13.1 C
Kathmandu
Tuesday, January 14, 2025
tagDiv Newspaper Theme
HomePoemसमय र राजनीति ।Time & Politics. Adip Adhikari

समय र राजनीति ।Time & Politics. Adip Adhikari

समय र राजनीति
===========

सूर्यमुखी फूलजस्तै सूर्यतिर मुख फर्काएर
मस्त निदाएको नारायणको मूर्तिको निधारमा
एक जोडि परेवाले गमन गरे ।
यो क्रियाकलाप देखेका पुजारीले
परेवाहरूको हत्या गरे ।
मुस्कुराइरहेका भगवान मुस्कुराउन छाडेनन्।
एक हूल भक्तजनहरूले
खेलपछिको विजय जुलुसमा जस्तै
पुजारीलाई काधमा हाले ।
रगतमा डुबेपछि भारी हुन्छ
चाहे त्यो कपास नै किन नहोस् ।
आजकाल
भोका भक्तजनहरूले काध हटाइसके
तृष्णाको मातले नछाडेकाहरूले थापिरहेका छन् काध
र अडिएका छन् पुजारी यतिन्जेल ।
धर्मको बगैँचामा नाङ्गै सुतेका पुजारीले
अझै पनि बुझेकाछैनन् आफ्नो हालत ।
****

Adip Adhikari
रचनाकार
अदिप अधिकारी
रिट्ठे सापिङ्ग काभ्रेपलाञ्चोक

 

 

नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहानुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ । धेरै धेरै धन्यवाद ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments

कारंडे सोमनाथ on Garud Puran Pdf
उपेन्द्र प्रसाद भट्टराई on जनैपूर्णिमाको रहस्य। About Janaipurnima
error: Content is protected !!