19.1 C
Kathmandu
Saturday, January 11, 2025
tagDiv Newspaper Theme
HomeHoroscope२०७९ सालको राशिफल | Rashifal 2079 Nepali.

२०७९ सालको राशिफल | Rashifal 2079 Nepali.

राशिफलहरू

मेष राशि
मेष राशिका मानिसहरूका लागि यो वर्ष स्वास्थ्यमा केही नकारात्मक प्रभाव पर्ने समय छ । आँखा एवं टाउको दुख्ने समस्याले सताउन सक्छ । यात्राका अवसरहरू देखा पर्नेछन् । अनावश्यक खर्चमा वृद्धि हुने समय छ । दाम्पत्य जीवनमा खटपटको वातावरण देखा पर्न सक्छ । मनमा उत्साह एवं अत्मबलको वृद्धि हुनेछ । अवरोधको सामना बढी गर्नु पर्नसक्छ । भाग्य निर्माण गर्न अत्यन्त मुस्किल परेपनि परिश्रमले गर्दा धन ऐश्वर्यको प्राप्ति यो वर्ष राम्रै हुनेछ । स्थान प्राप्ति, पदोन्नति, नयाँ व्यवशाय आरम्भको समय रहेको देखिन्छ । उन्नति प्रगतिको दृष्टिकोणबाट हेर्दा आषाढ, भाद्र, पौष शुभ महिना रहेका छन् भने आश्विन, मंसिर, चैत्र महिना अशुभ रहेका देखिन्छन् । यो वर्ष स्वास्थ्य एवं उन्नतिका लागि भगवान् सूर्यको आराधना एवं आदित्यहृदयस्तोत्रको पाठ आइतबार गर्दा राम्रो हुनेछ ।
वृष राशि
वृष राशिका मानिसहरूका लागि यो वर्ष मध्यम फलदायी वर्ष रहेको छ । आरोग्यता वृद्धि, एवं ऐश्वर्यको प्राप्ति यो वर्ष हुनेछ । स्त्रीहरूका लागि भने यो वर्ष विशेष गरेर महिनावारिको समस्याले सताउन सक्छ । भाग्य निर्माणमा खट्नु पर्ने वर्ष रहेको देखिन्छ । अपमान एवं कलहको शिकार बन्न सकिने भएकाले ख्याल गर्नुहोला । मनमा अविश्वासको वातावरण आउन सक्छ तर पनि परिश्रम बढेर जानाले सफलता अवश्य पनि हात पर्नेछ । वैदेशिक क्षेत्र, आधुनिक उपकरणसँग जोडिएर कामगर्ने मानिसका लागि थप उन्नति प्रगतिको वर्ष रहेको देखिन्छ । धार्मिक, सामाजिक, राजनैतिक क्षेत्रमा राम्रो लाभ मिल्ला । दाम्पत्य जीवनमा सफलता भएता पनि सन्तान सुखमा भने केही गिरावट आउन सक्छ । जेठ, आश्विन, माघ महिना शुभ रहेका छन् भने वैशाख, कार्तिक, पौष अशुभ रहेका देखिन्छन् । थप उन्नति प्रगतिका लागि भगवान् विष्णुको सेवा एवं विष्णुसहश्रनाम पाठ गर्नु वा गराउनु उत्तम हुनेछ ।
मिथुन राशि
मिथुन राशिका मानिसहरूका लागि यो वर्षको राशिफल राम्रो रहेको छ । यो वर्ष धन ऐश्वर्यको प्राप्ति राम्रो हुनेछ । कर्मक्षेत्रमा उन्नति प्रगतिको योग रहेको । पराव्रmमले गर्दा सोचेका क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक यात्राका अवसर मिल्नेछन् । होटल, पर्यटन, मेडिकल क्षेत्रमा कार्य गर्ने र पढ्नेका लागि केही समस्याको वातावरण निर्माण बन्न सक्छ । नयाँ लगानीका अवसरहरू आउने छन् । वस्त्र गहना एवं उपहारको