26.1 C
Kathmandu
Friday, October 4, 2024
tagDiv Newspaper Theme
HomeKnowledgeको हुन् साई बाबा ? Who is Sai Baba?

को हुन् साई बाबा ? Who is Sai Baba?

शिरडी साईँ ट्रस्ट ले ६० वर्ष देखि निरन्तर रूपमा एक मुस्लिम फकिर चाँदमिया उर्फ साइँ बाबा लाई हिन्दु ब्राह्मण देखाउने प्रयत्न मात्र केवल गरेको नभई अवतार कै रूपमा प्रमाणित गर्ने कुत्सित प्रयास गरिरहेको छ। धर्मको मूल उद्देश्य भनेको सत्यको खोज गर्नु हो। त्यस्तो आस्थाको के अर्थ जुन झुठ र कपट को सहारा मा खडा गरिएको होस्। मौला साई का ९९% भक्तलाई साईँ को वास्तविकता थाहा छैन, मौला साईँ को बारेमा सबैभन्दा प्रमाणित जानकारी उनका सेवक गोविंदराव दाभोलकर को पुस्तक “साईँ सतचरित्र” मा भेटिन्छ।
यो पुस्तक स्वयम् मौला साईले लेखे सरह मानिन्छ, किनकी गोविन्द राव जतिबेला बाबासँग उनको जिवनी लेख्ने अनुमति मागे त्यसबेला बाबाले आशिर्वाद दिँदै भनेका थिए “म तिम्रो अन्तःकरणमा प्रकट भएर स्वयम् नै आफ्नो जिवनी लेख्ने छु।” गोविन्द रावले सर्वप्रथम मस्जिदमा हुने गतिबिधीहरू संकलन गरि मराठीभाषामा लेखे। यही पुस्तक हो जसको सहायताले चाँदमियालाई महिमामण्डित गरायो। यस लेखमा साई सत्चरित्र पुस्तकका ति तथ्यहरू लेखिएको छ जसले प्रमाणिक गर्ने छ कि साई एक कट्टर मुस्लिम थिए। यस लेखको मुख्य उद्देश्य सत्यलाई देखाउनु हो।
१. साई बाबाको सारा जीवन मस्जिदमा नै गयो | उपरोक्त पुस्तकको धेरै ठाउँमा यसको वर्णन छ। मौला साई लगभग पैसठ्ठी वर्ष शिर्डीमा रहेपनि एक रात पनि उनले कुनै हिन्दु मन्दिरमा विताएनन्।
२. उनको जिब्रोमा सधै अल्लाह मालिक झुण्डिन्थ्यो, उनले सधैँ अल्लाहलाई नै पुकारिरहन्थे । मौला साईका मुखबाट कहिलै जय श्रीराम, हर हर महादेव तथा ॐ शब्द उच्चारण गर्दैनथे।
३. रोहिला मुसलमान आठ तरिकाले नवाजमा कुरान शरिफका कलमा पढ्छन तथा अल्लाह ओ अकबरको नारा लगाउँछन्। हैरान भएपछि गाउँलेले उनीहरूका बारेमा बाबा सँग गुनासो गरेपछि उनले भने “म उनीहरूको विरुद्ध बोल्न असमर्थ छु।” तत्पश्चात् गाउँलेहरूलाई त्यसै फर्काइयो। [अध्याय ३] यिनै मौला लाई शिरडी साई ट्रस्ट अखिल ब्रह्माण्डका नायक बताउँछ जो कुरानका कलमा देखि डराएथे।
४.तरुण फकिरलाई आउँदै गरेको देखेपछि म्हलसापति सर्वप्रथम “आओ साई” भनि बोलाए। [अध्याय ५]
५.मौला साई मुस्लिम फकिर थिए, फकिरलाई अरबी तथा उर्दू भाषामा साई नामले सम्बोधन गरिन्छ। साई शब्द आगन्तुक शब्द हो। मौला साईले सधै कफनी पहिरन्थे। [अध्याय ५]:- कफनी एक किसिमको पोसाक हो जुन मुसलमान फकिरहरूले लगाउँछन।
