले गर्दा सबैलाई खुशी बनाउन सक्ने समय छ । शारीरिक अस्वस्थ पन बढ्न सक्छ समग्रमा भन्नु पर्दा मध्यम समयको महिना रहेको देखिन्छ । शिवजीको पूजा गरेर कामको थालनी गर्दा सफल हुनेछ । 

 

 

भिडियो हेर्नको लागी:-

 

Rabindra Parajuli
ज्योतिषाचार्य पं. श्री रविन्द्र पराजुली
९८५११४१९४२
दिग्दर्शन ज्योतिष तथा कर्मकाण्ड प्रशिक्षण केन्द्र
काठमाण्डौ नेपाल,
 
नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहानुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ । धेरै धेरै धन्यवाद ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments

कारंडे सोमनाथ on Garud Puran Pdf
उपेन्द्र प्रसाद भट्टराई on जनैपूर्णिमाको रहस्य। About Janaipurnima
error: Content is protected !!