प्राप्ति हुने योग छ । शिक्षा, स्वास्थ्य, दाम्पत्य, कर्मपक्षहरू सकारात्मक छन् । शरिर सुख, मनमा प्रशन्नता एवं आनन्द वृद्धिको योग देखिन्छ । आषाढ, कार्तिक, फाल्गुण शुभ महिना रहेका छन् ज्येष्ठ, मंसिर र माघ अशुभ रहेका छन् । उन्नति प्रगतिका लागि लक्ष्मी नारायण एवं महाकालीको आराधना र चण्डी पाठ श्रीसूक्त पाठ गर्दा धेरै राम्रो हुनेछ ।
कर्कट राशि
यो वर्ष कर्कट राशिका मानिसहरूका लागि आर्थिक पक्षमा समस्या आउने वर्ष रहेको देखिन्छ । परिश्रमले गर्दा कर्म क्षेत्रमा भने सफलता मिल्नेछ । शत्रुहरूबाट बाधा व्यवधान आउने समय भएकाले सतर्कता अपनाउनु राम्रो होला । स्वास्थ्यमा समस्या प्रेशर, पिसाब र पेटको समस्याले सताउन सक्छ । पारिवारिक पक्ष कर्मक्षेत्र एवं सवारी साधनमा त्यति राम्रो छैन । कर्मक्षेत्रमा झन्झट एवं झमेलाको बातावरण निर्माण हुनेछ । स्त्रीहरूलाई महिनाबारीको ठूलै समस्या निम्तन सक्छ । उत्तरार्ध वर्षमा धनको वृद्धि साथै लामालामा यात्राको अवसर मिल्नेछ । आफन्तको पिर चिन्ता एवं सन्तान पक्ष कमजोरी देखिएको छ । यो वर्ष आम्दानी भन्दा खर्चमा वृद्धि हुने वर्ष रहेको छ । उन्नति प्रगतिका लागि गणेशअथर्वशीर्ष पाठ एवं बृहस्पतिको आराधना गर्दा राम्रो हुनेछ ।
सिंह राशि
वर्षको सुरुमा जोस जागरमा कमी आए पनि जेठ बाट भने पराव्रmम एवं ऐश्वर्यको वृद्धि हुनेछ । वैङ्किङ्क्षेत्र, कृषिक्षेत्र सरकारी क्षेत्रका मानिसलाई विशेष प्रकारको लाभको वर्ष रहनेछ । शरिरमा पुष्टि छाउने छ । दाम्पत्य जीवनमा केही समस्या साथै आँखाको समस्या यो वर्ष आउन सक्छ । शिक्षामा लगानी गर्दा धेरै मिहेनत गर्नृपर्ला । कस्मेटिक, पर्यटन,मेडिकल क्षेत्रका साथै कन्स्ट्रक्सन कम्पनी एवं मेनपावर क्षेत्रका व्यवशाहीलाई धेरै राम्रो वर्ष छ । वर्षको सुरुमा भाग्य निर्माणमा विघ्न कारक ग्रहगोचरको अवस्था छ । आत्मबल, आँट, क्षमताको वृद्धिले गर्दा कठिन काम पनि सफल बन्लान् । यो वर्ष नारायण भगवान् को सेवा गर्दा राम्रो हुन्छ ।
कन्या राशि
कन्या राशिका मानिसहरुका लागि यो समग्र वर्ष सुखदायी बन्नेछ । सुरुवातमा केही शारिरिक कष्ट आउने भएकाले स्वास्थ्य एवं सवारी साधनमा सतर्कता अपनाउनु होला । सन्तान, दाम्पत्य जीवन, पारिवारिक पक्ष एवं शिक्षा राम्रो देखिन्छ । कार्य क्षेत्रमा पूर्वाद्ध वर्ष भन्दा उत्तरार्ध वर्ष सफल देखिन्छ । आँखामा समस्या देखिन सक्छ । रगतको समस्या, पिसाबको समस्या यो वर्ष आउन सक्छ ख्याल गर्नु होला । दोष निावारणार्थ भगवतीको दर्शन गर्नुहोला ।
तुला राशि