६.मौला साई सन्नत(खतना) गराउने पक्षमा थिए। [अध्याय ७]:- खतना गर्नु मुस्लिम धर्मको परम्परा हो ।
७.फकिरहरूको साथमा रहि बाबाले माछा र मासु पनि खान्थे। [अध्याय ७]:- सन्तमा के यस्तो सम्भव छ ?
८.बाबाले भन्नुभयो “म मस्जिद मा एक बकरा हलाल गर्नेवाला छु, हाजी सिद्दिक सँग सोध उनलाई बकरा को मासु, नाध वा अण्डकोषमा कुन रूचिकर छ ?” [अध्याय ११] :- कुनै हिन्दु सन्तले यस्तो कार्य सपनामा पनि गर्न सक्दैनन्। नत यस्तो भोजन नै गर्न सक्छन्।
९.एक पटक मस्जिदमा बाख्रोको बलि दिने लाग्दै गर्दा साईबाबाले काका सँग भने “म स्वयम् नै बली दिने कार्य गर्छु ।” [अध्याय २३]
१०.मालेगाउँका फकिर पीर मोहम्मदलाई साई बाबा अति आदर गर्दथे, उनलाई सधैँ आफ्नो दाहिने बसाल्दथे। पहिला उनले चिलिम पिएर साई बाबालाई दिन्थे, जब दिउसोको खाना खाने समय हुन्छ साई बाबाले उनलाई बोलाएर दाहिने तिर बसालेर खाना खान्थे। बाबाको साथमा जम्मा भएको दक्षिणा बाट दैनिक पचास रुपियाँ पीर मोहम्मद लाई दिन्थे। जब उनी फर्कने समय हुन्थ्यो तब बाबा पनि १०० कदम सम्म सँगै जान्थे। [अध्याय २३ ]
:- मौला साईले कहिल्यै कुनै हिन्दु सन्तलाई यत्रो सम्मान दिएनन्। दैनिक पचास रुपियाँ दिन्थे जतिबेला सुन २० रुपियाँ तोला थियो।
११.एकपटक साई भक्त मेघाले बाबा लाई गंगा जलले स्नान गराउने बिचार गरि अनुरोध गर्दा बाबा ले भने “मलाई यो झन्झट देखि पर नै राख, म त एक फकिर हूँ, मलाई गंगाजल को के प्रयोजन ।” [अध्याय २८] :- कुनै हिन्दुका लागि गंगास्नान जीवन कै सपना हुन्छ। गंगाजल दर्शन मात्रै पनि हरेक हिन्दुका लागि अति पवित्र मानिन्छ।
१२.बाबाले कहिले मिठा चावल त कहिले मासु मिश्रित चावल [पुलाव] बनाउँथे। [अध्याय ३८]:- मासु मिश्रित चावल अथवा बिरयानी केवल मुस्लिम फकिरले खान्छन् तर कुनै हिन्दु सन्तले देख्दा पनि अशुभ मान्दछन्।
१३.एकादशीका दिनमा बाबाले दादा केलकर लाई केही पैसा दिएर मासु किनेर ल्याउन लगाए। [अध्याय ३८]
एकादशीमा हिन्दुहरू उपवास बस्दछन् र घरमा भात सम्म पाक्दैन ।
१४.जब भोजन तयार हुन्छ तब बाबा ले मस्जिद बाट भाँडा मगाएर मौलवी लाई फतिहा पढ्न अनुरोध गर्दथे। [अध्याय ३८] फतिहा मुस्लिम संस्कार हो।
१५. एकपटक बाबले दादा केलकर लाई मांस मिश्रित पुलाव चाख्न भने र केलकर ले अनुहारमा हेर्दै ठिक छ। तब बाबा ले केलकरका पाखुरा समातेर बलपूर्वक भाडामा हाल्दिदै भने “आफ्नो कट्टरपन छोड्दै थोरै चाखेर हेर।” [अध्याय ३८] :- मौला साईले परिक्षाका नाममा जीव हत्या गरि एक ब्राह्मणको धर्म भ्रष्ट गरे तर कहिलै कुनै मुस्लिम भक्तको यस्तो कठोर परिक्षा लिएनन्।

