20.1 C
Kathmandu
Saturday, April 26, 2025
tagDiv Newspaper Theme
HomeKnowledgeसनातन संस्कार संस्कृति र सभ्यताको भ्रम लाई चिरौँ

सनातन संस्कार संस्कृति र सभ्यताको भ्रम लाई चिरौँ

“रेडियो बिकिरणबाट बच्ने सबै भन्दा उत्तम औषधि गाईको दुध हो ।” – सिरोविच

“वास्तविकता के छ त सनातन संस्कार संस्कृति र सभ्यतामा ?”

प्रत्येक व्यक्तिलाई जीवन निर्वाह गर्न आधारभुत आवश्यकताहरू जति महत्त्वपूर्ण हुन्छन्, त्यस्तै व्यक्तिको पहिचानकोलागि परम्परागत मानवीय सनातन संस्कार र सभ्यताहरू हुनुपनि तेतिनै महत्त्वपूर्णहुने गर्दछ। हरेक व्यक्तिको वास्तविक पहिचान उसको अनुशासन, आचरण,ईमानदारिता,र लगनशीलताले चिनाउने गर्दछ, यस्ता प्रत्येक कुराहरूमा उसलाई घरपरिवार र गाउँसमाजबाट प्रत्यक्षप्रभाव पर्ने गर्दछ, हरेक व्यक्तिको संस्कार, सभ्यता र संस्कृतिको पाठ सिक्ने पहिलो पाठशाला आफ्नै घर हो । हरेक व्यक्तिमा सनातन संस्कृति र संस्कारप्रति विश्वास, समर्पण तथा श्रद्धाको भावना जति बलियो हुन्छ त्यति नै उसले मानवीय सन्तुष्टि र आनन्द प्राप्त गर्नेगर्छ। जब मनुष्यले आत्म-अनुभूति प्राप्त गरि अन्तःकरणलाई जागृत गराउनसक्छ तब मात्र उसले सही र गलत बिषयलाई सजिलैसँग छुट्टाउन सक्छ। तर केवल भौतिक ज्ञानले मात्र कोही कसैले पनि पूर्ण सन्तुष्टि प्राप्त गर्ने सक्दैन ।
त्यसैले हरेक परिवारमा संस्कारको बीउ रोप्नु अत्यावश्यक कुरा छ। किनभने सांसारिक ज्ञानको साथ, आउदो पुस्ताहरूमा हाम्रो सनातन सभ्यताको बैज्ञानिकतालाई बुझाउनु हाम्रो कर्तव्य हो । हामीले हाम्रो सनातन संस्कार र सभ्यताको वास्तविकताको खोजी नगर्नाले र पछिल्लो पुस्तालाई यसको रहस्य नबुझाउनाले । हामी आफ्नै हातमा भएको हिरा नचिनेर अन्य मुलुकको फलाम अंगालीरहेका छौं, पश्चिमी संस्कृतिको प्रभावले हाम्रो संस्कृतिलाई परिवर्तन गरिरहेको छ। तर तिनै पश्चिमी मुलुकहरूले हाम्रो पुरातन सभ्यताको बाटो बनाएर आज मंगल चन्द्र ग्रहमा बस्ती बसाइँसके, दु:खको कुरा हामीले हाम्रो सभ्यतालाई चिन्न सकिरहेका छैनौं, बरु तिनै पश्चिमी विकृतिलाई अङ्गालिरहेकाछौं। एउटा उदाहारण  हाम्रो सनातन संस्कारमा गाईलाई पुज्ने गरिन्छ, यसको बैज्ञानिक रहस्य यो छ कि गाईको दुध, घ्यू, गंहूत र गोबर आदिले अनेक प्रकारको रोग निर्मुल पार्ने औषधि को रुपमा बैज्ञानिकहरूले स्विकार गरेका छन्, त्यस्तै बैज्ञानिकले नै स्विकार गरेको अर्को बिषय, बलिरहेको अग्नीमा गाईको घ्यू को हवन गर्नाले एकपटकमा १ टन अक्सिजन तयार हुन्छ र त्यो अक्सिजनले वायुमण्डलमा रहेको सम्पूर्ण विकारयुक्त तत्त्वलाई नष्ट गरेर सफा बनाउँदछ । त्यसतै “रसियन बैज्ञानिक सिरोविचले” भनेका छन् “रेडियो बिकिरणबाट बच्ने सबै भन्दा उत्तम औषधि गाईको दुध हो ।” त्यो मात्र नभएर उनले यो पनि भनेका छन् की “संसारमा एउटा यस्तो चिज छ जसबाट प्रोटिन कार्बोहाईडेट्र ,खनिज, लवण, फ्याट जस्ता सबै कुराहरू प्राप्त हुन्छन् त्यो हो गाईको दुध।” यो त एउटा गाईको कुरा मात्र भयो। हाम्रो सनातन संस्कारमा भएका यि र यस्ता हजारौं कुराहरू बैज्ञानिक तरिकाले नै संमाननिय छन्, त्यसैले यस्ता कुराहरूको जगेर्ना गर्न आवश्यक छ।
यिनै संकार र संस्कृति को ख्याल नगर्नाले हामीले हाम्रो समाजमा दिनानुदिनदिन निन्दनीय र अकल्पनीय घटनाहरू देखिरहेका छौं । जस्तो कि:-
“सत्यं नास्ति तप: शौचं दया दानं न वद्यते।
उदरम्भरिणो जीवा वराका: कूटभाषिण : ।।
कन्याविक्रयिणो लोभादम्पतीनां च कल्पनं । भा.मा 1।31
अर्थात् :- सत्य,तप, शौच, दया दान, सेवा कसैको हृदयमा छैन। बिचरा सबै आफ्नो पेट पाल्नमै तल्लीन छन्, सबै असत्यवादी, मन्दबुद्धि र भाग्यहीन बनेका छन्, सबैलाई नानाथरी आपत्तिले घेरिरहेको छ । अझै पनि मात्र पैसाको लोभले आफ्नै सन्तान बेच्नपनि पछि पर्दैनन्, देह ब्यापारले जीवनको गुजरा चलाउछन्, हरेक दिन लोग्ने स्वास्नीमा झगडा भैरहन्छ ।मातापिता र गुरुजनहरूमा अविश्वासको मत तयार गर्छन्, आफ्नै परिवारभित्रका सन्तानहरूले दुश्मनको जस्तो व्यवहार र गर्छन्, हरेक चेलीबेटी बलत्कारको शिकार बन्ने गर्छन् ।
यस्ता सम्पूर्ण अकल्पनीय घटनाहरू बाट मुक्ति पाउनको लागि हामी हाम्रो परिवार र समाजमा संस्कार र संस्कृतिलाई जगेर्ना गर्ने गरौं
संस्कारी सन्तान बनाउ संस्कारी समाज बनाउ संधै शान्तियुक्त जीवन बिताउ भय रहित वातावरणको सृजना गरौं ।

Santosh aacharya
लेखकः–
सन्तोष आचार्य “शिशिर”
वि.न.पा. ११ सुर्खेत
हाल – ल म पा १५ ललितपुर

नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहानुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ । धेरै धेरै धन्यवाद ।

RELATED ARTICLES

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments

कारंडे सोमनाथ on Garud Puran Pdf
उपेन्द्र प्रसाद भट्टराई on जनैपूर्णिमाको रहस्य। About Janaipurnima
error: Content is protected !!