तुला राशिका मानिसहरूका लागि यो वर्ष राम्रो रहेको देखिन्छ । धर्मको वृद्धि हुनेछ भने आर्थिक पक्षहरू पनि यो वर्ष राम्रो हुने सम्भावना देखिन्छ । शिक्षा एवं स्वास्थ्यका पक्षहरू सकारात्मक नै देखिन्छन् । प्रेमि प्रमिकालागि यो वर्ष विशेष बन्न सक्छ । भाग्योन्नतिको वर्ष भएकाले राम्रो वर्ष भन्न सकिन्छ । दाम्पत्य जीवनमा भने खट्पटको वातावरण सिर्जना हुन सक्छ । यात्राका सम्भावना यो वर्ष बढी नै देखिएका छन् । भौतिक सुख सुविधा मिलेता पनि मनमा सुख एवं शान्तिको भने यो साल अभाव नै हुन सक्छ । पारिवारिक पक्षहरू समान्य नै रहने छन् । सपना दोष एवं झन्झटका वातावरण आउन सक्छन् ख्याल गर्नुहोला ।
वृश्चिक राशि
वृश्चिक राशिका मानिसहरूका लागि पराव्रmममा वृद्धि हुने वर्ष रहेको छ । भाग्य निर्माणका लागि लागिपर्नु पर्ने समय रहेको देखिन्छ । कार्यक्षेत्रमा जिम्मेवारी एवं सङ्घर्ष थपिने समय छ । पराव्रmमले धर्म वृद्धि हुनेछ भने पारिवारिक सुख मिल्ने वर्ष पनि देखिन्छ । सवारी साधन जग्गा जमिनमा लगानी गर्ने अवसर पनि मिल्नेछ । भाग्यले साथ दिने वर्ष रहेको देखिन्छ । आय आर्जनमा राम्रै सफलता मिल्नेछ । हरेक क्षेत्रका बढी नै सङ्घर्ष गर्नु पर्ने समय छ । दाम्पत्य जीवन राम्रो छ । पार्टनर सिपको व्यवशाय पनि सकारत्मक नै मान्न सकिन्छ । बोलिको प्रभाव बढ्ने छ भने बोलिको प्रभावले गर्दा ठूला मान्छेको मन जित्न सफल भइने वर्ष रहेको देखिन्छ । स्वास्थ्यको दृष्टिकोेण बाट हेर्दा यो वर्ष सामान्य नै छ । वर्ष भरी नै उन्नति प्रगतिको कामना गर्दै बगलामुखि भगवतीको आराधना गर्दा उत्तम हुनेछ ।
धनु राशि
धनु राशिका मानिसहरूकालागि यो वर्षको माघ २७ गते सम्म नै अन्त्य साढेसाति शनिको प्रभाव देखिन्छ त्यसले गर्दा आय, आर्जन, एवं काममा ढिलासुस्तिको वातावरण अवस्य पनि बन्नेछ । स्त्रीजातिबाट सुख मिल्नेछ भने धन ऐश्वर्य एवं सुख प्राप्तिको वर्ष रहेको देखिन्छ । व्यापार व्यवशाय गर्ने मानिसहरूका लागि राम्रो उन्नतिको वर्ष रहेको देखिन्छ । भाग्यले साथ दिनाले जग्गा जमिन जोड्ने सयमको आगमन यो वर्ष बन्न सक्छ । बोल्दा विशेष ख्याल गर्नुहोला । आरोप, प्रत्यारोप लाग्न सक्ने सम्भावना पनि देखिन्छ । कार्य क्षेत्रमा भने केही मान सम्मानको अवसर पनि मिल्न सक्छ । सन्तानको पीर एवं चिन्ताले बढी नै सताउन सक्ने वर्ष पनि रहेको देखिन्छ । आफन्त एवं बन्धुबाट पीडा मिल्नाले मनमा अशान्ति देखा पर्नेछ । उन्नति प्रगति एवं कल्याणका लागि शनिदेवको आराधना एवं चण्डीपाठ गराउँदा राम्रो हुनेछ ।
मकर राशि
