13.1 C
Kathmandu
Tuesday, January 14, 2025
tagDiv Newspaper Theme
HomeStotraratna malaॐ जय शिव शङ्कर शम्भो । Om Jai Shiv Shambhu

ॐ जय शिव शङ्कर शम्भो । Om Jai Shiv Shambhu

शिव आरती नेपाली

ॐ जय शिव शङ्कर शम्भो, (जय गिरिजाधीश)२
जय जय करूणासागर, पशुपति जगदीश ।।१।। ॐ हर हर हर महादेव,
गिरि कैलास–निवासक, (गण छन् सहचारी)२
मुण्डमाला छ गलामा, रूप छ भयहारी ।।२।। ॐ हर हर…
डमरु–त्रिशुल सुशोभित, (प्रभुका दुई करमा)२
भूषणनाग विराजित, बाघाम्बर तनमा ।।३।। ॐ हर हर…
तीन नयनमा थरिथरि, (ज्योति छ दिव्य सदा)२
वाहन वृषभ मनोहर, सङ्गमा छन् गिरिजा ।।४।। ॐ हर हर…
भष्म–विलेपन–सुन्दर (शिरमा चन्द्रकला)२
कलकल बग्छिन् हर्दम, गङ्गा पुण्य–जला ।।५।। ॐ हर हर…
ब्रह्मा–विष्णु–महेश्वर, (प्रभुका रूप सबै)२
सृष्टि स्थिति लय सब हुन, शिवलीला प्रभुकै ।।६।। ॐ हर हर…
वेद पुराण चकित छन्, (प्रभुको वर्णनमा)२
कण–कण व्यापक प्रभुको, महिमा त्रिभुवनमा ।।७।। ॐ हर हर…
सुर–नर–मुनि सब प्रभुकै, (निशिदिन ध्यान गरी)२
परमानन्द–मगन भै, जान्छन् पार तरी ।।८।। ॐ हर हर…
सच्चिदानन्द–परात्पर, (सज्जन हितकारी)२
जय जय साम्ब सदा शिव, जय जय त्रिपुरारी ।।९।। ॐ हर हर…
ॐ जय शिव शङ्कर शम्भो (जय गिरिजाधीश)२
जय जय करूणासागर, पशुपति जगदीश, ॐ हर हर हर महादेव

Khemraj Keshav Sharan
रचनाकार
आचार्य खेमराज केशवशरण महाराज ज्यू

 

 

 

नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहानुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ । धेरै धेरै धन्यवाद ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments

कारंडे सोमनाथ on Garud Puran Pdf
उपेन्द्र प्रसाद भट्टराई on जनैपूर्णिमाको रहस्य। About Janaipurnima
error: Content is protected !!