अन्य तथ्य जसले सिद्ध गर्नेछन् कि साई बाबा जेहादी मुसलमान थिए:

१.मुल्ला जेहादी साईका सेवक अब्दुल बाब जो लगभग तीस बर्ष जति बाबाका साथ मस्जिदमा रहि बाबा लाई हरदिन कुरान सुनाउने गर्दथे तर रामायण र गीता होइन ।
२.महाराष्ट्रमा रहेको एक शिर्डी साई मन्दिरमा गाइने आरती को अंश छ “मोमिन वंशी जन्मुनी लोँका तारिले!” उपरोक्त आरती मा ‘मोमिन वंशी जन्मुनी’ अर्थात् मुस्लिम वंशमा जन्म भएको भन्ने शब्द स्पष्ट आएको छ। [पन्ध्र वर्ष देखि मोमिन वंशी गाइरहे र फेरि मौला लाई ब्राह्मण बताउँदै छन्। ]
३.मौला साईले आफ्नो मृत्युको केही दिन पहिले औरंगावादका मुस्लिम फकिर शमशूद्दीन मियाँलाई दुई सय पचास रुपियाँ पठाएका थिए ताकि उनको मुस्लिम रिवाज अनुसार अन्तिम संस्कार गरिदिइयोस् तथा सूचना पठाइयो कि उनी अल्लाह सामु पुग्नेवाला छन्।[यो एक किसिम को मृत्यु पूर्व को बयान जस्तै हो जसलाई अदालत पनि सत्य मान्दछ। यदि बाबा हिन्दु हुन् भने, हुन्थे भने हिन्दु विधि अनुसार, अन्तिम संस्कार गरिनुपर्ने ।]
४.बाबा जबसम्म जिवित रहे उनलाई शिरडीमा सुफि फकिर नामले चिनिन्थ्यो। बाबाको मृत्युपछि उनको मजार बनाइयो जुन १९५४ सम्म थियो। त्यसपछि त्यसलाई समाधिमा परिवर्तन गरियो।
म न साई विरोधी हूँ न साम्प्रदायिक नै तर यो प्रयास यस्तो हो कि चाँदमिया लाई जानीबुझि हिन्दु साबित नगरियोस्। पछिल्ला ५० वर्ष देखि पैसा कमाउनका लागि जस्तो अधर्म शिरडी ट्रस्टले गर्यो इतिहासमा अरू कसैले गरेन होला। श्रीरामको नाम बाट सिता माता लाई अलग्याए। शिरडी साई संस्थानका अरबपति लालची तथाकथित पण्डाले फैलाएको अर्को झुट हो मौला साईको जन्म तिथिको कुनै ठेगान नभए पनि कपट पूर्वक राम नवमीका दिन साई जयन्ती मनाइदै छ।मौला साईले सधैँ अल्लाह मालिक भन्दथे, “सबका मालिक एक” गुरु नानकले भन्नुहुन्थ्यो।मौला साई जो जीवनभर मस्जिदमा बसे उसैलाई मन्दिरमा राख्दै जसले व्रत उपासनाको विरोध गर्दथे उनकै नाममा साई व्रत कथा छापिदै छ, जसले हरहमेसा अल्लाह मालिक भनिरहे उनकै नाम ॐ र राम नाम जोडियो।जसले हरदिन कुरान पढ्थे उनका मन्त्र बनाइएको छ,पुराण लेखिएको छ। जो मांसाहारी थिए उनैलाई हिन्दुले अवतार बनाएका छन्, जुन मुल्लाले गंगाजल छुन इन्कार गरे उनकै नामबाट यज्ञ गरिन्छ, गंगाजलले अभिषेक गरिदैछ, जो खुद निगुरा थिए उनैलाई सदगुरु बनाइदै छ। जो मुल्ला साई अनपढ थिए उनकै नाममा गीता छापिएको छ, कब्रगाही व्यक्तिको नाममा मन्दिर बनाउनु सनातन धर्ममा पाप हो। यस देशमा हजारौँ सन्त भए तर कसैका मन्दिर छैनन्। महर्षि व्यास जसले महाभारतको रचना गरे, अगस्ति, विश्वामित्र, कपिल, नारद, परासर, सनक, सनन्दन सनतकुमार, शौनक, वशिष्ट,वाल्मिकि, पाणिनी, चाणक्य, दयानन्द आदि कति सन्त भए तर कसैका मन्दिर छैनन्।
साई बाबको प्रचारप्रसार गर्नेहरूले अथवा उनका पात्रहरूले अथवा सिधा शब्दमा भन्नुपर्दा उनका दलालहरूले उनका चमत्कारिक काल्पनिक कहानीहरू तथा गफहरूका मोटा मोटा किताब बनाएका छन्। स्तुति, मन्त्र, चालिसा, आरती, भजन, व्रत कथा आदि मनपरि बनाएका छन्। साईलाई अवतार घोषित गरेर,भगवान बनाएर, तथा कतै कतै त भगवान भन्दा पनि माथि बनाउन भ्याएका छन्। तर आजसम्म कुनै पनि दलालले यो बताउन सकेको छैन कि कुन आधारमा साई भगवान हुन अथवा अवतार हुन भनेर? यदि भगवानका अवतार हुन भने हिन्दु धर्मग्रन्थका आधारमानै त निस्चित हुनुपर्छ कि भगवान् वा अवतार होइनन् भनेर। भगवान् श्रीकृष्णले भगवद्गीता मा अवतार लिनु का कारण र कर्म का बारेमा भन्नुभएको छ कि :