मकर राशिमा मासिलाई यो वर्षको माघ २७ गते सम्म मध्य त्यसपछि अन्त्य साढेसाति शनिको प्रभाव रहने देखिन्छ । शनिको प्रभावले केही ढिला सुस्ति भएता पनि यो वर्ष धनको प्राप्ति एवं सन्तान सुखको समय साथै बोलिको प्रभाव अत्यन्त बढ्ने देखिन्छ । शत्रुहरू पराजय हुनेछन् । केतुको कारण कर्मक्षेत्रमा केही अस्थिरताको वातावरण बन्नेछ । शिक्षामा सोचे जस्तो नहोला, व्यापार व्यवशाय गर्ने मानिसका लागि ढिला नै भए पनि धन ऐश्वर्य मिल्नेछ । वर्षको सुरुवातमा स्वास्थ्यमा सामान्य समस्याहरू देखा पर्न सक्छन् साथै पारिवारिक सुखमा पनि केही कमी आउनेछ ।
कुम्भ राशि
कुम्भ राशिका मासिहरूलाई यो वर्ष शुभ समयको आगमन हुनेछ । यो वर्ष पराक्रमको वृद्धि हुनेछ । यो वर्ष यात्राका अवसर मिल्नेछन् । बोलिको प्रभाव बढ्ने छ । आक्रोश बढ्ने सम्भावना यो वर्ष देखिन्छ । विलासिताले बढी नै सताउने वर्ष छ । भाग्यस्थानको केतुले गर्दा भाग्य निर्माणमा केही बाधा व्यवधान आउन सक्नेछन् । दाम्पत्य जीवन राम्रो देखिन्छ । यो वर्ष तपाईको लागि आफन्तको शोकको अशुभ खबर पनि सुन्नु पर्ने हुन सक्छ । सन्तान सुख एवं पारिवारिक सुखको वर्ष रहेको छ । माथिका विभिन्न प्रकारका वाधा व्यवधान र दोष निवारणार्थ भगवान् विष्णुको आराधना र विष्णु मन्त्र जप गर्दा राम्रो हुन्छ ।
मीन राशि
मीन राशिका मानिसहरूका लागि यो वर्ष शिक्षा क्षेत्रमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सफता तर्पm अगाडी बढ्ने देखिन्छ । भाग्यनिर्माणमा सफलता मिल्नेछ । परिश्रमले गर्दा गरेको कार्य क्षेत्रमा सफलता मिल्नेछ भने धन ऐश्वर्यको प्राप्ति पनि हुनेछ । तर आलस्यता ले बेला बेलामा सताउन सक्ने भएकाले सतर्कता अपनाउनु होला । सन्तान पक्षमा केही चिन्ता एवं गुनासो बढ्न सक्छ भने कठोर स्वभाव एवं बिचारमा उच्चताका साथै थप कार्यको लागि नयाँ लगानीको अवसर पनि मिल्न सक्ने सम्भावना देखिन्छ । नयाँ वर्षमा उन्नति प्रगतिका लागि भगवान् श्रीपशपति नाथको पुजा ॐ नमः शिवाय मन्त्रको जप गर्नु राम्रो हुनेछ । साथै पशुपतिमा पञ्चामृत पुजा गर्दा पनि राम्रो हुन्छ ।

 

Rabindra Parajuli
ज्योतिषाचार्य पं. श्री रविन्द्र पराजुली
९८५११४१९४२
दिग्दर्शन ज्योतिष तथा कर्मकाण्ड प्रशिक्षण केन्द्र
काठमाण्डौ नेपाल,

 

राशिफल सुन्न वा हेर्नका लागी भिडियोः– https://youtu.be/gFL-QTbGvzo

 

नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहनुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ । धेरै धेरै धन्यवाद ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments

कारंडे सोमनाथ on Garud Puran Pdf
उपेन्द्र प्रसाद भट्टराई on जनैपूर्णिमाको रहस्य। About Janaipurnima
error: Content is protected !!