सन्देश
====
आफु सुत्ने खाटबाट
दाहिने भित्तामा
भेडाको एउटा चित्र कोर्छ वीरबहादुर ।
चित्र मुनि आफनो नाम लेख्छ
“पुर्वमन्त्री वीरबहादुर ठकुरी “
भेडा अगाडि
एउटा तारे भीर बनाउछ
र मुस्कुराउछ एकोहोरो ।
कहिबेरमा
वीरबहादुरको श्रीमती रोएको आवाज सुनिन्छ
र तत्कालै चकमन्न हुन्छ घर ।
****
नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहनुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ । धेरै धेरै धन्यवाद ।