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम ।
धर्मसंस्थापनार्थाय सम्भवामि यूगे यूगे ॥
[भगवद्गीता ४:८]
अर्थात, साधू सन्तको उद्धार, पापकर्म गर्नेहरूको विनाश तथा धर्मको स्थापनाका लागि युग युगमा म प्रकट हुनेछु।
श्रीकृष्ण भगवानले भन्नुभएको यस श्लोकको आधारमा हेरौँ साई कुन तहमा पर्छन:
१ परित्राणाय साधूनां [साधू जनको उद्धारका लागि ] :
यदि साई भगवानका अवतार हुन भने इनले कुन सज्जनको उद्धार गरे त ? जब कि इनको पुरा जीवन शिरडी नामको ५०/६० घरधुरी भएको गाउँ भन्दा बाहिर नगइकन बित्यो। र इनको मृत्युपश्चात गाउँका आधा जन रोगादि प्रकोपका कारणले मरे। यानि कि विश्वभरका सज्जन त के आफ्नै गाउँका सज्जनको पनि उद्धार गर्न सकेनन्। त्यस समय बृटिस शासन थियो, विचरा भारतियहरू अंग्रेजका जुत्ता, कोर्रा,लाठी र लात खान विवस थिए तर महाराज शिरडीमा बसेर साना ठूला जादु देखाउँदै रहे, अरुका दुःख त के आफ्नै आधा जिवन रोगग्रस्त भएर वित्यो र अन्त्यमा रोगकै कारण ले मृत्यु भयो ।
२ विनाशाय च दुष्कृताम( दुष्टहरूको विनाश का लागि ):
साई बाबा को समयमा दुष्ट कर्म गर्ने अंग्रेजले भारतमा शासन गर्दथे। जनताको शोषण गर्थे, गोहत्या हुन्थ्यो, नारीको अपमान गर्दथे, अनेक पापाचार गर्दथे। साई बाबाले न अंग्रेज विरुद्ध कुनै आवाज निकाले, न गोहत्या विरुद्ध न पापको विरुद्ध कुनै चमत्कार गरे। यदि चमत्कारी व्यक्ति नै भएका भए त दुष्ट अंग्रेज, गोहत्यारा, पापीहरूको केही त हलचल गर्न सक्नुपर्ने। यानि कि दुष्टको विनाश त के दुष्टको निकटमा पनि पर्न सकेनन् ।
३ धर्मसंस्थापनार्थाय( धर्मको स्थापना को लागि) :
साई ले न त सज्जनको उद्धार गरे नत दुष्टको दुष्टता नै कम गरे , भने धर्म स्थापना को विषय त झन हुने कुरा नै भएन। किनकी सज्जन को उद्धार र दुष्टको संहार बिना धर्म-स्थापना हुन सक्दैन। एउटा सानो गाउँमा बसेर जादू-टुना देखाउदै मूर्ख हिन्दुहरूलाई मुस्लिम तिर लाने, हिन्दुलाई मूर्ख बनाउने, बाहेकका अरू काम गरेनन्। न धार्मिक, न राजनितिक न सामाजिक सुधार नै गरे।
जब भगवान को अवतार हुन्छ तब सम्पूर्ण पृथ्वी नै भगवान को यश गाथा ले अलंकृत हुनेछ र भगवान कै जीवनकाल मा भगवानको यश ले सिखर चुम्ने छ। यी साई को जीवनकाल मा शिरडी र केही अरु क्षेत्र बाहेक अरु कसैले जानेनन्। अथवा लगभग १०० वर्ष पहिले देखि केही व्यक्ति ले भन्दा अरुले थाहा सम्म पनि पाएनन् । आजकाल का नयाँ साई राम साई राम भज्दै हिड्नेहरू सँग सोध्नौँ कि ‘के तपाईका बा वा हजुरबा ले साईका बारेमा सुन्नुभएको थियो ?’
भगवान श्रीकृष्ण का वचन का आधार मा शिद्ध भयो कि साई कुनै भगवान वा अवतार थिएनन् । यो पढेर पनि यदि कसैले साई लाई भगवान वा अवतार मान्दछ र उनको पूजा गर्दछ भने उसले भगवानको अनादर गर्दछ र भगवान वाणी को अपमान गर्दछ। यसकारण तपाईं स्वयम् विचार गर्नुहोस कि सनातन परम्परामा जीवन व्यतित गरि आफ्ना महापुरुष को मार्गमा चल्ने वा यस्तै भ्रमजाल मा परि आफ्नै पतन गर्ने ।
यस लेखको उद्देश्य साई बाबाको आलोचना गर्नु नभएर वास्तविकता प्रस्तुत गर्नु हो।
जय गोरखनाथ।

Rishi upamanyu
ऋषिराम ढकाल उपमन्यू

 

नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहनुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ । धेरै धेरै धन्यवाद ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments

कारंडे सोमनाथ on Garud Puran Pdf
उपेन्द्र प्रसाद भट्टराई on जनैपूर्णिमाको रहस्य। About Janaipurnima
error: Content is protected !!